१८ चैत्र २०६९ | 31 March 2013

ललितपुर महोत्सव

Share:
  

तस्वीर: मीनरत्न बज्राचार्य

सम्पदाले भरिपूर्ण ललितपुरमा १५–२१ चैतमा महोत्सव हुने भएको छ। 'कला, संस्कृति र सम्पदा हाम्रो सभ्यता, सामाजिक, आर्थिक विकासका लागि ललितपुर' भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा ललितपुर जिल्लाको मौलिक संस्कृति, जीवनशैली, भेषभुषा, परम्परागत बाजागाजा र खेलकुद मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्। ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर उपमहानगरपालिका र ज्यापु समाज–यल महोत्सवका संयुक्त आयोजक हुन्।

ललितपुरको समग्र गरिमाको संरक्षण र सम्बर्द्धन महोत्सवको उद्देश्य भएको उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशीले बताए। जोशीका अनुसार ७० भन्दा बढी टोलहरुको सहभागिता रहने महोत्सवमा स्थानीय समेत एक हजारभन्दा बढी स्टल रहनेछ।

महोत्सवका मुख्य आकर्षणमा नेवारी परम्पराअनुसार जंकु गरिसकेका दुई हजार वृद्धवृद्धालाई सम्मान गरिनेछ। एकै साथ १०० धिमे बाजा बजाइनेछ भने मुख्य टोलमा १८ फिटको बुद्ध प्रतिमा र १६ वटा प्रवेशद्वार बन्नेछ।

comments powered by Disqus

रमझम