२५ चैत्र २०६९ | 7 April 2013

आइन् सम्झना

Share:
  

चलचित्र निर्देशनमा पछिल्लो समय नेपाली महिलाहरुको उपस्थिति बाक्लिन थालेको छ। सुचित्रा श्रेष्ठ, सरिना गुरुङ, दीपा बस्नेत पछि नयाँ संभावनाका रुपमा नेपाली सिने क्षेत्रले सम्झना उप्रेती रौनियारलाई पाएको छ, चलचित्र मेघा मार्फत्। वीर गणेशमान, मामाघर, मनमन्दिर, सिउँदोको सिन्दुर जस्ता चलचित्रमा सहायक निर्देशक हुँदै रौनियारले बलिउडका जेनिफर, राइट या रंग जस्ता हिन्दी र खेला भोजपुरी चलचित्रमा सहायक निर्देशकको अनुभव बटुलिसकेकी छन्।

शहरिया उच्च मध्यमवर्गीय दम्पतीको व्यस्त जीवनशैलीले दाम्पत्य जीवनमा पारेको असरको कथा समेटिएको मेघा को छायांकन गतसाता सकिएको छ। चलचित्र निर्देशनमा स्नातक सम्झना भन्छिन्, “सिनेमा निर्देशनको अध्ययन तथा सहायक निर्देशनको अनुभवले प्रतिफल राम्रै आउनेमा विश्वस्त छु।”

ऋषि

comments powered by Disqus

रमझम