२९ बैशाख २०७० | 12 May 2013

कहाँ के?

Share:
  

बास्केटबलः अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक, मानसिक, भावनात्मक र सामाजिक विकासका लागि २७–२९ वैशाखमा ह्वीलचेयर बास्केटबल प्रतियोगिता।

समयः बिहान १० देखि अपरान्ह ४ बजेसम्म।

स्थानः कभर्डहल, त्रिपुरेश्वर।

सम्पर्कः ९८०१०८२७९७

उकुसमुकुसः काठमाडौंको दैनिक जनजीवन उतारिएको कलाकारद्वय कञ्चन बुढाथोकी र पलिस्था कक्षपतिको पेन्टिङ र मल्टिमिडिया प्रदर्शनी २९ वैशाखसम्म।

समयः बिहान १०:३० देखि साँझ ६ बजेसम्म।

स्थानः पार्क ग्यालरी, पुल्चोक।

सम्पर्कः (०१) ५५२२३०७

शास्त्रीय संगीतः हरेक औंसीमा शास्त्रीय संगीत श्रवणको अवसर।

समयः अपरान्ह ४ बजे (२६ वैशाख)

स्थानः राममन्दिर, बत्तीसपुतली

ग्राफिक भोइसेसः बेचबिखनमा परेका मानिसहरूले भोगेका दर्दनाक पीडामाथि डान आर्करको ग्राफिक प्रदर्शनी ३१ वैशाखसम्म।

समय : शनिबार बाहेकका दिनमा बिहान १० देखि साँझ ५ बजेसम्म।

स्थान : इमेज आर्क ग्यालरी कुलिम्हा टोल, पाटन।

विध्वंसका भगवानः काठमाडौंका एक दम्पती ११ वर्षे छोराको सम्बन्धमा जारी झगडालाई शान्तिपूर्ण तवरले टुंग्याउन टेबुलमा बस्छन्। विनम्र र भद्र ढंगले शुरू भएको बातचित आवेग, अहंकार, घृणा, आरोप–प्रत्यारोप र एकअर्काको भण्डाफोरको तहमा पुग्छ।

कलाकारः कर्मा, समुना केसी, सुवास थापा, झरना बज्राचार्य।

निर्देशकः सविन लेहम्यान। मञ्च सज्जाः लुड्मिल्ला हन्गरहुबर संगीतः जोगोरी

शुल्कः ८००

समयः साँझ ७.१५ बजे, ५ जेठसम्म।

सम्पर्कः (०१) ४२७१५४५

[email protected]

अस्तित्वः नारी विषयमा केन्द्रित कलाकार अनिता खनालका पेन्टिङ प्रदर्शनी ३० वैशाखसम्म।

स्थान : सर्वनाम थियटर, कालिकास्थान।

अतिथि देवो भवः पोखराको लेकसाइडमा अतिथि रिसोर्ट एण्ड स्पा। व्यस्त शहरबाट पैदल निस्केर १० मिनेटमा पुगिने शान्ति पाटनस्थित रिसोर्ट आनन्दमय बसाइ चाहने जो कसैका लागि पनि उपयुक्त। परम्परागत नेपाली र आधुनिक कलाको संयोजनबाट परिष्कृत अतिथि संचालनको एकै महीनामा उत्कृष्ट रिसोर्ट सावित भइसकेको छ।

खुल्ला र सजिला कोठाहरू, एलइडी टेलिभिजन, फ्रिज, तापक्रम नियन्त्रण युनिट, बरण्डा, फ्रि वाइफाइ, स्नानागार, फर्निचर आदिले सुसज्जित छन्। रिसोर्ट अगाडि रहेको फाउण्टेनसहितको डब्लु आकारको स्वीमिङ पुल निकै मनोहर छ, जहाँ घामको न्यानोमा तैरिंदै किताब पढ्न वा साथीसँग भोजन गर्न सर्वाधिक आनन्दमय हुन्छ। यात्राका क्रममा थकान महसूस भएको छ भने जादुमय स्पा पनि छँदैछ।

सम्पर्कः (०६१) ४६६७६० (०१) ४००२०७७ वा www.atithiresort.com

comments powered by Disqus

रमझम