१६–३२ साउन २०६८ | 1-17 August 2011

पलेटीमा तारा थापा

Share:
  

लामो समयको अन्तरालपछि १३ साउनमा एकल साँझ्मार्फत आएकी लोकप्रिय गायिका तारा थापाले प्रबुद्ध श्रोतालाई मन्त्रमुग्ध बनाइन् । नेपालयले सञ्चालन गर्दै आएको साङ्गीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा कलिलो तामालाई सोध आमालाई, कटरकटरमा, कहिले माया पोखरा, फूल झ्रे पनि काँडा झ्र्दैन लगायत १६ वटा सुमधुर गीत प्रस्तुत गरिन् । उनले तारिदेऊ हे माझ्ीदाइ, सबैले दिने उस्तै हुन्छ माया, कुन बेला टेक्यो मनको, भागेर कहाँ हो जाने, हजार चोटि जस्ता गीत गाउँदा कतिपय दर्शक भावुक बनेका थिए ।

तारिदेऊ हे माझ्ीदाइ र सबैले दिने उस्तै हुन्छ माया श्रोताको आग्रहमा उनले दुईपटक गाइन् । “मेरो साङ्गीतिक करिअरले चार दशक पूरा गरेपछि पहिलोपटक यसरी एकल रूपमा गीत सुनाउन पाउँदा निकै खुसी छु” उनले भनिन्, “यति पछि पनि मेरो श्रोता उत्तिकै रहेछन्, आभारी छु ।” पलेँटीमा आउने श्रोताले गम्भीर खालका गीत मन पराउने हुँदा आफ्ना चल्तीका भन्दा पनि कम सुनिएका गीत सुनाएको उनले खुलाइन् । २०२८ सालमा माझ्ीदाइ डुङ्गामा तारिदेऊ बोलको पहिलो गीतबाटै तारा चर्चित बनेकी थिइन् । उनका ६०० गीतमध्ये डेढ दर्जनभन्दा बढी कालजयी छन् ।

comments powered by Disqus

रमझम