११ चैत्र २०६९ | 24 March 2013

पुराना तस्वीरका ग्यालरी

Share:
  

फोटो सर्कलले दुई वर्षअघि स्थापना गरेको नेपाल पिक्चर लाईब्रेरीमा संकलित तस्वीरहरु अब पाटनको स्वथ ग्यालरीमा हेर्न पाइनेछ। २९ फागुनबाट सञ्चालनमा आएको स्वथमा पहिलो चरणमा पुराना फोटोग्राफर मुकुन्दबहादुर श्रेष्ठले खिचेका २५ तस्वीरहरुको प्रदर्शनी छ। मंगलबजार नजिकै स्वथ टोलमा स्थापित यो ग्यालरीमा हरेक तीन महीनामा फरक तस्वीरहरु राखिनेछ। फोटो सर्कलकी संस्थापकमध्येकी नयनतारा गुरुङ कक्षपति 'पुराना नेपाली तस्वीर' को रुपमा नेपाली जनजीवन, जीवनशैली र जातीय समुदायका १५ हजार तस्वीरलाई संकलन गरिएको बताउँछिन्। पुरानो नेपाली तस्वीर भन्नासाथ सामान्यतः राजा, महाराजा र दरबारहरुको फोटो बुझ्ने चलन छ।

comments powered by Disqus

रमझम