माओवादी जनयुद्धबाट आक्रान्त नेपाल १९ जेठको राति नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डपछि झ्न् थला प¥यो । त्यो दिनको विभत्स हत्याकाण्डले सबै नेपालीलाई राणाकालीन समयको स्मृति गराएको छ । राजगद्दीमा पृथ्वीनारायण शाहकै वंशजले नै निरन्तरता पाए पनि राजा वीरेन्द्रको सम्पूर्ण परिवार समाप्त भएको छ । तीन दशकसम्म निष्कण्टक ढङ्गले शासन गर्न सफल राजा लोकप्रियताको महŒवपूर्ण चरणमा पुगेका बेला अत्यन्त अप्रत्याशित, अस्वाभाविक र क्रूर ढङ्गले मारिएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन र नेपाली राष्ट्रियतालाई बलियो बनाउन राजा वीरेन्द्रले पु¥याएको योगदान निश्चय नै महŒवपूर्ण छ । शाहवंशीय राजाहरूमध्ये राजा महेन्द्र अधिकारलाई आफूमा केन्द्रित, एकत्रित र सङ्गठित गर्न सफल राजा थिए । तर त्यसको लागि श्री ५ महेन्द्रले आजीवन ‘तानाशाह’ र ‘निरङ्कुश’ भएको आरोप भोग्नुप¥यो । नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने र नेपालको स्वतन्त्र एवं आत्मनिर्भर छविको निर्माण गर्ने प्रारम्भिक पाइला राजा महेन्द्रबाटै चालिएको थियो । तर राजा महेन्द्रका सकारात्मक पक्षहरूलाई छोप्ने महŒवपूर्ण कारक तत्व बन्यो २०१७ सालमा बहुदलीय प्रजातन्त्रको हत्या गरिएको घटना । त्यो घटनाले नेपाली जनताको ठूलो हिस्सालाई राजा र पञ्चायती व्यवस्था विरोधी बनायो ।
तर २०४६ सालपछि यो स्थितिमा परिवर्तन भयो । नेपाल अधिराज्यको संविधान, २०४७ ले सक्रिय राजालाई संवैधानिक राजा बनायो । राजाको भूमिका सक्रिय राजनीतिमा रहेन, परिणामस्वरुप राजा विवादबाट टाढा भए । २०४६ को जनआन्दोलनका बेला आलोचना र अलोकप्रियता भोग्नु परेका राजा २०५८ सालमा आइपुग्दा आकर्षण र लोकप्रियताको एउटा महŒवपूर्ण विन्दुमा थिए । राजा वीरेन्द्रसँग तीता–मीठा अनुभवहरूको एउटा भण्डार थियो । कूटनीति र शासन सञ्चालनको लामो श्रृङ्खला पार गरेर प्राप्त गरेको पाको, महŒवपूर्ण र विशिष्ट ज्ञान थियो । प्रधानमन्त्रीहरूलाई दिनसक्ने महŒवपूर्ण सुझव, सल्लाह र अनुभवहरू थिए । ती सबै १९ जेठ २०५८ को रात घटेको विभत्स हत्याकाण्डमा स्वाहा भए । नेपाल र नेपालीले एउटा सफल र दूरदर्शी राजा गुमाए ।
नयाँ राजाका अभिभारा
राजा वीरेन्द्रको हत्याले सबैभन्दा ठूलो धक्का स्वयं राजतन्त्रलाई लागेको छ । लोकप्रिय राजा र उनका परिवारजनको हत्याकाण्डपछि नेपालको सम्मानित र अनुशासित मानिएको एउटा बलियो र लोकप्रिय राजवंशले विश्वसमुदाय र आफ्ना जनताको कठघरामा उभिनुपर्ने अवस्था उत्पन्न भएको छ । नयाँ राजाको राज्यारोहण हर्षोल्लास, जनसमर्थन र सहमतिको सुखद वातावरणमा नभएर आक्रोश, विरोध प्रदर्शन, नाराबाजी, शोक, आँशु र शङ्काको वातावरणमा हतारहतार गर्नु परेको छ । जनविरोधको दवावले गर्दा राज्यारोहणको अवसरमा गरिने युवराजको घोषणालाई समेत पछि सार्नु परेको छ । यो स्थिति उत्पन्न हुनुमा दोष स्वयं राजपरिवार भित्रै देखिएको छ र नयाँ राजाले आफूलाई रक्षात्मक अवस्थामा उभ्याएर जनविश्वास जित्नुपर्ने स्थितिको जन्म भएको छ ।
जेठ महिनाको तेस्रो हप्ता उत्पन्न सङ्कट, त्रास, संशय, विरोध र अराजकताको स्थितिबाट देश विस्तारै मुक्त हुन थालेको छ । मानिसहरूको मनबाट शङ्का र विरोध समाप्त नभए पनि क्रमशः सामान्य हुँदै जान थालेका छन् । नेकपा माओवादी बाहेक देशका सबै जसो प्रमुख राजनीतिक पार्टीहरू नयाँ महाराजाधिराजप्रति सकारात्मक देखिएका छन् । यद्यपि नयाँ महाराजाधिराज श्री ५ ज्ञानेन्द्रप्रति उहाँका बारेमा पहिल्यैदेखि फैलिएको वा फैलाइएको कट्टरपन्थी र सक्रिय राजतन्त्रका समर्थक भन्ने आरोपका कारण राजनीतिक पार्टी र नेताहरू सतर्क एवं सशङ्कित पनि छन् । कतिपय राजनीतिक पार्टीका वक्तव्य र अभिव्यक्तिहरूमा एक प्रकारको असहमति, शङ्का र विविध प्रश्नहरू देखा पर्नुको कारण यही हो । कतिपय उग्र र कट्टर वामपन्थी समूहहरू राजदरबारमा भएको हत्यालाई भारतीय र अमेरिकी षडयन्त्रको परिणामका रूपमा व्याख्या विश्लेषण गर्न अघि सरेका छन् । यस्ता धेरै शङ्का उपशङ्का र प्रश्नहरू उठे वा उठाइए भनेर कसैले पनि उत्तेजित हुनुपर्ने आवश्यकता छैन । यस्तो अविश्वसनीय र अकल्पनीय घटना जुनसुकै मुलुक र राजपरिवारमा घटेको भए पनि शङ्का र प्रश्नहरू उठ्थे । त्यसैले सत्य र तथ्यको आधारमा सही सूचना दिएर मात्रै उद्वेलित र आशङ्कित मानिसहरूलाई शान्त पार्न सकिन्छ, उनीहरूका प्रश्न र आशङ्कालाई दबाएर होइन ।
अन्यौल, दिशाहीनता, अविश्वास र आशङ्काले व्याप्त परिवेशमा श्री ५ ज्ञानेन्द्रको राज्यारोहण भएको छ । समय र सञ्जोगले नयाँ राजाका अगाडि नयाँ र यसभन्दा अगाडिका राजाले बेहोर्नैै नपरेका अप्ठ्यारा चुनौतीहरू तेस्र्याइदिएको छ । राजपरिवारको हत्याबाट उत्पन्न प्रश्नहरूलाई हल गर्दै नेपालको राजतन्त्रबारे उब्जेका अविश्वास र आशङ्काको समाधान गरेर विश्वास, सम्मान र सहज स्थितिको पुनस्र्थापना गर्नुपर्ने कठिन दायित्व श्री ५ ज्ञानेन्द्रको काँधमा आइपरेको छ । दुःखको कुरो, परिवारभित्र काका, भाइ, वा भतिजा, कोही पनि अनुभवी र विज्ञ व्यक्तित्व र विश्वसनीय सहयोगीको अभाव टड्कारो रूपमा देखापरेको छ । भावी युवराजाधिराजको क्रियाकलाप कस्तो हुनेछ भनेर जनताले चनाखो आँखा लगाइरहेका छन् । यस्तो स्थितिमा नयाँ राजाको दायित्व बहन गर्न झ्न् कडा परिश्रम र प्रयत्न गर्नुपर्ने, आफ्ना प्रत्येक शब्द र गतिविधिबाट जनतामा गलत सन्देश नजाओस् भनेर चनाखो हुनुपर्ने देखिन्छ ।
राजा हुनासाथ श्री ५ ज्ञानेन्द्रबाट आफ्नो पहिलो सन्देशमा नै “संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको निष्ठापूर्ण अभ्यासद्वारा नेपाली जनतालाई समुन्नत भविष्यतिर उन्मुख गराइबक्सने श्रद्धेय दाजु स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहको सदिच्छा हामी सबैको लागि सधैँको लागि प्रेरणादायी रहनेछ” भनेर दिइएको अभिव्यक्ति महत्वपूर्ण र उल्लेख्य छ । बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रप्रति श्री ५ ज्ञानेन्द्रको यो अभिव्यक्तिबाट राजनीतिक पार्टीहरू आश्वस्त भएका छन् । यो अभिव्यक्तिले ‘राजाको राजनीतिक रुचि र चिन्तन कट्टरपन्थी हुनेछ’ भन्ने अनुमान गर्नेहरूलाई निराश पारेको छ भने स्वयं राजाकै छविलाई उदार, समयानुकूल र प्रजातान्त्रिक देखाउन मद्दत पु¥याएको छ । यसबाट श्री ५ वीरेन्द्रबाट झ्ैँ श्री ५ ज्ञानेन्द्रबाट पनि संविधानको भावना र मर्म अनुरुप व्यवहार हुने सन्देश गएको छ ।
व्यक्तिले गल्ती नगरे पनि कहिलेकाहीँ समय, परिस्थिति र सञ्जोगले उसलाई प्रश्नहरूको कठघरमा उभ्याउँछ । तर त्यसबाट धैर्यशाली, दूरदर्शी र क्षमतावान मानिसहरू आत्तिँदैनन् । आपत, विपत र प्रतिकूलतासँग जुधेर खरो निस्कन सक्ने व्यक्तित्वले मात्रै राष्ट्रलाई सही ढङ्गले डो¥याउन सक्छ । त्यसैले अहिलेको परिस्थितिलाई श्री ५ ज्ञानेन्द्रले आफ्नो लागि चुनौतीको रूपमा लिएर मुलुकका सबै पक्ष र क्षेत्रहरूको विश्वास जित्ने काममा लागिहाल्नु पर्दछ । श्री ५ वीरेन्द्रबाट जसरी मुलुकका सबै क्षेत्र, विभिन्न राजनीतिक पार्टी र व्यक्तित्वहरूलाई ‘राजा सबका साझ’ भन्ने प्रभाव पार्ने र विश्वास दिने काम भएको थियो त्यसको निरन्तरता अविच्छिन्न छ र टुटेको छैन भन्ने विश्वास जनतामा पार्ने काममा वर्तमान श्री ५ को ध्यान जानुपर्ने देखिन्छ । नयाँ राष्ट्राध्यक्षका रूपमा श्री ५ ज्ञानेन्द्रको अहिलेको प्रमुख अभिभारा भनेको श्री ५ वीरेन्द्रबाट निर्वाह भएको सन्तुलित र संवैधानिक राजाको विशिष्ट र ओजिलो भूमिकाको अभाव राष्ट्र र जनताले गर्न नपाउन् भन्ने नै हो । संवैधानिक प्रतिबद्धता र निरन्तरताको अनुभूति जनताको मनमा विश्वसनीय रूपमा जति गहिरोसँग र जति छिटो पार्न सकिन्छ नयाँ राजाप्रति त्यति नै छिटो जनताको शङ्का निवारण हुनेछ ।
अहिले राजतन्त्रको उज्वल छवि एकाएक मलिन र कमजोर भएको छ । यो छविलाई पुनः देश भित्र र बाहिर उज्वल, सम्मानित एवं प्रशंसित बनाएर नेपालकै प्रतिष्ठालाई समेत उठाउने कठिन कामको दायित्व पनि स्वयं श्री ५ ज्ञानेन्द्रकै काँधमाथि आइपरेको छ । नेपालको राष्ट्रियता र भौगोलिक अखण्डतालाई सुदृढ पार्दै स्वतन्त्र, आत्मनिर्भर र विकसित नेपालको निर्माण गर्न समर्पित राष्ट्राध्यक्षका रूपमा आफ्नो भूमिकालाई स्थापित गर्ने चुनौतीपूर्ण थप अभिभारा पनि श्री ५ ज्ञानेन्द्रले वहन गर्नुपर्नेछ । राजाले आफन्तहरूको अनेकौँ दबाब सहनुपर्ने, सुन्नुपर्ने र तिनलाई नकार्नुपर्ने हुन्छ, किनभने राजाका आफन्त भनेकै जनता हुन् । सिङ्गो राष्ट्र नै उनको घर र सारा जनता उनको परिवार हो । संसारको कुनै पनि राजतन्त्र अरूका कारणले मात्र समाप्त भएको छैन, त्यसमा सबभन्दा पहिला उसको आफ्नै भूमिका निर्णायक हुन्छ । नेपालको राजतन्त्रको हकमा पनि यही कुरा लागू हुन्छ । यो तथ्य र वास्तविकता नयाँ श्री ५ बाट पनि नबुझ्बिक्सेको कुरा होइन ।
राजनीतिक पार्टीहरूको भूमिका
नेपालको बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई बलियो पार्न राजाको जति भूमिका रहन्छ त्यो भन्दा बढी र महŒवपूर्ण भूमिका राजनीतिक दलहरूको रहन्छ । संविधानको परिपालना र संरक्षण गर्ने कुरामा जति राजाको ध्यान जानुपर्दछ त्यति नै आफ्ना गतिविधि र अभिव्यक्तिले संविधानको मर्ममा प्रहार नगरुन् भनेर राजनीतिक दलहरूले सचेत रहनु पर्दछ । नेपालको वर्तमान बहुदलीय प्रजातन्त्रलाई हुर्काउन, बढाउन र सुदृढ पार्न राजा र राजनीतिक दलहरूबीच समझ्दारी, सहमति र सहयात्रा भएन भने राजतन्त्र र प्रजातन्त्र दुवैले अप्ठ्यारो स्थितिको सामना गर्नुपर्नेछ । प्रजातान्त्रिक बहुदलीय राजनीतिक प्रणाली नै वर्तमान विश्वमा देखिएको सर्वोत्तम राजनीतिक प्रणाली हो । संसारमा बाँकी रहेका निरंकुश र सक्रिय राजतन्त्रहरू पनि क्रमशः प्रजातन्त्रीकरणतर्फ ढल्कन थालेको वर्तमान समयमा नेपालको प्रजातन्त्रलाई अझ् कसरी बलियो र जनउन्मुख बनाउने भन्नेतर्फ नै राजनीतिक पार्टीहरू र राजाको ध्यान केन्द्रित हुनु जरुरी छ ।
नेकपा माओवादीका गतिविधि, राजनीतिक भ्रष्टाचार र सरकारको अक्षमता नेपाली समाजको अघि बढ्ने बाटोमा तगारोका रूपमा तेर्सिएका छन् । राजनीतिक पार्टीहरूले आफ्ना व्यवहार र चिन्तनमा परिपक्वता ल्याएर र जनताका बीचमा आफ्नो छविलाई उज्यालो बनाएर जनविश्वास नजित्ने हो भने प्रजातन्त्र बलियो हुन सक्दैन । राजतन्त्र कमजोर भएको अवस्थामा राजनीतिक पार्टीहरू पनि कमजोर हुँदै गए भने देशको भविष्य अँध्यारो हुन्छ । एकातिर राजतन्त्र कमजोर र विवादास्पद बन्ने अर्कोतिर मूलधारका प्रमुख पार्टीहरूले पनि जनविश्वास गुमाउँदै जाने परिस्थिति बन्यो भने जनताले त्यस्तो अवस्थामा माओवादीहरूको मुख नताक्लान् भन्न सकिँदैन । त्यसैले अहिले देशका प्रमुख पार्टीहरूले आत्मचिन्तन, आत्मसमीक्षा गर्दै आफ्ना बोलीवचन, काम र व्यवहारलाई एकदमै जिम्मेदार तथा पारदर्शी बनाउनुपर्ने अवस्था छ । सबैभन्दा ठूलो कुरा देश हो । देशको स्वतन्त्रता, सार्वभौमिकता र आत्मनिर्भर तथा स्वतन्त्र छवि प्राणभन्दा प्यारो हुनुपर्छ । बाबुबाजेले जोगाएका स्वतन्त्रता र मुलुकको राष्ट्रियतालाई आपसी विश्वास र एकताले मात्र जोगाउन सकिन्छ । जब हामी कमजोर हुन्छौँ, परस्पर अविश्वास, द्वन्द्व र कलह चरम हुन पुग्छ, मुलुकको शासनको बागडोर सम्हाल्ने व्यक्ति स्वार्थी, अलोकप्रिय र भ्रष्टाचारी हुन्छ त्यही बेला धमिलो पानीमा माछा मार्न विदेशी शक्तिहरू चलमलाउन थाल्छन् र विदेशीहरूको अनावश्यक दवाव र चलखेल शुरु हुन्छ । नेपालका राजा र राजनीतिक शक्तिहरूका बीचमा अविश्वास र द्वन्द्वको बीउ रोप्न, राजा र जनताका बीचमा फूट पार्न पटक पटक विदेशी शक्तिहरूले खेलेका नकारात्मक खेलका बारेमा बुझ्ेका छौँ भने हामी आजैदेखि सतर्क हुनुपर्छ । राजनीतिक पार्टीहरू र राजाबीच एकताको आधार बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र नेपालको वर्तमान संविधान नै हो । नेपालका राजनीतिक पार्टीहरू र राजाले वर्तमान समयमा यो यथार्थलाई स्वीकार्नु बाहेक अर्को विकल्प छैन । त्यसैले सम्वाद, वार्ता र सहयोगको माध्यमबाट अघि बढ्नु बाहेक राजा, राजनीतिक पार्टी र जनता कसैको लागि पनि अर्को विकल्प छैन । माओवादीहरूका लागि पनि यही एउटा विकल्प बचेको छ ।
संयम, सहमति र सहयात्रा
राजनीतिक पार्टीहरू असफल हुँदै गए भने नयाँ राजनीतिक पार्टी र नेता जन्मने छन् । पार्टी र नेताको जन्मदाता जनता हो । देश र जनता रहेसम्म हजारौँ नेता जन्मिन सक्छन् । प्रजातन्त्रको विकल्प माओवादी तानाशाही पनि हुन सक्दैन सक्रिय राजतन्त्र पनि हुन सक्दैन । प्रजातन्त्रको विकल्प झ्न् राम्रो प्रजातन्त्र मात्र हुनसक्छ । खुला र बहुलवादी समाजको विकल्प अझ् खुला र बहुलवादी समाज हो, बन्द समाज होइन । यो तथ्यले हामी सबैलाई संयम, सहमति र सहयात्राको लागि प्रेरित गर्दछ । सहमति र सहयात्राको मार्गदर्शक दस्तावेज भनेको नेपाल अधिराज्यको संविधान, २०४७ नै हो । हाम्रो अगाडि १०–१५ दिनयताका दुःखद घटनाहरूलाई एउटा अत्यन्त कहालीलाग्दो दुस्वप्न मानेर बिर्सनु बाहेक अर्को विकल्प छैन । देशले गत केही दिनमा भोगेका पीडा र यातनाका घाउहरूलाई कोट्याएर कति दुःखी भइरहने ? कति आँशु बगाएर रोइरहने ? उठेर भविष्यतर्फ हेर्न सक्ने राष्ट्र मात्रै जिउँदो राष्ट्र हुनसक्छ । हाम्रा सबै आशा र भविष्य गुमिसकेका छैनन् र हाम्रो भविष्य हाम्रै हातमा, हाम्रै संस्कार, सहमति र सहयात्रामा छ । के हामी त्यसको लागि तयार छौँ ?