१३ फागुन २०६९ | 24 February 2013

सक्कली बद्नाम नक्कली लोकप्रिय

Share:
  

तस्वीर: ऋषिराम कट्टेल

बाबुराम भट्टराईलाई धेरैले आशलाग्दो नेता मानेका थिए। तर, प्रधानमन्त्री भएपछि उनले लगभग सबै प्रशंसकलाई कटु आलोचक बनाएका छन्। बाबुराम पत्नी हिसिला यमी झनै बद्नाम छिन्। तिनै बाबुराम–हिसिलाको नक्कल गर्ने ज्योति काफ्ले र विपना बस्नेत भने टेलिभिजन तथा स्टेजहरुमा निकै लोकप्रिय भएर निस्केका छन्।

यो कलाकार जोडीले बाबुराम–हिसिलाको हुबहु क्यारिकेचर त गर्छ नै, 'गेट अप' पनि दुरुस्त छ। ज्योति र विपनाको जोडीले टिभी सिरियल तीतोसत्य लाई पाँच सातामै नयाँ उचाइ दिएको यसका निर्देशक दीपकराज गिरी बताउँछन्। दीपक भन्छन्, “दुई वर्षदेखि नक्कली बाबुराम बनेर एक्लै भड्किरहेका ज्योतिलाई गत भ्यालेन्टाइन्स डेमा विपनासँग जोडी बनाइदिएको, खुब जम्यो।”

comments powered by Disqus

रमझम