‘मोती’, ‘झ्रना’ केही यस्ता चित्र हुन् जसको नाम लिने बित्तिकै दिवङ्गत राजा श्री ५ वीरेन्द्रको झ्झ्ल्को आउँछ । यी तिनै चित्र हुन् जसले राजाको अर्को व्यक्तित्व, कलाकारको व्यक्तित्वलाई दर्शाउँछन् । तत्कालीन युवराज वीरेन्द्रलाई कलाकार विजय थापाले २०१९ सालमा एक महिना पेन्टिङ सिकाएका थिए । राजाका मोती र झ्रना चित्रलाई सम्झ्ँदै उनी भन्छन्, “बीस सालमा सिर्जना गरिएको मौसुफको मोती शीर्षकको चित्र एकदमै चर्चित चित्र हो । यो चित्र हेर्ने जो कोही पनि सजिलै प्रभावित हुन्छ । मोती स्वरुप पाएको अमूल्य मानव जीवन सधैँ सामाजिक दायित्व र कर्तव्यको साङ्लोले बाँधिन्छ, यही जटिलतामा मानव जीवन अल्झ्रिहेको छ भन्ने सन्देश यो चित्रले दिएको छ । म कला समीक्षक नभए पनि एउटा कलाकारको आँखाबाट मौसुफका चित्र हेर्दा साह्रै उत्कृष्ट पाएको छु । त्यहाँ मोटो र बाक्लो रंगले विशेष प्रभाव जमाएको छ । झ्ट्ट हेर्दा आँखा रमाउँछन् । रंग संयोजन पनि त्यत्तिकै राम्रो छ । मौसुफको झ्रना शीर्षकको चित्र पनि मैले हेर्न पाएको छु । यो चित्र पनि आकर्षक छ । यो चित्र हेर्दा मौसुफमा रेखा र रङ्गको गहिरो अध्ययन रहेको स्पष्ट देखिन्छ । यसबाट मौसुफको प्रकृतिप्रेमको उदाहरण मिल्छ ।” झ्रनाले प्रकृतिप्रेमको भावना दर्शाएको कुरा विजय थापाले त्यसै भनेका होइनन् । सरदार यदुनाथ खनालले पनि एक ठाउँमा भनेका छन्, “मौसुफमा जिज्ञासु र खुला स्वभाव थियो । कतिपय मौसुफका जिज्ञासा भावनात्मक र प्रकृतिप्रेममा हुन्थे ।”
२०२२ सालमा श्री ५ युवराजाधिराज वीरेन्द्र भारत, ग्वालियरका राजा माधवराज सिन्धियाको विवाहमा सवारी हुँदा साथमा भारतका लागि तत्कालीन नेपाली राजदूत यदुनाथ खनाल पनि गएका थिए । नैनीताल पुगेपछि युवराजाधिराजले आकस्मिक रूपमा उनलाई सोधे, “यदुनाथ, म तिम्रो स्केच कोर्न चाहन्छु, अनुमति दिन्छौ ?” यदुनाथले पनि “हुन्छ सरकार” भनी जवाफ दिए । पाँच–सात मिनेटमै उनको मुखाकृति तयार भयो । एक ठाउँमा यदुनाथले भनेका छन्, “मलाई त्यसबेला रमाइलो पनि लाग्यो र सरकारको लुकेको कला प्रतिभा मैले पहिलो पटक त्यहीँ नै देख्न पाएको छु । त्यो स्केच पूरा भएपछि मैले मौसुफसँग एउटा हस्ताक्षर मागेँ । मौसुफले तत्कालै हस्ताक्षर पनि दिइबक्स्यो । त्यो हस्ताक्षरयुक्त कृति मसँग अझ्ै छ ।”
यो कुराले राजा वीरेन्द्रको दखल रेखाचित्र (स्केच) मा पनि उत्तिकै थियो भन्ने कुरालाई चित्रण गर्छ । राजा वीरेन्द्रको यही रेखाचित्रलाई उल्लेख गर्दै मनुजबाबु मिश्रले ‘श्री ५ वीरेन्द्रको कलात्मक व्यक्तित्व’ नामक पुस्तकमा लेखेका छन्, “टाउकाको सम्पूर्ण अर्धाकृति चित्र करीब एक दर्जन जति जोडदार रेखाहरूको निडर प्रवाहबाट बनेको छ । त्यसमा अरू छिटफुट, कारकुर रेखाहरू पनि खिचिएका छन् । यस्ता चित्रमा ‘रुपदर्शीको अनुहारसँग मिलेको छ कि छैन ?’ भन्ने प्रश्न नै निरर्थक हुन्छ । अनुहार जस्ताको तस्तै हुनु भावमूलक कृतिको मूल गुण होइन । कलाकारको अन्तरप्रतिभा एवं उत्प्रेषण रेखा रेखामा हुन्छ, ‘मिलेको अथवा नमिलेको अनुहारमा’ होइन । चित्रमा उन्मुुक्त रेखाहरू सलसलाउँदै बहेका छन् । तर पनि चित्र आनुपातिक छ, अनुहारमा जडिएका आँखा, नाक, मुख, कान, पछिल्तिर पल्टिएका पातला कपाल, उच्च निधार खनालज्यूलाई चिन्ने जो कोहीले पनि त्यो रेखाचित्रमा बनेको अनुहार विश्वका लाखौँ मानिसको अनुहार नभएर ‘नेपालका विद्वान् यदुनाथ खनालकै हो’ भनेर चिन्न सक्दछ । पूरा आत्मविश्वासका साथ निडर रेखाहरू गतिशील बनेर दौडिएका छन् । तर पनि चित्रानुशासनको परिधिको उल्लङ्घन भएको देखिँदैन र रुपदर्शीको बाह्य एवं अन्तर व्यक्तित्व दुवै एकसाथ चित्र धरातलमा उत्रिएको छ ।”
युवराज वीरेन्द्रको कलाप्रतिको अभिरुचिकै कारणले २०२२ सालमा नेपाल ललितकला संस्था ‘नाफा’ को स्थापना भयो । उनी आफैँले १२ वर्षसम्म नाफाको अध्यक्षता गरेका थिए । त्यही बेला नाफामा ‘वीरेन्द्र कला सङ्ग्रहालय’ स्थापना भयो । राजा वीरेन्द्रकै अभिरुचिमा २०२२ सालमा काठमाडौँ, कुमारी घरका भित्तेचित्रहरूको वैज्ञानिक विधिद्वारा संरक्षण र सम्वद्र्धन गरियो । २०३१ सालमा ललितकला महाविद्यालयको स्थापना भयो । विजय थापाको संस्मरणमा राजा वीरेन्द्र कलाका लागि कति चिन्तनशील थिए भन्ने कुरा झ्ल्किन्छः “बाइस सालतिर नाफा भवन नक्सालमा कलाकार प्रमिला गिरी र रामानन्द जोशीको संयुक्त कला प्रदर्शनी हुने तयारी भइरहेको थियो । त्यहाँ एक दिन मौसुफ तीन पटक सवारी होइबक्सेको थियो । त्यही दिन राति साढे आठ बजेको घटना हो । त्यो समयमा रामकृष्ण पन्त टेबलमाथि राखिएको मेचमाथि टेकेर गाह्रोको भित्तामा पेन्टिङ चित्र अड्याउन किला ठोकिरहनुभएको थियो । उहाँको शरीरको भारले मेच हल्लिरहेको थियो । एकछिनपछि पन्तले आफ्नो मेच कसैले समातिदिएको अनुभव गर्नु भएछ । यसो फर्केर हेरेको त युवराज वीरेन्द्र ! हत्त न पत्त ओर्लिएर दर्शन गर्नलाग्दा मौसुफले पन्तलाई पहिला तिमी आफ्नो काम नै सिध्याऊ भनिबक्सेको थियो । यसरी मौसुफबाट कलाकृति झ्ुण्ड्याउने, सजाउने तथा क्याटलग तयार गर्ने काममा समेत सहयोग र निर्देशन बक्स हुन्थ्यो ।” राजा वीरेन्द्र प्रतिभाशाली कलाकार थिए तापनि धेरैले उनका कलाकृति हेर्न पाएका थिएनन् । “राजाका पेन्टिङ जनतालाई पनि हेर्ने रहर हुन्छ । त्यसैले त्यस्ता पेन्टिङ जनताले हेर्न पाउनु पर्छ भन्ने विन्ती गत वर्ष २०५७ मा चढाइएको थियो,” विजय थापा भन्छन् । तर अब त्यो विन्तीको जवाफ दिन हाम्रा कलाकार राजा हामी माझ् छैनन् ।