११ चैत्र २०६९ | 24 March 2013

मौन भए राजेश

Share:
  
- अनुशील

तस्वीरः अनुशील
धरानको सौन्दर्य प्रतियोगितामा मधु (बीचमा)

धरानमा भएको मेघा मोडल २००२ कन्टेस्टकी फस्ट रनरअप मधु भट्टराई (हे. तस्वीर) यो साता एकाएक अभिनेता राजेश हमालकी प्रेमिकाको रूपमा चर्चित भइन्। विराटनगरकी मधुले २००४ मा भएको लक्स व्युटिस्टार नामक सौन्दर्य प्रतियोगिताको क्रममा आफूभन्दा २२ वर्ष जेठा राजेशसँग व्यक्तिगत चिनजानको मौका पाएकी थिइन्। मोडलिङमा जम्ने क्रममा उनले साइबरसंसारडटकमका लागि फोटो सेसन र केही म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। आफू ७ वर्षदेखि प्रेममा परेको र चाँडै विवाह गर्ने बताउँदै आएका राजेशको प्रेमिका बारेको उत्सुकता अब सकिएको छ, यद्यपि यसबारे उनले कुनै प्रतिक्रिया जनाएका छैनन्।

comments powered by Disqus

रमझम