११ चैत्र २०६९ | 24 March 2013

सदाबहार स्वाद

Share:
  

सिजलर

राजधानीका १० ठाउँमा एक स्वाद पस्किरहेको नाङ्लो समूहको द बेकरी क्याफेको चल्तीको आउटलेटमा पर्छ– जावलाखेल बेकरी, जहाँको दुई फ्लोरमा एक पटकमा १७० जनाले रोजेको स्वाद लिन सक्छन्। बेकरीका मःम, पिज्जा, सिजलर र स्पागेटी–पास्ता सर्वाधिक रुचाइएका सदाबहार परिकार हुन्। फ्यामेली प्याक समेत औधी चलेको मःमको त नाङ्लो बेकरीले वर्षेनि महोत्सव नै गर्दै आएकोे छ। तीन साइजमा पाइने पिज्जा होस् या चर्चराउँदै टेबलमा आइपुग्ने सिजलर र जिब्रो पोल्ने स्पागेटी पास्ता, बेकरीका हिट परिकार हुन्।

नुडल्स, पास्ता, सस, मसलालगायतका सामग्री एकै ठाउँ तयार हुने र तिनको मात्रामा एकरूपता हुने भएकाले बेकरीका सबै आउटलेटमा गुणस्तर र स्वाद एउटै हुन्छ। दुई वर्षदेखि बेकरीको मेनुमा चढेको दुई र चार जनालाई पुग्ने दुई साइजको नेवारी प्लाटर होस् या चाइनिज स्पेशल चाउमिन र सूप, सबैमा यही नियम लागू हुन्छ। नेपालमा 'रेष्टुरेण्ट कल्चर' भित्र्याउने श्रेय पाएका श्याम कक्षपतिको चेन रेष्टुरेण्ट द बेकरी क्याफेको बौद्ध, भाटभटेनी, धरहरा, ग्वार्को, जावलाखेल, महाराजगञ्ज, नयाँबानेश्वर, पुल्चोक, तीनधारा, टेकु आउटलेटबाहेक दरबारमार्गमा अलग्गै नाङ्लो क्पाफे र पव छ।

अनुशील

comments powered by Disqus

रमझम