२५ चैत्र २०६९ | 7 April 2013

कहाँ के?

Share:
  

प्राणमय योगाः यही १९–२१ चैतमा फर्पिङस्थित न्येडो मोनास्ट्री रिसोर्टमा तीनदिने बृहत् योगा रिटि्रट र योगयात्रा।

सम्पर्कः ९८०२०४५४८४, [email protected] शुल्कः रु.२४,०००

एक्स्प्रेसन अफ डिभोसनः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा उमाशंकर शाह र सीमा शर्माको प्रिन्ट, भिडियो संयोजन र कलाकारिता १२ चैतदेखि ४ वैशाखसम्म निरन्तर प्रदर्शनमा।

समयः बिहान १० देखि साँझ ५ बजेसम्म।

अस्ट्रेलिया डेः आउँदो २४ चैतमा दिनको २ बजे झम्सिखेलस्थित मोक्षमा संगीत, खाना र पेयका साथमा अस्ट्रेलियन जनजीवनका झलकहरुको प्रस्तुति।

बाइकर्स डेः आउँदो ३१ चैतदेखि २ वैशाखसम्म २०० जना इनफिल्ड बाइकर्ससँगै काठमाडौंदेखि पोखरासम्म बाइकमा हुँइकिने मौका।

विस्तृत जानकारीः www.enfieldpokerrun.com

फोटोचपः आउँदो ४–८ वैशाखमा सत्य आर्ट ग्यालरी, जावलाखेलमा डिजिटल इमेज म्यानिपुलेसन भन्दा भिन्न विगतका दिनहरुमा अपनाइएका फोटो कोलाजका कलाका बारेमा जानकारी लिने कार्यक्रम।

सम्पर्कः [email protected]

इङ्क्ड फर लाइफः तेस्रो अन्तर्राष्ट्रिय ट्याटु महोत्सवका उपलक्ष्यमा आउँदो १३–१५ वैशाखमा याक एण्ड यती होटलमा स्वदेशी/विदेशी ट्याटु कलाकारहरुसँग प्रतिस्पर्धा गर्ने मौका जुरेको छ।

सम्पर्कः ९८४१४७१४४८, ९८४१८४९७८६

comments powered by Disqus

रमझम