१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

स्वच्छ पानीः सबैका लागि, सधैंका लागि सम्भव छ !

Share:
  
पछिल्लो बहुचर्चित हिन्दी कथानक चलचित्र “ब्ल्याक” मा एउटी अन्धी, लाटी र बहिरी केटी शब्दको पहिचान पानीको स्पर्शबाट शुरु गर्दछिन् । मनुष्य र पानीको सम्बन्ध भने अभिन्न छ । विना पानी पृथ्वीमा जीवन हुने थिएन, हामी हुने थिएनौ । पानी भएकै कारण पृथ्वीमा मानव सभ्यता शुरु भयो, कायम छ र निरन्तर रहिरहन्छ । उत्पादन, सम्मृद्धि, नियन्त्रण, राजनीति, प्रदुषण र अन्याय जस्ता विषयहरु पनि पानीसित जेलिएका छन् । पानीजन्य प्रकृति सृजना गर्ने आधार हो । हालको बङ्गलादेशमा गङ्गा र गोराई नदीको सङ्गमतिर रहेको आफ्नो आश्रममा बस्दा गुरु रवीन्द्रनाथ टेगोरले साहित्य सिर्जना गरे, विश्वले उनलाई नोबेल स्रष्टाको रूपमा सम्मान गर्यो ।

पानी व्यवस्थापन गर्ने परम्परागत विधिलाई नयाँ शिराबाट हेर्ने आन्दोलन शुरु गर्ने स्वर्गीय अनिल अग्रवालको अगुवाइमा स्थापना भएको दिल्लीस्थित सेन्टर फर साइन्स एण्ड इन्भारोन्मेन्टलले सन् २००५ को ‘स्टकहोम पानी पुरस्कार’ पाएको छ । पानी ब्यवस्थापन गर्ने क्रममा पुराना तौरतरिकालाई पनि परिमार्जन गर्नु जरुरी हुन्छ र ती बेकार होइनन् भन्ने पाठ यो पछिल्लो घटनाले देखाएको छ । सिठि नखः, नाग पुजा, झारा जाने ब्यवस्था पानी प्रणाली दुरुस्त राख्ने चलन हुन् नेपालका । आधुनिक पद्धति प्रयोग गर्ने क्रममा यस्ता चलन सबै ओझेलमा परेका छन् । तर आधुनिक विधिको पनि चुस्त सञ्चालन हुन सकेको छैन ।

उपभोक्तावादलको विस्तार

युरोपमा औद्योगिक सभ्यता शुरु हुनु अघि संसारका सबैतिर पानी आपूर्तिका स्थानीय तौरतरिका थिए । उपभोगवादको जन्म भएपछि युरोपमा परिवर्तन शुरु भयो, नागरिकहरुले सुख सयल खोज्न थाले । त्यसभन्दा अघि सुख सयल आध्यात्मिक दायरामा मात्रै सीमित थियो । उपभोगवादले चाहनालाई धरतीमा ल्यायो । सुख सयलको एउटा पक्ष हो खानेपानीको सरल आपूर्ति । फलामको पाइप निर्माण हुन थालेपछि स्रोतबाट पानी घर घर पुर्याउन सम्भव भयो । युरोपमा खानेपानी घर पुर्याउने कार्यमा बजारले अग्रणीभूमिका खेल्यो ।

बिस्तारै पानी आपूर्ति र ब्यवस्थापन गर्ने प्रविधिमुखी र केन्द्रिकृत बाटो स्थापना हुने रेखा कोरियो । टाढाका स्रोत दोहन गरी पानी आपूर्ति गर्ने तरिका औद्योगिक युरोपको देन भने होइन । रोमन साम्राज्यका नहरले त्यही काम गर्दथे । दक्षिण भारतको चोला साम्राज्यमा अनाइकट बनाएर सिचाई गरिन्थ्यो । सयौं वर्ष अघि नेपाली किसानहरुले बनाएका कुलाहर पनि टाढाका स्रोत प्रयोग गरी सञ्चालन गरिएका प्रणाली हुन् । उपभोगवादले भने पानीलाई आर्थिक फाइदा सित जोड्यो र तदनुरुप कार्य विधि र संगठनका ढाँचा विकास भए ।

वेलाइतीहरुले युरोपको उपभोगवादलाई दक्षिण एशियामा ल्याए र साथै आयो यसका आसागुर्जा, बाजा गाजा र नयाँ राजनैतिक मूल्य जुन यस क्षेत्रका लागि नितान्त नयाँ थिए । दुई सभ्यताको टकरावमा बेलाइतले जित्यो, स्थानीय परिवेशमा नमिले पनि विस्तारै पश्चिमी तौरतरिका लादिए । तर यो प्रयोग भने अमिल्दो थियो जसलाई यस क्षेत्रको प्रकृति र पानीमा हिजोआज देखिएको वास्तविकताले उदाङ्ग परेको छ । सफा खानेपानी र सरसफाइका सेवा नपाएका विश्वका १ अर्व वासिन्दा मध्ये धेरै यस क्षेत्रमा बस्ने गर्दछन् भन्नु अत्युक्ती नहोला । धारामा पानी आउँदैन, पानीको गुणस्तर राम्रो छैन, सिंचाई कुला अब्यवस्थित छन् जसबाट किसानले चाहेको बेलामा पानी पाउँदैनन्, उपल्लो क्षेत्रबाट पानी तक्र्याउदा तल्लो भेकका नदीहरु सुकेका छन् जसले स्थानीय जनजीविका अस्तब्यस्त पारेको छ, भूमिगत जलभण्डारको अपुरणीय दोहनले स्रोतको र्हास मात्र बढाएको छैन साना र सिमान्त किसानहरू नकारात्मक रुपले प्रभावित छन् । समग्रमा नत शहरी बासिन्दाले सयल सुविधा पाएका छन् नत ग्रामिण क्षेत्रमा बस्नेले नै ।

धनी र हुनेखानेहरूको प्रवृत्ति र जीवन पद्धतीले पानी आपूर्तिमा असन्तुलन बढाएको छ । उनीहरुको माग पूर्तिका लागि नदीनाला र भूमिगत जलभण्डारको अनवरत दोहन हुन्छ । उपभोगबावादबाट निर्देशित भई प्रकृतिको सबै पानी मानवीय आवश्यकता पूरा गर्न लैजाँदा नदी, सिमसार र ताल रित्तिन पुगेका छन्, सुकेका छन् ।

यी सबै सन्दर्भहरुमा टड्कारो र ब्यापक समस्या हो पानीको प्रदुषण । यस क्षेत्रका राजधानीहरू र शहर छेउछाउ बग्ने नदीनाला ढल बनेका छन् । यो वास्तविकता काठमाण्डौ, नयाँ दिल्ली, वा ढाका, जहाँ पनि देख्न सकिन्छ । ढाका छेउ बग्ने बुढीगङ्गावारे हालै बङ्गलादेशको दैनिक पत्रिका ‘द डेली स्टारले’ लेखेको छ “औद्योगिक र घरायसी फोहर फाल्दा नदी कालो लेदो बन्न पुगेको छ ।” बिडम्बना मान्नु पर्दछ, नदीनालाले यस क्षेत्रमा आमा र भावनात्मक शुद्धताको दर्जा पाएका छन् । विकसित मुलुकहरुका पनि पानी र्हास नभएको होइन छन् तर उनीहरुले आफ्ना नदी, नाला, ताल र सिमसारको गुणस्तर सुधारेका छन् । हाम्रो तुलनामा विकसीत देशहरुका नागरिकहरुले पाउने पानी सेवाको स्तर राम्रो छ ।

विकासशील देशहरुमा बढ्दो जनसंख्या, शहरीकरण, संस्थागत र शासन ब्यवस्थाका कमी कमजोरीका कारणले पानी र यसका स्रोतहरु र्हासोन्मुख हुने क्रममा छन् । आधुनिक पद्धतिको एउटा खास विधिले विश्वका सबैको अन्तस्करणमा भने जरो गाडेको छ । त्यो हो जलचक्रमा ढल फ्याक्ने संस्कार ।

जलचक्रमा दल फल्ने सस्कार

घर घरमा पानी पुर्याउने तौरतरिकाले जीवनयापन सजिलो त पार्यो तर प्रयोग पछि निस्केको फोहर समस्या भयो । अझ फ्ल्स ट्वाइलेटको आविस्कार पछि नयाँ समस्या आए । घरबाट ढल वाहिर लानुपर्यो । यसो गर्ने सजिलो माध्यम बन्यो । घरको ढल नदी, नाला र कुलाहरु । दृष्यबाट फोहर हेरेहाले त्यसवारे सोच्नुपर्ने आवश्यकता नै परेन । हरेकपल्ट ल्फस गर्दा एक व्यक्तिले दैनिक पिउनेभन्दा पाँच गुणा ज्यादा पानी मलमूत्रमा मिसाउन थाल्यो । फ्लस पद्धति आधुनिकताको पर्यायवाची बनेको छ । प्रकृतिको स्वच्छ पानीलाई जलचक्रबाट झिकेर मलमूत्रसँग मिलाउने र फोहर पानी जलचक्रमा फ्याल्नु आधुनिक सभ्यताले गलत ठानेन । बाटो यो मात्रै हो भन्ने प्रविधी गाठोमा मानव सभ्यता बाँधिन पुग्यो । त्यही चलन सबैले आफ्नो देश, समाजमा भित्र्याए ।

हिजो आज कम पानी परिणाम फ्लस गर्ने चर्पीको मोडल पाइन्छ । तर प्रश्न होः के प्रकृतिको शुद्ध पानीलाई मलमुत्रसित मिसाउनु र त्यो दुषित पानीलाई जलचक्रमै फाल्नु ठिक हो? के अर्को बाटो छैन? विभिन्न क्षेत्रमा पानीको समस्याको एक मुख्य कारण बनेको छ ढल बगाउँदा हुने प्रदूषण । प्रचलित बाटोले यो ढाँचालाई स्वीकारेको छ । के मानवजन्य फोहरले जलचक्र दुषित पार्नु जरुरी छ? अवश्यै जरुरी छैन । तर त्यसो भन्दा भन्दै पनि तुरुन्तै ब्यापक रुपमा शुरु गरिहाल्ने वैकल्पिक बाटो भने छैन ।

त्यसमा पनि नेपाल जस्ता देशका लागि अन्य चुनौतिहरुका थुप्रो छन् । दुर्गम ठाउँमा सफा खानेपानीको सेवा पुर्याउन सकिएको छैन, शहरी र शहरोन्मुख क्षेत्रमा पानी आपूर्ति ब्यवस्थापन लथालिङ्ग छ, पानीको अभावमा सिंचाई क्षेत्र समस्या भोग्दै छ, खाद्य प्रणालीमा असर पर्न थालेको छ । वहुसंख्यक नागरिकलाई विजुली पुर्याउन सकिएको छैन, पुगेको विजुली धान्नै नसक्ने महङ्गो छ । सबैतिर प्रदुषणको असर बढ्दैछ । गरीवी निवारण, लैङ्गिक समानता, जनजीविकाको प्रश्न पानी ब्यवस्थापनका अभिन्न अङ्ग भई अगाडि आएका छन् तर तिनलाई समतामुलक ढङ्गले निदान गर्ने ढाँचा छैन । घरपरिवारका मलमुत्र उचित तरिकाले फाल्ने ब्यवस्था गर्नु र त्यसबाट हुने रोग ब्याधी कम गर्नु अर्को चुनौती हो । यस्तै अर्को विवाद हो पानीको निजीकरण ।

नदीमा बग्ने सबै पानीलाई आर्थिक वस्तुको रुपमा प्रयोग गर्नुपर्दछ भन्ने मान्यताको जग ब्रिटिस राज्य र संयुक्तराज्य अमेरिकामा अघिल्लो शताब्दीको शुरुमा बस्यो । सोही धारणा अनुरुप १९९२ मा डब्लीनमा भएको सम्मेलनले “सबै प्रतिस्पर्धात्मक प्रयोगको मूल्य हुने हुनाले पानीलाई एक आर्थिक स्रोत वस्तुको रुपमा लिइनु पर्दछ भन्ने” मार्गदर्शक सिद्धान्त प्रतिपादित गर्यो । खोला नाला र भूमिगत जलभण्डारमा भएको पानी मानवीय प्रयोजनका लागि घर छेउ उपलब्ध गराउन स्रोत साधनको लगानी आवश्यक हुन्छ र प्रयोगकर्ताले सो सेवा उपलब्ध गर्न शुल्क तिर्नु पर्छ । तर, आर्थिक मुल्यलाई नबुझ्दा पानी खेर गएको छ भन्ने तर्क सहित निजीकरणलाई सर्वमान्यवादको रुपमा लादिएको हुँदा विरोध भएको छ, विवाद जन्मिएका छन् । भात खान मन नलागे रोटी या चाउ चाउ खाए भो । तर पानीको विकल्प छैन । पानीको सामाजिक, साँस्कृतिक र धार्मिक मूल्य छन् । यसको प्राकृतिक पक्षको आफ्नै महत्व छः सिमसार क्षेत्रमा अन्यत्रबाट आउने पानी हाँसको आगमन हुने परिवेश वा त्यसले गर्ने जलभण्डारको पुनपुरण आर्थिक रुपमा मात्रै लेखा जोखा गर्न सम्भव छैन ।

विकल्प: एकीकृत व्यवस्थापन

माथि उल्लेखित पानीसित सम्बन्धित समस्याहरुको निदान नयाँ योजना निर्माण गरी थप पानी आपूर्ति गर्ने बाटोले मात्रै समाधान गर्न सक्दैन । यो अवधारण पर्याप्त छैन । त्यसो भए के गर्ने त? खानेपानी, सिंचाई, जलविद्युत ब्यवस्थापन त्यसै क्षेत्रको सीमित दायराबाट गर्ने गरिएको तौरतरिका उपयोगी भएन भनि विगत ६/७ वर्षदेखि एकिकृत जलस्रोत ब्यवस्थापन (Integrated Water Resource Management: IWRM) को अवधारणा विश्वब्यापी सिद्धान्तको रुपमा प्रस्तावित छ । यो अवधारणा जलस्रोत र जमिनको समन्वयात्मक विकास र ब्यवस्थापन गर्दा आर्थिक र सामाजिक महत्व साथसाथै लानुपर्ने आवश्यकताको वकालत गर्दछ । सो गर्ने प्रक्रिया समतामूलक हुनु पर्दछ र पारिस्थितीक प्रणालीको दिगोपना तलमाथि पार्नु हुँदैन भन्ने मान्यता पनि यो अवधारणाले अघि ल्याएको छ । यसले पानी ब्यवस्थापनका तौरतरिकामा आधारभूत परिवर्तन आवश्यक भएको संकेत गर्दछ । तर केहि प्रश्नहरु अनुत्तरित भएकाले यी उद्देश्यहरु प्राप्त गर्ने बाटो भने निकै कठिन छ ।

१) कुन प्रविधि प्रयोग गर्ने र त्यसको छनोट कसले कसरी गर्ने? आज पानी प्रयोग गर्दा अहिलेका उपभोक्ताले भावि पुस्ताको भागको पानी समेत सिध्याइदिनु हुन्छ की हुँदैन?

२) हुनेखानेहरु जति चाह्यो उति पानी पाउने र नसक्ने गरिवहरु हेरेको हेर्यै रहने? के यो उचित छ?

३) एकिकृत ब्यवस्थापन कसले गर्ने? कुन नैतिक सिद्धान्त र सामाजिक परिपाटीद्वारा?

४) सो प्रकृयामा समूहगत चासो कसरी ब्यक्त हुन्छ ? तिनलाई समन्यायिक तरिकाले कसरी निदान गर्ने र सरोकारवालाको चित्त बुझाउने? विवाद कसरी समाधान गर्ने?

कतिपय विकासोन्मुख देशमा नोकरशाही संगठनहरु एकिकृत ब्यवस्थापन गर्ने हामी नै हौं भन्ने तर्क गर्दछन् जबकी चुनौतीहरुसँग जुध्ने उनीहरुको क्षमता सीमित छ । उनीहरुमा समस्या अझ उचित रुपमा समाधान हुनु पर्दछ भन्ने चाहना पाइदैन । वरु हावी छ नियन्त्रणवादी सोच र प्रचलित विधी अनुसार नै काम गर्ने प्रपन्च । माथिका प्रश्नहरु सरकारी संयन्त्र वा बजारले उठाएका होइनन् । पानीको क्षेत्र र सामुदायिक हक हितका लागि कार्यरत सामाजिक परिक्षकहरुको निरन्तर प्रयाशले यस्ता प्रश्न उठेका हुन । तर न प्रश्नहरुको जवाफ सजिलो छ न त अगाडि के गर्ने भन्ने किटानी । बजारको प्रवद्र्धनमा शुरु भएको पाइप प्रणाली वीरधाराको रुपमा नेपाल भित्रियो, सन् १८९० मा ।

प्रविधि र निजिकरण

औद्योगिक क्रान्तिपछि बेलायत, संयुक्त राज्य अमेरिका, जर्मनी र फ्रान्सका सहरहरूमा खानेपानी आपूर्ति गर्न थुप्रै निजी कम्पनीहरू स्थापना भए । फाइदामात्रै लिने उद्देश्यले प्रेरित यस्ता कम्पनीहरूले धनी घरहरूलाई मात्रै खानेपानी आपुर्ती गर्दथे । अरू सबैले सार्वजनिक धाराबाट पानी लिनुपर्दथ्यो । गरिबहरूले कम प्राथमिकता पाए । निजी कम्पनीहरूको यस्तो क्रियाकलापले समन्यायको प्रश्न उठायो । बिस्तारै सरकारी विभागहरूलाई प्रणालीहरू बनाउन र व्यवस्थापन गर्न उत्तरदायी बनाइयो ।

उनीहरूले ती प्रणालीहरू मर्मत–सम्भार गर्ने, पानी आपूर्ति गर्ने, पानीको गुणस्तर निश्चित गर्ने, शुल्क निर्धारण गर्ने र प्रदूषण नियन्त्रण गर्ने क्रियाकलाप सुरु गरे । खानेपानी र ढल निकास कार्यालयहरु खडा भए । पानी ब्यवस्थापनमा सरकारको भूमिका बढ्यो ।

बेलायतमा निजी कम्पनी सुरु भएको केही वर्षपछि नै खानेपानी प्रविधि काठमाण्डौ भित्रियो । तर यो प्रविधि सञ्चालन गर्ने सामाजिक ढाँचा परिमार्जन भएन, कार्यविधी संस्थागत गरिएन फलस्वरूप आज सय वर्ष भइसक्दा पनि काठमाण्डौको पानी आपूर्ती अस्तव्यस्त छ । एक शताब्दी अगाडि शुरु भएको “पानीको समस्या भएमा थप पानी खनाईदेउ” भन्ने अवधारणाले राज्य र सरकारको ध्यान खिचेको छ ।

पाइप प्रणाली आएको ९० वर्ष पछि नेपालले राष्ट्रव्यापी रूपमा खानेपानी आपूर्तीको प्रयास सन् १९८० को अन्तर्राष्ट्रिय खानेपानी र सरसफाइ दशक घोषणा पछि शुरु गर्यो । घर छेउछाउमा धारा उपलब्ध गराई महिलाको कार्य बोझ कम गर्ने र स्वास्थ्य सुधार्ने उद्देश्य राखि यो अभियान सुरु भयो । धारा नजिकै बनाए पनि पटकपटक पानी ओर्साने काम महिलाहरूकै छ । धेरै प्रणालीहरु स्याहार सम्भारको कमीले बिग्रिएका छन् । सरसफाई, र स्वास्थ्य ब्यवहारको कमीले गर्दा अझै पनि पानीजन्य रोगब्याधी हाम्रा सामाजिक वास्तविकताको रुपमा छन् ।

समताको प्रश्न थाती रहेका छन् । गाउँ ठाउँका थुप्रै समुदायहरु खानेपानी र स्वास्थ्य शिक्षाको सेवाबाट बन्चित छन् । शहरी क्षेत्रका थुप्रै परिवारहरु पनि खानेपानीको सुविधाबाट बन्चित छन् । यस्ता वासिन्दाहरुलाई कसरी सेवा पुर्याउने, उनीहरुले सेवा पाउन कति लगानी गर्नु पर्दछ भन्ने प्रश्नहरु महत्वपूर्ण छन् किनभने खानेपानी विकास गर्ने प्रचलीत अवधारणाले लक्षित वर्गले अग्रिम रकम व्यहोर्नु पर्ने सर्त राखेको छ ।

धेरै ठाउँमा निजी धाराको माग आउन थालेको छ । फेरी आर्थिक स्थिती माथि उठेपछि सामान्यतया पानीको खपत पनि बढ्द्छ, त्यो पनि सरसफाई प्रयोजनको लागि । यदी निजी धाराको व्यवस्था गर्ने हो भने, पानीको परिमाण हाल भन्दा बढी आवश्यक हुन्छ । सामुदायीक प्रणालीहरुमा यो स्थितीको कसरी निराकण गर्ने? घरायसी प्रयोग पछि पहिलेको भन्दा धेरै मात्रामा फोहोर पानी निस्कन्छ । विकासशिल देशहरुका समुदायहरुमा प्रशोधनको व्यवस्था छैनन्, भएका काम गर्दैनन् । फलस्वरुप ढलले सफा पानीका स्रोतहरु दुषित हुन्छन् जसको नकारात्मक असर त्यस्ता स्रोतमा जीवनयापन गर्ने समुदायमा पर्दछ । दुषित पानीले स्वास्थ्य खराव हुन्छ, अनि सफा पानी आपूर्ति गर्ने खर्च बढ्छ ।

खानेपानी व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने अवधारणा बारे पनि प्रश्न उठेका छन् । निजी क्षेत्र मुनाफा लिने रणनितीबाट निर्देशित हुन्छ । अदक्षताले मुनाफामा असर पर्ने हुँदा दक्षता पूर्वक व्यवस्थापन गर्ने चरित्र बजारको हो । बजारका सिद्धान्तहरु पानी व्यवस्थापनमा उपयोगी छन् । यस्ता विधि प्रयोग गरेर राम्रो स्तरको सेवा उपलब्ध गराइएका उदाहरण थुप्रै भेटिन्छन् । निजी क्षेत्रलाई आफ्नो क्रियाकलाप सञ्चालन गर्न उचित राजनीतिक परिवेश र सुहाउँदो सामाजिक रीतिथिति आवश्यक पर्दछ । नत्र बजार मुनाफाखोर बन्दछ, समता र सामाजिक न्यायको प्रश्न उठ्दछन् ।

औद्योगिक क्रान्तिको समयमा बेलायतमा पानी आपूर्ति गर्ने निजी कम्पनीहरुको व्यवहारले समन्यायको प्रश्न उठाएको थियो । पानीलाई आर्थिक बस्तुको रुपमा मात्रै लिइदा यस्का सामाजिक, साँस्कृतीक, धार्मिक र वातावरणीय पक्षहरु ओझेलमा पर्न सक्दछन् । बजारलाई रेगुलेशन गर्नु आवश्यक हुन्छ । हाम्रो राजनीतिक सामाजिक परिवेशमा पानी वितरण गर्ने निजी कम्पनी र सो को रेगुलेशन गर्ने अवधारणा नौलो हो । तर उद्यमीहरुले ट्याङ्कर प्रयोग गरी पानी बेच्न थालेका छन्, गुणस्तर र पानी ल्याइएको ठाउँ समताका नयाँ प्रश्न उठेका छन् ।

यो समस्या कसरी निदान गर्ने?

पानी व्यवस्थापनमा नियन्त्रणमुखी सरकारी विभागहरुको भूमिका पनि महत्वपूर्ण रहन्छ । समता, न्याय जस्ता विषय उठेनन् भने सरकार सर्वसत्तावादी हुन पुग्दछ भने बजार मुनाफाखोर । पानी व्यवस्थापनका प्रश्नहरुमा सरकार र बजार मात्रै संलग्न रहने व्यवस्था एकतर्फी हुन्छ । उचित सेवा पुर्याउने सामाजिक ब्यवस्था संस्थागत गर्न जुझारु सामाजिक परिक्षकहरुको उपस्थिति आवश्यक हुन्छ । यस्ता समुहहरुले समता, सामाजिक न्याय र दिगोपना कसरी हासिल गर्ने भन्नेवारे विश्लेषणात्मक पैरवी गरिरहनु पर्दछ ।

खानेपानी आपूर्ति, गरिवी निवारण, लैङ्गिक समानता, जनजीविकाको विकल्प, प्रदुषण निदान वा जल विद्युत उत्पादन जस्ता क्रियाकलापहरुमा नियन्त्रणमुखी विभाग, सिर्जनात्मक बजार र जुझारु सामाजिक परिक्षकको संलग्नता जरुरी छ । (हे. संलग्न भित्र) यी त्रिकोण पानी शासनब्यवस्थापन समतामुलक, दिगो र सिर्जनात्मक बनाउने ढाँचा र प्रक्रियाहरुका आधार हुन । तर हरेकका आ–आफ्नै स्वार्थ हुन्छ र रणनीति बेग्लै हुन्छन् । यी तीन सामाजिक समुह वीच हुने क्रियाशील सार्वजनिक लेनदेनबाट नयाँ सम्भावना निस्किन्छन् र फलदायी कार्यपद्धति पहिचान हुन्छ। पानी शासनब्यवस्थाको यस्तो नमुना हाल अस्तित्वमा छैन तर यो ढाँचा संस्थागत गर्न निम्नबमोजिमका विषयहरुवारे पहल आवश्यक छन् ।

सूचनाको वहुल स्रोतहरूः सूचना वा तथ्याङ्क संकलन, प्रवाह, विश्लेषण र नियन्त्रण कसले, कसरी गर्ने भन्ने आधारमा पानी ब्यवस्थापनका तौरतरिका र विकल्पहरु ब्यक्त हुन्छन् । विकल्पहरुवारे लेनदेन हुन्छ । तर सूचना तटस्थ हुँदैनन् । प्रत्येक सामाजिक समुहले संकलन गर्ने सूचना वा तथ्याङ्क उसैको चासो र रणनीति समर्थन गर्ने खालको हुन्छ । त्यसकारण सूचनाका स्रोतहरु एकभन्दा बढी हुनुपर्छ । भूमीगत जलको तह वा खोलामा बग्ने पानी जस्ता आधारभूत तथ्याङ्क संकलन गर्ने र योजना निर्माण गर्ने संगठनहरु भिन्दै रहनु पर्दछ । यसो गर्दा आफ्नो अनुकूल तथ्याङ्क संकलन गर्ने झुकाव कम गर्न सकिन्छ ।

साथै आधारभूत तथ्याङ्कहरुमा सबैको पहुँच हुनुपर्छ । किनभने अथ्र्याउन र विश्लेषण गर्न सकिएन भने संकलित तथ्याङ्कको खासै अर्थ हुंदैन । उपलब्ध सूचना प्रयोग गरी नियन्त्रणमुखी सरकार, बजार वा सामाजिक परिक्षकहरु आ–आफ्ना किसिमले विश्लेषण गर्न सक्दछन् । पानी ब्यवस्थापनका विकल्पहरु वैज्ञानिक र सामाजिक कारकहरुको मिश्रणले निर्देशित हुने हुंदा समाजमा विश्लेषण गर्न सक्ने क्षमता रहनु जरुरी हुन्छ ।

संगठनको भूमिकाः पानी ब्यवस्थापनको सेरोफेरोमा संगठित सामाजिक

परिक्षक समुहको सिर्जनशील भुमीका आवश्यक छ । सामाजिक दृष्टिकोणले, कुनै खास समस्या वा परिस्थिति सम्बोधन गर्न इतिहासको कुनै कालखण्डमा बनाइएका संगठन वा संस्थाहरु अर्को समय वा परिवेशमा पनि समस्या वा परिस्थिति सम्बोधन गर्न सक्षम हुन्छन् भन्न सकिन्न । फलस्वरुप, शासन ब्यवस्था अन्तर्गत एउटा फराकिलो संरचनाको निर्माण गरिनु पर्दछ जसले नयाँ आवश्यकता वमोजिम आफूलाई परिवर्तन गर्न वा ढाल्न सकोस ।

सामाजिक समुहहरु वीच रचनात्मक सम्बादः घेरै मुलुकका सम्विधानहरुले ब्यक्ति र समुहको स्वार्थ वा चासो सन्तुलन गर्ने प्रावधानहरु समावेश गरेका छन् । ब्यवस्थापिका, कार्यकारी, र न्यायपालिकाका काम कर्तब्य अलग्गै हुन्छ भन्ने मान्यता प्रजातान्त्रिक शासनप्रणालीका आधारशिलाको रुपमा रहिआएको छ । पानी शासनब्यवस्थामा पनि स्वार्थ र चासो वीच सन्तुलन आवश्यक छ । सरकार, बजार र सामाजिक परिक्षक सबै आ–आफ्नो चासो र स्वार्थले निर्देशित हुन्छन् । भिन्न स्वार्थ वीच रचनात्मक सम्वाद गर्ने तौरतरिकालाई मुर्तरुप कसरी दिन सकिन्छ भन्ने विषय खोजको विषय रहेको छ । स्वतन्त्र वैज्ञानिक संस्थाहरुले पानी ब्यवस्थापनमा मध्यस्तकर्ताको भूमीका खेल्न सक्छन् ।

वित्तिय स्रोतको ब्यवस्थाः सूचनाको वहुल स्रोत, सामाजिक परिक्षकको उपस्थिति र चासो सन्तुलन गर्ने संरचना हुँदैमा पानी ब्यवस्थापन प्रभावकारी हुदैन । स्रोत माथि ब्यक्ति वा समुदायको पहँुच नभए सम्म आफ्नो चासो स्पष्ट पार्ने क्रम अगाडी बढ्दैन । सामाजिक परिक्षक र व्यवस्थापन समुहलाई संगठित हुन, विश्लेषण गर्न, कार्यान्वयन र अनुगमन गर्न सक्षम तुल्याउने संरचना र वित्तिय स्रोत हुनु जरुरी हुन्छ । त्यस्ता संरचनाको अभावमा कुन समयमा पानी ब्यवस्थापनवारे विविध विचार र दृष्टिकोण आउन सक्तैन र कुन वाटोमा अघि लाग्दा स्वास्थ, जनजीविका, गरिवी निवारणको क्रममा पानीको समतामूलक दोहन हुन सक्दछ थाहा हुँदैन । विकसित मुलुकमा पानी ब्यवस्थापन सम्बन्धि विवाद र समाधानहरु पहिल्याउने काममा जनकल्याणकारी संस्थाहरु सामाजिक परिक्षकका रुपमा काम गर्ने संगठनहरुलाई आर्थिक सहयोग दिने गर्छन् । यस्तो सहयोगले विकल्पको विश्लेषण सम्भव पार्दछ ।

पानी व्यवस्थापन शासनव्यवस्थाका तौरतरिकासित गाँसिएको छ । प्रजातान्त्रिक शासनव्यवस्थाका आधारभूत सिद्धान्तले पानीका समस्यासँग जुध्न समाधानका उपायहरु पहिल्याउन सहयोग गर्दछन् । पानीका समस्या देखिन्छन्, सुल्टिन्छन् र परिवेश परिवर्तन भइरहन्छ । चक्र तिरन्तर चल्छ त्यसैले चुनौती हो शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरु संस्थागत गर्नु । त्यस्तो व्यवस्थाले चाहिएको समय र स्थानमा समन्यायिक ढंगले एवं प्रभावकारी किसिमले पानीका चुनौती सम्बोधन गर्न मद्दत गर्छ । पानी व्यवस्थापनको क्षेत्रमा यि विषयहरु अध्ययनका विषय बनेका छन् ।

नियन्त्रणमुखी सरकार, सिर्जनशील बजार र जुझारु सामाजिक परीक्षकको उपस्थिति र क्रियाशील संवादले घरायसीदेखि अन्तराष्ट्रियस्तरसम्म हुने गरेका पानी ब्यवस्थापनका तौरतरिका, नीति नियमहरु परिमार्जन गर्ने बाटोहरु कोर्दछ । साथै आधुनिक, परम्परागत र विधागत विविधतालाई समायोजन गरी नयाँ ज्ञान सृर्जना हुन्छ । यसका लागि सबैको दृष्टिकोण सुन्ने र सबैलाई स्थान दिने प्रक्रिया निश्चित गर्नु आवश्यक हुन्छ ।

पानी व्यवस्थापनको सम्बन्धमा दिगोपना के हो प्रष्ट छैन अनिश्चित छ । आजै त्यसको व्याख्या गर्दा हतारिएको ठहरिन्छ । ठाउँ र परिस्थिति अनुसार नियन्त्रणमुखी सरकार, सिर्जनशील बजार र जुझारु सामाजिक परिक्षक वीच हुने अन्तरक्रियाले व्याख्याको प्रक्रिया सुरु हुन्छ । हरेक स्तरको पानी व्यवस्थापनमा बहुलता संस्थागत गर्ने प्रक्रियाले पानीको पन्यालोपन बचाउँदछ र साथै मनुष्यको भविष्य । जलचक्रमा ढल नफालौं भन्ने मान्यता त्यहि दिशाको एउटा कदम हो । यो नयाँ मान्यताले पानीका समस्या दिगो, दक्ष र समतामूलक रुपमा सुल्ट्याउने तौरतरिका अघि लगाउँदछ ।

संगठनको भूमिकाः पानी ब्यवस्थापनको सेरोफेरोमा संगठित सामाजिक परिक्षक समुहको सिर्जनशील भुमीका आवश्यक छ । सामाजिक दृष्टिकोणले, कुनै खास समस्या वा परिस्थिति सम्बोधन गर्न इतिहासको कुनै कालखण्डमा बनाइएका संगठन वा संस्थाहरु अर्को समय वा परिवेशमा पनि समस्या वा परिस्थिति सम्बोधन गर्न सक्षम हुन्छन् भन्न सकिन्न । फलस्वरुप, शासन ब्यवस्था अन्तर्गत एउटा फराकिलो संरचनाको निर्माण गरिनु पर्दछ जसले नयाँ आवश्यकता वमोजिम आफूलाई परिवर्तन गर्न वा ढाल्न सकोस ।

सामाजिक समुहहरु वीच रचनात्मक सम्बादः घेरै मुलुकका सम्विधानहरुले ब्यक्ति र समुहको स्वार्थ वा चासो सन्तुलन गर्ने प्रावधानहरु समावेश गरेका छन् । ब्यवस्थापिका, कार्यकारी, र न्यायपालिकाका काम कर्तब्य अलग्गै हुन्छ भन्ने मान्यता प्रजातान्त्रिक शासनप्रणालीका आधारशिलाको रुपमा रहिआएको छ । पानी शासनब्यवस्थामा पनि स्वार्थ र चासो वीच सन्तुलन आवश्यक छ । सरकार, बजार र सामाजिक परिक्षक सबै आ–आफ्नो चासो र स्वार्थले निर्देशित हुन्छन् । भिन्न स्वार्थ वीच रचनात्मक सम्वाद गर्ने तौरतरिकालाई मुर्तरुप कसरी दिन सकिन्छ भन्ने विषय खोजको विषय रहेको छ । स्वतन्त्र वैज्ञानिक संस्थाहरुले पानी ब्यवस्थापनमा मध्यस्तकर्ताको भूमीका खेल्न सक्छन् ।

वित्तिय स्रोतको ब्यवस्थाः सूचनाको वहुल स्रोत, सामाजिक परिक्षकको उपस्थिति र चासो सन्तुलन गर्ने संरचना हुँदैमा पानी ब्यवस्थापन प्रभावकारी हुदैन । स्रोत माथि ब्यक्ति वा समुदायको पहुँच नभए सम्म आफ्नो चासो स्पष्ट पार्ने क्रम अगाडी बढ्दैन । सामाजिक परिक्षक र व्यवस्थापन समुहलाई संगठित हुन, विश्लेषण गर्न, कार्यान्वयन र अनुगमन गर्न सक्षम तुल्याउने संरचना र वित्तिय स्रोत हुनु जरुरी हुन्छ । त्यस्ता संरचनाको अभावमा कुन समयमा पानी ब्यवस्थापनवारे विविध विचार र दृष्टिकोण आउन सक्तैन र कुन वाटोमा अघि लाग्दा स्वास्थ, जनजीविका, गरिवी निवारणको क्रममा पानीको समतामूलक दोहन हुन सक्दछ थाहा हुँदैन । विकसित मुलुकमा पानी ब्यवस्थापन सम्बन्धि विवाद र समाधानहरु पहिल्याउने काममा जनकल्याणकारी संस्थाहरु सामाजिक परिक्षकका रुपमा काम गर्ने संगठनहरुलाई आर्थिक सहयोग दिने गर्छन् । यस्तो सहयोगले विकल्पको विश्लेषण सम्भव पार्दछ ।

पानी व्यवस्थापन शासनव्यवस्थाका तौरतरिकासित गाँसिएको छ । प्रजातान्त्रिक शासनव्यवस्थाका आधारभूत सिद्धान्तले पानीका समस्यासँग जुध्न समाधानका उपायहरु पहिल्याउन सहयोग गर्दछन् । पानीका समस्या देखिन्छन्, सुल्टिन्छन् र परिवेश परिवर्तन भइरहन्छ । चक्र तिरन्तर चल्छ त्यसैले चुनौती हो शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरु संस्थागत गर्नु । त्यस्तो व्यवस्थाले चाहिएको समय र स्थानमा समन्यायिक ढंगले एवं प्रभावकारी किसिमले पानीका चुनौती सम्बोधन गर्न मद्दत गर्छ । पानी व्यवस्थापनको क्षेत्रमा यि विषयहरु अध्ययनका विषय बनेका छन् ।

नियन्त्रणमुखी सरकार, सिर्जनशील बजार र जुझारु सामाजिक परीक्षकको उपस्थिति र क्रियाशील संवादले घरायसीदेखि अन्तराष्ट्रियस्तरसम्म हुने गरेका पानी ब्यवस्थापनका तौरतरिका, नीति नियमहरु परिमार्जन गर्ने बाटोहरु कोर्दछ । साथै आधुनिक, परम्परागत र विधागत विविधतालाई समायोजन गरी नयाँ ज्ञान सृर्जना हुन्छ । यसका लागि सबैको दृष्टिकोण सुन्ने र सबैलाई स्थान दिने प्रक्रिया निश्चित गर्नु आवश्यक हुन्छ ।

पानी व्यवस्थापनको सम्बन्धमा दिगोपना के हो प्रष्ट छैन अनिश्चित छ । आजै त्यसको व्याख्या गर्दा हतारिएको ठहरिन्छ । ठाउँ र परिस्थिति अनुसार नियन्त्रणमुखी सरकार, सिर्जनशील बजार र जुझारु सामाजिक परिक्षक वीच हुने अन्तरक्रियाले व्याख्याको प्रक्रिया सुरु हुन्छ । हरेक स्तरको पानी व्यवस्थापनमा बहुलता संस्थागत गर्ने प्रक्रियाले पानीको पन्यालोपन बचाउँदछ र साथै मनुष्यको भविष्य । जलचक्रमा ढल नफालौं भन्ने मान्यता त्यहि दिशाको एउटा कदम हो । यो नयाँ मान्यताले पानीका समस्या दिगो, दक्ष र समतामूलक रुपमा सुल्ट्याउने तौरतरिका अघि लगाउँदछ ।

अजय दीक्षित

**बाँध र विकास: त्रिकोणात्मक संवादको थालनी **

सन् २००० मा विश्व बाँध आयोगको प्रतिवेदन प्रकाशित भएपछि पनि ठूलो बाँधसम्बन्धी विवाद कम भएको छैन । ठूला बाँध निर्माण गर्नुपर्दछ भन्नेहरू भन्छन्, प्रतिवेदनका सिद्धान्त र निर्देशिकाहरू राम्रा छन् तर त्यो कार्यान्वयन गर्न जटिल छ र समय लाग्नेछ । निर्देशिकाहरू तत्काल लागू गर्दा बाँध बन्न सक्दैन भन्दै भारत, चीनलगायत नेपालका सरकारहरूले प्रतिवेदनका सुझाव मान्य हुन नसक्ने तर्क अघि सारे । अभियानकारीहरूको तर्क रहेको छ, ठूला बाँध बनाउनै प¥यो भने के–कसरी बनाउनुपर्दछ भन्ने सुझव आयोगको प्रतिवेदनले राम्ररी दिएको छ, त्यसकारण त्यो लागू हुनुपर्दछ । प्रतिवेदनले ७ वटा सैद्धान्तिक मान्यता, २६ वटा मार्ग निर्देशिकाहरू र तिनलाई व्याख्या गर्ने १५२ वटा निर्णायक विषयहरू प्रस्तावित गरेको थियो ।

नेपालको लागि प्रश्न थियो, यो विवादलाई रचनात्मक सम्वादमा लाने कि हरेकले आ–आफ्नो डम्फू मात्रै फुकेर नीतिगत भासमा जाकिने ? बाँध आयोगको सुझावको सेरोफेरोमा रचनात्मक सम्वाद गरी समाधानका नयाँ तौरतरिका पहिचान गर्न नेपालमा सन् २००३ मा एक प्रक्रिया सुरु भयो । सरकार, सामाजिक परीक्षकहरू र बाँध निर्माण गर्ने निजी उद्यमीहरूको सहभागिता रहेको उक्त प्रक्रियाको पहिलो चरणमा विश्व बाँध आयोगले उठाएका मुद्दाहरू विद्यमान नेपाली कानून, नीति–नियमावली र निर्देशिका तथा योजनाहरूमा कुन रूपमा र कुन हदसम्म प्रतिबिम्बित छन् भन्ने विश्लेषण गर्यो । प्रक्रियाको प्रतिवेदन नेपाली र अंग्रेजी पुस्तकको रूपमा प्रकाशित छन् ।

बाँध र विकासले प्रस्तावित गरेका मान्यताहरू नेपाली नीति नियमहरूमा समावेश रहेछन् भन्ने विश्लेषणले देखायो । निर्देशिका व्याख्या गर्ने विषयहरूमध्ये २८ प्रतिशत नेपाली नियम कानूनसित मिल्दाजुल्दा रहेछन्, ४८ प्रतिशत विद्यमान ऐनकानूनमा समावेश गर्न सकिने रहेछ, ८ प्रतिशत नीति–नियममा उल्लेख नभए पनि कार्यान्वयन भइरहेका छन् । १६ प्रतिशत मात्रै भविष्यका सम्वादले टुङ्गो लगाउनुपर्ने रहेछ । भएका व्यवस्थालाई राम्रोसँग कार्यान्वयन गर्नु नै नेपालको लागि ठूलो चुनौतीको रूपमा देखियो ।

बाँध आयोगको सातौँ रणनीतिक प्राथमिकता उपल्लो तटीय राष्ट्रप्रति असंवेदनशील भएको हुँदा सो मान्य नहुनेमा सबैको एकमत रह्यो । नेपालले उच्च बाँधको आफ्नै परिभाषा तयार गर्नुपर्ने र सो भौगोलिक क्षेत्रको आधारमा हुनपर्ने बारे पनि सबै एकमत भए ।

अध्ययनको क्रममा यस्तो सम्वाद उपयोगी भएको र निरन्तर हुनुपर्ने सुझव अगाडि आयो । अब बाँध आयोगका ६ वटा रणनीतिक प्राथमिकताहरूबारे स्थानीय परिवेश सुहाउँदो तौरतरिका के हुन सक्दछन् भन्ने दोस्रो चरणको सम्वाद प्रक्रिया शुरु भएको छ । विश्वव्यापी रूपमा अत्यन्तै विवादास्पद रहेको विषय बारे रचनात्मक संवादको क्रम नेपालमा सुरु भइसकेको छ ।

comments powered by Disqus

रमझम