२५ चैत्र २०६९ | 7 April 2013

बदनाम बाट संगीतकार

Share:
  

तिम्रो माया, सजेसन र मायाको फूल अल्बममार्फत गायनमा स्थापित भुवन सुप्तिहाङले चौथो एकल अल्बम बदनाम को संगीतकार पनि आफैं बनेका छन्। अल्बममा जितेन्द्र रसिक, बुद्धवीर लामा, भूपेन्द्र खड्का, नरेश राई, जेबी संयोगी र रुद्र थापाका सात गीत छन्।

सुरेशकुमारको वान्स अगेन

गायक/संगीतकार सुरेश कुमारले आफ्ना नयाँ–पुराना हिट गीतहरू छानेर वान्स अगेन अल्बम निकालेका छन्। अल्बमका नयाँ सातमध्ये ६ गीतको रचना गायक स्वयंको छ। गायनमा उनलाई बबिता मानन्धरले साथ दिएकी छन्।

दुमीको पत्थरहरू

गायक सन्तोष दुमी राई आधुनिक लोक–पप गीतिसंग्रह पत्थरहरू लिएर श्रोतामाझ आएका छन्। अल्बममा पाँच गीत छन्। यीमध्ये तीन गीतको संगीत गायक स्वयंको छ। अल्बमका गीतकार राजकुमार राई, दिवाकर खनाल, विष्णु मगर र युवराज भट्टराई हुन्।

comments powered by Disqus

रमझम