नाङ्लोले धानेको जीवनः झापाकी बबिता तामाङ (३६) तीन वर्षदेखि बिहान घरको नियमित काम सकेर नाङ्लोमा सामान बोकी पशुपति पुगेकी हुन्छिन्। उनले साँझ ७ बजेसम्म हुने २०० देखि ३०० रुपैयाँसम्मको कमाइबाट पति र छोरासहित तीन जनाको परिवार धान्दै आएकी छन्।