१-१५ असार २०५८ | 15-29 June 2001

दुःखी नेपाल, महादुःखी नेपाली

Share:
  
- महेन्द्र पी. लामा

नेपालमा भएको राजपरिवारको निर्मम हत्याले सम्पूर्ण विश्वलाई विचलित बनायो । सोच्न पनि नसकिने, यो कस्तो घटना ? म पेरिसबाट यो घटनालाई नियालिरहेछु । हत्याकाण्ड भएको एक साता बित्दासम्म फ्रेन्च, जर्मन, स्पेनिस र अङ्ग्रेजी पत्रपत्रिका र टीभी च्यानलहरू सबैको मुख्य समाचार यही बनिरहेको छ । इङ्गल्याण्डको चुनाव, इरानमा खतामीको राजनैतिक लडाइँ र ब्राजिलको बिजुली सङ्कट समेत ओझ्ेलमा पारेर राजा वीरेन्द्र र परिवारको आफ्नै छोराबाट भएको हत्याबारे लछेप्रै समाचारहरू छापे र छाप्दैछन् । नेपाल यस्तो व्यापक रूपमा विश्वस्तरमा खबरको विषय बन्न गएको यो एउटा बिरलै स्थिति होला । विश्व अन्यौलमा छ । यो हत्याको भत्र्सनासम्म खुल्ला मनले गर्न सक्तैन, किनकि आफ्नै परिवारभित्रको त्यही पनि राजा हुने क्रममा पसिसकेको व्यक्तिद्वारा यो सब भएको छ । राजा वीरेन्द्र जस्तो एक दूरदर्शी एवं अब्वल राजनेताको दाहसंस्कार सम्पूर्ण विश्व मिलेर गर्नुपर्ने थियो । कस्तो दुःखको क्षण; विश्वका मानव समाजले आँशु नै नबाँडी समेटिएर लगियो राजा–रानीको पार्थिव शरीरलाई । योभन्दा दर्दनाक स्थिति के हुन सक्छ ?

राजा वीरेन्द्र प्रजालाई माया गर्ने, प्रजाको भलो चाहने राजा थिए । आफ्ना पिता राजा महेन्द्रबाट अनेकन् राजकौशल र ज्ञान पाएका राजा वीरेन्द्र आफ्नो राष्ट्रलाई सदैव उच्च स्थानमा राख्न प्रयत्नशील थिए । यसैले नै उनलाई सम्पूर्ण विश्वले एउटा दूरदर्शी राजाको दृष्टिले हेथ्र्यो । राजा वीरेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई जस्तो प्रकारले स्वागत गरे, अपनाए र अघि बढ्न दिए, यस प्रकारको उदाहरण शायद विश्वमा कमै होला । पञ्चायत व्यवस्थादेखि अहिलेको प्रजातान्त्रिक प्रणालीमा नेपालले जति सुविस्तासँग प्रवेश ग¥यो, शायद एक जनप्रिय राजा नभएको भए यस्तो हुने नै थिएन । गत एक दशकमा भएको राजनैतिक उथुलपुथल र अस्थिरतालाई पनि राजा वीरेन्द्रले राष्ट्रको बदलिँदो राजनैतिक चेहरा मान्दै कुनै नचाहिँदो हस्तक्षेप गरेनन् । अर्थात् बाहिरबाट हेर्दा राजा वीरेन्द्र देशको निम्ति प्रगाढ माया–धैर्य बोक्ने एउटा सग्लो व्यक्ति थिए ।

नेपालले एउटा ठूलो सम्पदा गुमायो । राजा वीरेन्द्रमा भएको ज्ञान, कौशल र पद्धति लिन नै सकेन । अर्थात् राजाले यी सब कुराहरू दिनसक्ने स्थितिमा नपुग्दै, उनको हत्या गरियो । यसरी नै महारानीले पनि आफूले सञ्चय गरेका सबै–सबै मूल्य र अनुभवहरू जनताअघि पुग्दा–पुग्दै अचानक समाप्त गरियो । राजकुमार र राजकुमारी नै यी सब मूल्यरूपी धनलाई जनताअघि पु¥याउने माध्यमहरू भएका हुनाले, राजा वीरेन्द्रका परिवारमा भएको यस महाविनाशले राष्ट्र निर्माणको एउटा अटुट सिलसिला नै तोडियो । कति अविश्वसनीय कुरो ? छोराबाट माता–पिता र भाइ–बहिनी समेतको हत्या हुनु । राजा हुने क्रममा पुगिसकेको छोरालाई के कस्तो कुरो आइप¥यो, यस्तो भीषण काण्डमा एकलौटे नायक हुनुपर्ने ? नेपाललाई गत केही वर्षयता आएर गहिरो दशा लागेको देखिन्छ । माओवादीको अन्धाधुन्ध हत्या, राजनैतिक उलटपलट, नेताहरूको सस्तो खिंचातानी, आई.एस.आई. जस्ता खतरनाक सङ्गठनहरूको क्रूर उपस्थिति जस्ता सबै राहु–केतुले नेपाललाई एकैसाथ छोपे । जनताजनार्दन छरपस्ट छन् । राजासम्मको हत्या भएपछि देशमा अस्थिरताले एउटा नौलो रुप धारण ग¥यो नै । कस्तो अचम्म, यी सब कुराहरू जनताले सधैँ चाहेको प्रजातान्त्रिक व्यवस्थाभित्रै हुनु पर्ने ! हिंसा र हत्या यति विघ्न किन, बुद्धको राष्ट्रमा ? नेपालमा पक्कै कहीँ केही मिलेको छैन । तर एउटा राष्ट्र यसरी चल्न सक्तैन । यसैले सबैलाई समेट्ने, सदैव राष्ट्रको हित सोच्ने एउटा नेता–राजनीतिक दल–संस्था चाहियो नेपालमा । राजनीतिदेखि बाहिर बसेका व्यक्ति र संस्थाहरूअघि आउनुपर्छ, प्रजातन्त्रलाई दिशा निर्देश गर्न । यिनीहरू सबै किन रमिता हेर्दैछन् आज ? हिंसा र हत्याको रापले सम्पूर्ण नेपाललाई पोल्दा पनि सुषुप्त निद्रामा रहेझ्ैँ यी समाजका अन्य प्राणीहरू किन ढोंग गर्दैछन् ?

नेपालको निम्ति यो अति नै महŒवपूर्ण क्षण हो । नयाँ राजाको देशव्यापी पकड हुनु अति नै आवश्यक कुरो हो । यो पकड सामाजिक र सांस्कृतिक जगेडा र आर्थिक विकासमा आधारित हुनुपर्दछ । राष्ट्र एकता र अखण्डताको मूल खाँबो भएर राजा वीरेन्द्र अघि बढे झ्ैँ, राजा ज्ञानेन्द्रले पनि हरेक नेपाली नागरिकभित्र देश–प्रेम र राष्ट्र समर्पणको भावना अझ्ै प्रगाढ रूपमा हाल्न सक्नु पर्दछ । नयाँ राजाको निम्ति यही कुरो चुनौती मात्र नभएर, परम्परागत राजवंशको अस्तित्व पनि यसैमा आधारित हुनेछ । राजा वीरेन्द्रले झ्ैँ प्रजातन्त्रले ल्याएको उथलपुथल र अन्य अस्थिरतालाई एउटा राष्ट्रनायकको दृष्टिले हेर्न सक्नु पर्छ, नयाँ राजाले पनि । प्रजातन्त्रको अर्को पाटो नै अस्थिरता हो, किनकि सबैले सबै कुरो माग्न सक्छ–सोध्न सक्छ र केही मात्रामा पाउन पनि सक्छ । तर यो अस्थिरता राष्ट्रको अटुट यात्रामा एउटा क्षणिक अध्याय हो । अरू राजनैतिक प्रणालीमा भने यो अस्थिरता स्थायी रूपमा रहन सक्तछ । प्रजातन्त्रको ठूलो गुण नै यही हो ।

आज सम्पूर्ण विश्वले प्रजातान्त्रिक नेपाललाई हेर्दैछ । घटनै घटनाले घेरेको नेपाललाई विश्व समुदायले टिठ्याउँदैछ । तर यो टिठ्याइमा नलपेटिएर, हरेक नेपालीले यस्तो सङ्कटको घडीलाई काट्न साहस देखाउनु प¥यो । राष्ट्र निर्माणको मनोभावना फेरि प्रस्फुटित गराउनुमा नयाँ राजाको भूमिका प्रमुख रहन्छ । सरकार चलाउने राजनैतिक दल र नेताहरूले गाउँ गाउँमा गएर राष्ट्रमा आइपरेको यो भयानक आपत्ति र यातनालाई सहने र टार्ने शक्ति प्रदान गर्नु प¥यो । हामी भारतीयहरू यही चाहन्छौँ, एउटा बलियो, फले–फुलेको नेपाल, एउटा पवित्र हिमालयको स्थिर छिमेकी राष्ट्र । यो दुःखको सङ्कटमय क्षणमा जति नेपालीहरू दुःखित छन्, हरेक भारतीय पनि शोकमा चुर्लुम्म डुबेका छन् । हरेक भारतीय चाहन्छन्, नयाँ राजाले राजा वीरेन्द्रले झ्ैँ राष्ट्रलाई सदैव अघि राखुन् । कसैले चाहँदैन, ‘दुःखी नेपाल महादुःखी नेपाली’ । ९० वर्षअघि गोर्खा लीगका संस्थापक ठाकुर चन्दन सिंहले यही शीर्षक दिएर तरुण गोर्खा मा घतलाग्दो सम्पादकीय लेखेका थिए । राणाशासन अन्तर्गत नेपाल र नेपालीले भोग्नुपरेका यातनाप्रति त्यसले सबैलाई झ्क्झ्काएको थियो । सन्दर्भ आज अर्कै छ, तर स्थिति लगभग त्यही । यो कालो–अँध्यारो सुरुङको अन्तमा उज्यालो–मीठो घाम लागेको छ । राजा–राजनीतिज्ञ–साधारण जनताले शीघ्रभन्दा शीघ्र यो घाम भएको संसारमा पुग्न कोशिश गर्नुपर्छ अनि मात्रै राजा वीरेन्द्रको सपना साकार हुनेछ ।

comments powered by Disqus

रमझम