२७ फागुन २०६९ | 10 March 2013

कीर्तिमानी छुरिम

Share:
  

तस्वीर: विक्रम राई
ताप्लेजुङको लेलेप घुन्सामा होटल चलाइरहेकी छुरिम शेर्पा (२९) ले एक सातामै दुई पटक सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेखाइन्। २९ वैशाख र ५ जेठ २०६८ मा सगरमाथा आरोहण गरेकी छुरिम भन्छिन्, 'रेकर्ड राख्न त्यस्तो आँट गरेकी हुँ।'

तीन वर्षअघि पर्वतारोहण संघले राजधानीमा दिएको हिमाल चढ्ने तालीम लिएकी छुरिमको प्रायोजक पाए अरु पनि हिमाल चढ्ने योजना छ।

comments powered by Disqus

रमझम