११ चैत्र २०६९ | 24 March 2013

आशावादी सरिता

Share:
  
- ऋषिराम कट्टेल

तस्वीर: ऋषिराम कट्टेल

१२ वर्ष रङ्गमञ्चमा प्रशंसित सरिता गिरीको पहिलो कथानक चलचित्र पदमिनी उत्साहजनक नरहेकाले उनी अहिले प्रदर्शन हुन बाँकी सिग्नेचर, काश्मिरी गलबन्दी, नागरिक, बधशाला र वुमन इन ह्वाइट को भविष्यलाई लिएर चिन्तित छिन्। किनभने, यी चलचित्रको सफलता वा असफलताले उनी अनुबन्धित अरू चलचित्रलाई राम्रो वा नराम्रो प्रभाव पार्नेछ। सबै चलचित्रमा मुख्य भूमिकामा रहेकी काठमाडौं नयाँबानेश्वरकी सरिता भन्छिन्, “अभिनयमा विश्वास भएकोले म आशावादी छु।”

वीरेन्द्र हमालको एमआर्ट थिएटरबाट रङ्गमञ्चमा आएकी उनी एक दशकयता आरोहण गुरुकुलमा आबद्ध छन्। तल्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले २०५७ मा आयोजना गरेको एकल अभिनय प्रतियोगितमा ७५ जिल्लाका कलाकारमध्ये सर्वोत्कृष्ट भएकी सरिताले त्यसपछि अग्निको कथा, आरूको फूलको कथा, तारावाजी लै लै, जात सोध्नु जोगीको, सुनकेशरी, मिस मार्गरिटा लगायतका तीनदर्जन नाटकमा उम्दा अभिनय गरेर दर्शकमा अमिट छाप पारिन्। अबका दिनमा चलचित्रसँगै रङ्गकर्मलाई पनि निरन्तरता दिने उनको योजना छ।

comments powered by Disqus

रमझम