२५ चैत्र २०६९ | 7 April 2013

चिनियाँ गुरुहरुको बिदाइ

Share:
  

दुई वर्षदेखि नेपाली विद्यार्थीलाई चिनियाँ भाषा सिकाएका चिनियाँ शिक्षकहरू केही दिनमै स्वदेश फर्कंदै छन्। स्वदेश फर्कन लागेका ७६ चिनियाँ शिक्षकलाई नेपालस्थित चिनियाँ दूतावासमा १४ चैतमा आयोजित कार्यक्रमका बीच बिदाइ गरियो। १६ जिल्लाका ८००० विद्यार्थीलाई चिनियाँ भाषा सिकाएर स्वदेश फर्कन लागेका यी शिक्षकमध्ये २० जना पुनः नेपाल फर्केर चिनियाँ भाषा प्रशिक्षणमा सरिक हुने छन्।

राजदूतावासमा आयोजित बिदाइ कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत वु चिन्ताईले सुगमदेखि दुर्गम गाउँसम्म पुगेर शिक्षकहरूले गरेको कडा मिहिनेत र परिश्रमको सराहना गरे। राजदूत चिन्ताईले यो प्रशिक्षणले नेपाल–चीनबीचको सम्बन्ध अझ्ा प्रगाढ हुने विश्वास व्यक्त गरे। बिदाइ कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीले चिनियाँ भाषा प्रशिक्षण मात्र नभई भोलिका दिनमा कृषि क्षेत्रमा प्राविधिक सहयोगको अपेक्षा गरेका थिए। सचिव सुवेदीले भने, “यसले भोलिका दिनमा नेपाल–चीन सम्बन्ध अझै गाढा हुनेछ।”

देवयानी

comments powered by Disqus

रमझम