११ चैत्र २०६९ | 24 March 2013

को बन्लिन् नेपाल सुन्दरी?

Share:
  

मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ।

मिस नेपाल २०१३ को १८औं संस्करणमा १८ युवती प्रतिस्पर्धामा छन्। डेढ महीनादेखि व्यक्तित्व विकासलगायतका प्रशिक्षणमा राजधानीका पाँच र मोफसलका १३ जना सुन्दरी रहेका छन्।

७ चैतमा प्रज्ञा भवन कमलादीमा हुने प्रतिस्पर्धामा झापाकी अस्मिता सिटौला र रिजु श्रेष्ठदेखि महेन्द्रनगरकी रचना भारतीसम्म सहभागी छन्। त्यस्तै, मेघना श्रेष्ठ (धरान), ऐश्वर्या उपाध्याय (इटहरी), रेनु पोखरेल (विराटनगर), रोजिशा शाही ठकुरी (सिन्धुली), सुजाता बलामी (मकवानपुर), सुमी लामा (काभ्रे), सिपोरा गुरुङ र रक्षा थापा (पोखरा), विन्दु केसी क्षेत्री (स्याङ्जा), माया सावद (धनगढी) यो स्पर्धामा छन्। त्यस्तै समीक्षा श्रेष्ठ, सृतिमा शाह, इशानी श्रेष्ठ, ओसिमा बानु, प्रतिमा गिरीले राजधानीको प्रतिनिधित्व गरेका छन्।

२०१३ का केही सहभागी

यी सुन्दरीमध्ये सिपोरा राष्ट्रिय भलिबल खेलाडी हुन् भने सुमी लामा मिस तामाङ २०१२ की विजेता। हिडन ट्रेजरको आयोजना र फेण्टाको मुख्य प्रायोजन रहेको यस पटकको प्रतियोगिताको प्रशिक्षकमा रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकार छन्।

comments powered by Disqus

रमझम