१८ चैत्र २०६९ | 31 March 2013

हेरिटेजमा हागन

Share:
  

भूगर्भविद् टोनी हागनले नेपालमा ६२ वर्षअघि खिचेका तस्वीरहरु हेर्न इच्छुकहरुका लागि भक्तपुरको गछेंस्थित टोनी हागन हाउसको हेरिटेज ग्यालरीले त्यस्तो अवसर जुटाइदिएको छ। स्वर्गीय हागनको १०औं स्मृति दिवसको अवसरमा उनकी छोरी डा. क्याट्रिन हागनले ३ चैतमा उद्घाटन गरेको प्रदर्शनी १८ चैतसम्म चल्नेछ। प्रदर्शनीमा ९ वर्षको अवधिमा नेपालको १४,००० किलोमिटर पैदल यात्रा गर्दा हागनले खिचेकामध्ये ४५ तस्वीर छन्, जसले उनलाई कुशल फोटोग्राफरको रुपमा पनि स्थापित गरायो। प्रदर्शनीमा विभिन्न ठाउँ र जातजातिका भेषभुषा, लवाइखवाइ तथा उनीहरुको जीवनशैलीसँगै ऊबेलाको नेपाल देखिन्छ। यी तस्वीरहरु २० वर्ष अगाडि नक्सालस्थित नाफा ग्यालरीमा प्रदर्शन गरिएको थियो।

comments powered by Disqus

रमझम