२७ फागुन २०६९ | 10 March 2013

घोप्टे जूँगाको कमाल

Share:
  

नारी सौन्दर्यमा संसारकै उत्कृष्ट रचनाकारले गीत, कविता, कथा, गजल सृजना गरेका छन्। तर पुरुषबारे भने कमै लेखेको भेटिन्छ। सुदूरपश्चिमेली डेउडा गायक अन्तराम विष्ट त्यस्तै अपवादमा पर्छन्, जसले पुरुषको जुँगाको विषयमा गीत लेखेका छन्। तर, यो गीतले उनको ख्याति भने बढाएको छ।

हाइ तेरा घोप्टे जुङ्गा, ओ तेरा घोप्टे जुङ्गा

मु सकी राखन्ना, तन तेरा घुम्रेला जुङ्गा।

थरीथरीका जुँगाको बयान गरिएको गीतका स्रष्टा तथा गायक विष्ट भन्छन्, ''रियाज गर्दा यी दुई लाइन अचानक फुरे।'' त्यो गीत सुनाउँदा पत्नीले उनलाई यस्तो 'उटपट्याङ्ग' नगर्न सुझाव पनि दिइन्। तर, नजिकैबाट गीत सुनिरहेको बालकले त्यही गुनगुनाएपछि भने पत्नीको सुझावलाई उनले वास्ता गरेनन्।

त्यसपछि उनले एक महीना लगाएर पूरा गीत लेखे, संगीत दिए र गाए पनि। नपत्याएको त्यही गीतले २० वर्षको गायन यात्रामा नपाएको प्रसिद्धि दिलायो। गरेन त कमाल 'घोप्टे जुङ्गा' ले!

बच्चु विक/धनगढी

comments powered by Disqus

रमझम