१८ चैत्र २०६९ | 31 March 2013

मोडल डा.सा'ब

Share:
  

तस्वीर: सोहन श्रेष्ठ

मिस लिम्बू २०६९ की फर्स्ट रनरअप डा. एलिसा वनेमले भर्खरै मातृभाषाको म्युजिक भिडियो फुङ थाप्ला खेप्सीङलो मा अभिनय गरिन्। अर्थात्, चीनको सिचुवान विश्वविद्यालयबाट एमबीबीएस एलिसाको मोडलिङ अब जम्न थालेको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उनी छाला रोगमा एमडी अध्ययनको तयारीमा पनि छिन्। हाम्रो समाजलाई सुन्दरी अभिनेत्री र मोडलहरुको खाँचो नभएको होइन, तर त्योभन्दा बढी आवश्यकता त विशेषज्ञ चिकित्सकहरुकै छ। डा. एलिसा भन्छिन् पनि, “एमडी गरेर गाउँ–गाउँमा शिविर चलाउन चाहन्छु।”

सीता मादेम्बा

comments powered by Disqus

रमझम