२५ चैत्र २०६९ | 7 April 2013

युद्धकालको कथामा उमा

Share:
  

मुकुण्डो, कर्मा जस्ता यथार्थवादी फिल्म निर्माणबाट प्रशंसित निर्देशक छिरिङरितार शेर्पाले माओवादी द्वन्द्वकालको कथामा आधारित चलचित्र उमा ल्याउन लागेका छन्। आगामी १० जेठदेखि प्रदर्शनमा आउन लागेको उमा मा द्वन्द्वकालमा एउटा परिवारले भोग्नुपरेको पीडाको कथा उतारिएको छ। दाजुबहिनीका बीच वैचारिक मतभेद आएपछि परिवार पीडाको भुमरीमा तानिन्छ।

फिल्ममा मिथिला शर्मा, पुष्कर गुरुङ, सौगात मल्ल, ऋचा शर्मा, दयाहाङ राईलगायतका कलाकारहरूको अभिनय छ। तुलसी घिमिरे, अशोक शर्मा, निश्चल बस्नेतलगायत निर्देशकले पनि यो फिल्ममा अभिनय गरेका छन्। फिल्मले द्वन्द्व पीडित नेपाल र नेपालीको समग्र परिवेश उतारेको बताउने निर्देशक शेर्पा भन्छन्, “राजनीतिक घटनाक्रम र त्यसले नेपाली समाजमा पारेको प्रभाव फिल्ममा छ।”

comments powered by Disqus

रमझम