रियाको यो भनाइले नेपाली चलचित्र, म्युजिक भिडियो, टेलिसिरियल, विज्ञापन, फोटोसेसन सबै क्षेत्रका हेयर ड्रेसरहरूको मनस्थिति प्रतिनिधित्व गर्छ । उनीहरू सबै आफ्नो भविष्यप्रति चिन्तित छन् । रियाभन्दा धेरै अगाडिदेखि हेयर ड्रेसर बनेकी स्याङ्जाकी गीता पौडेलले पाँच दर्जन जति चलचित्रमा हेयर ड्रेसरको जिम्मेवारी पूरा गरिसकेकी छन् । उनी नेपालका राम्रा हेयर ड्रेसरमा गनिन्छिन्, पनि । तर, पेशाप्रति जति नै प्रतिबद्ध भएर लाग्दा पनि गतिलो आर्थिक उपार्जन हुने अवस्था अझै नरहेको उनी बताउँछिन् । “कतिपय निर्देशक नै हेयर ड्रेसर भनेका त हिरोइनको कपाल कोरिदिने त हुन् नि भनेर सोच्ने खालका छन्”, गीता भन्छिन्, “पाउनुपर्ने पारिश्रमिकको लागि पनि पटक–पटक धाउनुपर्छ ।”
सिनेमाको कथा, चरित्र, अवस्था र पहिरन अनुसार केश विन्यास गर्नुपर्छ, हेयर ड्रेसरहरूले । यो पनि एउटा सिर्जनात्मक काम नै हो । हेयर ड्रेसर र मेकअप आर्टिष्टहरूको राम्ररी तालमेल मिल्यो भने मात्र उनीहरूको काम खुल्छ । तर, सामान्यतः एउटा चलचित्रमा काम गरेबापत रु.२५ देखि ३० हजार लिने हेयर ड्रेसरहरूलाई कम महŒव दिने गरिएको छ । यो अवस्थामा विदेशी फिल्म उद्योगहरूमा हेयर ड्रेसरले पाउने महŒव हेरेर चित्त बुझउनुपर्ने गीता बताउँछिन् । उनी भन्छिन्, “सिनेमामा काम गरेको भनेर मात्र नहुने रहेछ, फेरि वर्षौंदेखि गरेको काम छाडेर कहाँ जाने ?”
नेपाली चलचित्र क्षेत्रमा सत्र वर्षसम्म टिक्ने शोभा श्रेष्ठ एक मात्र हेयर ड्रेसर हुन् । उनी रातदिन नभनी काममा हिँड्दा पनि मिहिनेत अनुसारको पारिश्रमिक नपाइने, त्यसमाथि थोरै पैसा दिन पनि निर्माताहरूले झ्ुलाउने गरेको बताउँछिन् । घरैमा ब्युटिपार्लर चलाएर चलचित्र बाहेक विज्ञापन, फोटोसेसन र बिहेतिर पनि काम गरेर मात्र टिक्न सकेको उनी बताउँछिन् । शोभाकी चेली नारायणी श्रेष्ठले पनि केही वर्षको अनुभवबाट चलचित्रको हेयर ड्रेसर पेशामा टिक्न नसक्ने निष्कर्ष निकालेकी छन् । उनी भन्छिन्, “म त विदेश पो जाउँ कि भन्दैछु ।”
चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङ समग्र चलचित्र क्षेत्र नै नाजुक हुँदा हेयर ड्रेसरको मात्र अवस्था राम्रो नहुने तर्क गर्छन् । हालत खराब भएका कतिपय निर्देशक÷निर्माताले मेकअप आर्टिष्टहरूलाई हेयर ड्रेसरको काम पनि लगाउने गरेको तामाङ बताउँछन् । चलचित्र प्राविधिक संघ यो प्रवृत्तिको विपक्षमा उभिएको दाबी उनले गरे । उनी भन्छन्, “यसको हामीले अनुगमन पनि थालेका छौं ।”
चलचित्र वा टेलिचलचित्रमा दिनरात पुरुष समूहमा काम गर्नुपर्ने, त्यसमाथि कहिले १५÷२० दिन घर बाहिर बस्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थामा काम गरेर पनि आर्थिक रूपमा सुरक्षित नहुनु भनेको साँच्चै सोचनीय अवस्था हो । हेयर डे«सर रिया भन्छिन्, “हामी खटेर परिश्रम गर्न तयार भएर यो पेशामा आएका हौं, तर हाम्रो कामलाई सिर्जना मानेर बाँच्न लायक पारिश्रमिक पाउने माहोल बनिदिए हुन्थ्यो ।”