उठेको रहेछ फोका त्यो फेरि, टुटेर पानी भो
माटोले बनेको देह त्यो फेरि, गएर माटो भो
छुटेको रहेछ अणु त्यो आज, मिलेर पूर्ण भो
मायाले रचेको खेल यो आज, आएर अन्त्य भो । – चाँदनी शाह
श्री ५ बडामहारानी ऐश्वर्यराज्यलक्ष्मी शाह इतिहासले सम्झ्निे नाउँ होला, तर चाँदनी शाह नेपाली साहित्यमा, अझ् खासगरी भन्ने हो भने नेपाली गीत लेखनको फाँटमा स्मरणीय नाम बन्नेछ । उनका गीत÷कविताहरूमा जीवनमा भेटिने विभिन्न स्वरुपहरूको तस्बिर भेटिन्छ । कालीप्रसाद रिजाल शाहबारे यसो भन्छन्, “उहाँका आफ्ना भावना र प्रस्तुति गहिरो र प्रकृति जस्तै स्मरणीय, सफा र स्पष्ट छ । उहाँका कविताले पत्नीको प्रेम, भगिनीको अनुराग र सखीको निश्चल सल्लाह झ्ैँ स्वदेश प्रेम र राष्ट्रको नवनिर्माणमा लाग्न प्रेरणादायी सल्लाह दिन्छन् ।” आफ्नो परिवारको अरू सदस्यले साहित्यिक विधामा कलम नचलाए पनि सानैदेखि नेपाली साहित्यप्रति चाँदनी शाहलाई लगाव थियो । शाहलाई नेपाली विषय अध्यापन गराउनुहुने ९४ वर्षीय प्राध्यापक हरिश्चन्द्र न्यौपानेका अनुसार, “डेढ–दुई घण्टासम्म निरन्तर साहित्यको एउटै खण्ड पढाइरहँदा समेत उहाँको धीत मर्दैन थियो । यसले पनि उहाँको नेपाली साहित्यप्रतिको अनुराग बढी नै रहेको पुष्टि गर्दछ ।” त्रिभुवन विश्वविद्यालयबाट कला विषयमा स्नातक उपाधि लिएकी चाँदनी शाहले उच्च शिक्षाको अध्ययन शुरु गरेदेखि नै लेखनयात्रा आरम्भ गरेको पाइन्छ । तथापि शाहको साहित्यिक व्यक्तित्व २०२७÷२८ सालदेखि मात्र सार्वजनिक भएको हो । शाहका रचनाहरू गोरखापत्र लगायतका अन्य पत्रपत्रिकाहरूमा २०३५ सालदेखि मनग्य रूपमा छापिन थालेको थियो ।
चाँदनी शाहका गीत र कविता यात्राका बारे डा. कुमारबहादुर जोशी भन्छन्, “खास गरेर उच्चस्तरीय गीत÷कविताहरूले चाँदनी शाहलाई नेपाली आधुनिक साहित्यको अग्रपंक्तिमा एक सशक्त र श्रेष्ठ गीति कवयित्रीका रूपमा प्रतिष्ठापित तुल्याएको छ ।” चाँदनी शाहका अभिव्यक्तिमा निकै गहिराई र जीवनका गहन विषय समेटिएका पाइन्छन् । तथापि शाहका रचनाहरूमा पाइने निकै ठूलो विशेषता र महŒव हो– संरचनात्मक सहजपना । शाहका रचनाहरू सामान्य पाठकले पनि सहजै बुझन सक्ने हुनाले नै धेरैले उनका कृतिलाई मन पराएका हुन् । ‘गीतकार चाँदनी शाहको कवि व्यक्तित्व’ का बारेमा दैवज्ञराज न्यौपानेको विचारमा शाहको प्रारम्भिक रचनाकालदेखि नै मधुर र मार्मिक गीतहरू सार्वजनिक भएको छ । त्यसैले शाहको कवि व्यक्तित्व थोरै समयमा नै नेपालका प्रसिद्ध गीतकारहरूका पंक्तिमा उभिन पुगेको हो ।
केही साहित्यकारहरूको भनाइमा शाहका कृतिहरूमा कवितात्मक अवयव ज्यादा भएकाले त्यही पक्षको छलफल बढी हुनु न्यायसङ्गत देखिन्छ । यस शताब्दीका कवितामा झ्ल्कने सरलतासित मिसिएको सुन्दरता, प्रस्तुतिको तिख्खरता, भाषाको सरलता र जीवनप्रतिको आदर्शवादिताजस्ता विशेषताहरूले राम्ररी सिँगारिएका शाहका कविताहरू हाम्रो साहित्यका महŒवपूर्ण प्राप्ति बन्न पुगेका छन् । तारानाथ शर्माका भनाइमा शाहका रचना जीवनमुखी छन्, जो प्रभावकारितामा बेजोड भएर प्रकट भएका छन् । चाँदनी शाहको ‘आफ्नै आकाश; आफ्नै परिवेश’ सङ्ग्रह मात्रै प्रकाशित छैन ‘चाँदनी शाहका गीतहरू’ पनि प्रकाशित भएको छ, जसको अङ्ग्रेजीमा तथा फुटकर गीत कविताका अनुवादहरू हिन्दी र संस्कृतमा पनि प्रकाशित छन् ।
शाहका गीतहरू नातीकाजी, अम्बर गुरुङ, दीपक जङ्गम जस्ता सङ्गीतकारद्वारा सङ्गीतबद्ध भई तारादेवी, नारायण गोपाल, तारा थापा र विनोद गुरुङ जस्ता गायक÷गायिकाहरूद्वारा गाइएको छ । आफूलाई गीतकारका रूपमा ख्याति दिलाएकोमा कलाकारहरूप्रति रानीको यथोचित सम्मान थियो । २०४५ सालतिर नारायण गोपालसँगको भेटमा शाहले “तपाईँले गाइदिएर मलाई लोकप्रिय बनाइदिनुभयो” भनेको कुरालाई यहाँनेर कवयित्री रानीको ‘मोडेस्ट’ अभिव्यक्तिका रूपमा लिन सकिन्छ । चाँदनी शाहका जे जति साहित्यसिर्जना छन् तिनले नेपाली साहित्यमा एउटा चम्किलो प्रतिभाको रूपमा पछिसम्म उनलाई चिनाइरहनेछ ।
उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा
सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा
जहाँ जहाँ जान्छौँ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरूमा सम्झ्ना बनी बगिरहन्छु
.
तराईका हरिया फाँटमा पहाडका तरेलीहरूमा
हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरूमा
जहाँ जहाँ जान्छौँ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरूमा गीत बनी गुन्जिरहन्छु
.
मुटु कमाउने जाडोहरूमा कपाल दुख्ने गर्मीहरूमा
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरूमा पर्वत बनी भेटिरहन्छु
सङ्गीतः नातीकाजी/स्वरः तारादेवी