१६-३१ असार २०६९ | 30 June-15 July 2012

राम्रा उमावि

Share:
  


शिक्षा सेवामूलक भन्दा व्यापारमुखी बन्दै गइरहेको सन्दर्भमा अभिभावक र विद्यार्थीलाई प्लस टु छान्न सजिलो होस् भनेर हिमाल ले 'राम्रा ४५' उमाविको सूची प्रस्तुत गरेको छ। यो सूचीमा कक्षा १२ को परीक्षामा २९ भन्दा बढी विद्यार्थी सहभागी गराउने र पछिल्लो तीन वर्ष लगातार ७० प्रतिशत भन्दा माथि उत्तीर्ण गराउने उमाविहरूको नाम छ। उत्कृष्ट १८ मा परेका उमाविहरूको नाम यो सूचीमा दोहोर्‍याइएको छैन। १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराए पनि कक्षा १२ को परीक्षामा २९ जनाभन्दा कम विद्यार्थी सहभागी गराएका उमावि पनि हिमाल को 'राम्रा ४५' भित्र परेका छैनन्।

अघिल्लो वर्ष यो सूचीमा नपरेका १९ उमावि यस वर्ष सूचीकृत भएका छन्। गत वर्ष यो सूचीमा परेकामध्ये २८ वटा यसबाट बाहिरिनुले परीक्षाफलमा आएको उतारचढाव देखाउँछ। यसपटक 'राम्रा ४५' मा परेकामध्ये २३ वटा उमावि मात्र काठमाडौं उपत्यका बाहिरका छन्। यसले उच्च माध्यमिक शिक्षा राजधानीकेन्द्रित भएको देखाउँछ। बझाङ र दार्चुला जिल्लाका दुई/दुई वटा उमाविका नतिजाले भने सुविधासम्पन्न शहर बाहिर पनि शिक्षाको सशक्त जग बस्दैछ भन्ने संकेत दिएको छ, भलै उच्च नतिजा मात्र गुणस्तरीय शिक्षाको मापक नहोस्।

जेभियर एकेडेमी, काठमाडौं
एम्बिसन एकेडेमी, काठमाडौं
महादेव उमावि, बझाङ
लाटीनाथ उमावि, मार्मा, दार्चुला
वागमती बोर्डिङ उमावि, सुकेधारा काठमाडौं
श्री उमावि, करुदा, रौतहट
मुनलाइट उमावि, ललितपुर
कुशेश्वर उमावि, रामेछाप
एसओएस हर्मन उमावि, काभ्रे
कलेज अफ बिजनेस एण्ड सोसल स्टडिज, विराटनगर
काठमाडौं बनहार्ट उमावि, काठमाडौं
एस उमावि, काठमाडौं
ख्वप उमावि, भक्तपुर
सुनकोशी उमावि, सिन्धुली
नेशनल इन्स्टिच्यूट अफ साइन्स, ललितपुर
एभरेष्ट इन्टरनेशनल उमावि, सिरहा
रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौं
पिनाकल एकेडेमी, ललितपुर
क्यास्पियन भ्याली, ललितपुर
हिमालयन ह्वाइट हाउस, काठमाडौं
करुणानिधि एडुकेशनल फाउन्डेसन, कास्की
लाटीनाथ उमावि, चन्दनपुर, दार्चुला
नाइटिङ्गेल उमावि, ललितपुर
राष्ट्रिय उमावि, दार्चुला
चक्र जनता शहीद गंगा उमावि, सर्लाही
अरनिको आवासीय उमावि, मोरङ
जेएस मुरारका उमावि, सिरहा
कलेज अफ एप्लाइड बिजनेस, काठमाडौं
श्री उमावि, दुधिहवा, रौतहट
भिएस निकेतन, काठमाडौँ
जयकिसन उमावि, रौतहट
ब्रुकफिल्ड एकेडेमी, काठमाडौं
जनता उमावि, रौटहट
सगरमाथा इङ्गलिस बोर्डिङ, सिरहा
गोल्डेन गेट इन्टरनेशनल, काठमाडौं
पेन्टागन इन्टरनेशनल, काठमाडौं
गोकुलेश्वर उमावि, दार्चुला
दुर्गा उमावि, बझाङ
सेन्ट पल उमावि, ललितपुर
सगरमाथा मल्टिपल कलेज, काठमाडौं
जनप्रिया उमावि, जाजरकोट
जेभियर इन्टरनेशनल, काठमाडौं
स्टेप बाई स्टेप उमावि, कास्की
निक उमावि, काठमाडौं
सफ्ट टेक उमावि, सिरहा

comments powered by Disqus

रमझम