२५ चैत्र २०६९ | 7 April 2013

परिवारै शास्त्रीय

Share:
  

हिजोआज धेरैजसो संगीतकर्मीले चाँडै चर्चित हुने बाटो नै रोजेको देखिन्छ। तर, आधुनिक नेपाली गीत–संगीतको आधार शास्त्रीय संगीत नै हो भनेर बुझ्ोका साधकहरू पनि कम छैनन्। यसको एउटा ज्वलन्त उदाहरण विनय बर्मा हुन्, जसले आफूसँगै सन्तानलाई पनि शास्त्रीय संगीतका साधक बनाएका छन्। संगीत गुरु बर्माका एक्ला छोरा सन्तोष, छोरी सुजाता र नाति संकल्प यसमा दत्तचित्त छन्।

२७ वर्षदेखि संगीतमा लागेका बर्माका छोरा सन्तोष कुशल तबलावादक हुन् भने छोरी सुजाता नयाँ पुस्ताकी अब्बल शास्त्रीय गायिका। यसैगरी, १० वर्षका नाति संकल्प पनि तबला प्रवीण बन्ने बाटोमा छन्। तिनै पुस्ताका यी शास्त्रीय कलाकारलाई काठमाडौंको चाबहिलस्थित श्रुति संगीतालयमा भेटिन्छ। “सुजाताले गाउने गीतहरूको तबल्ची संकल्प नै हो”, बर्मा भन्छन्, “मैले धेरै दुःख गरेर यो क्षेत्रमा पहिचान बनाएँ, आज मेरा सन्तान यही विधामा जम्दैछन्।”

ऋषि

comments powered by Disqus

रमझम