२९ बैशाख २०७० | 12 May 2013

अब भाडामा खेलौना

Share:
  

खेलौनाबाट केटाकेटीलाई केही सिकाउने उपाय खोजिरहेकी व्यावसायिक गोल्छा घरानाकी बुहारी प्रेरणा गोल्छाले एउटा उपाय पत्ता लगाइन्, खेलौनाको लाइब्रेरी बनाउने। पूर्व शिक्षिका श्वेता पोखरेलको सहयोगमा नेपालकै लागि त्यो नयाँ योजनाले साकार रूप लिंदा बनेको छ 'ट्वोइज् डे आउट'। मध्य माघबाट शुरू भएको यो लाइब्रेरी काठमाडौंको थापाथलीबाट बीस मिटर माइतीघरतर्फ जाँदा बायाँ रहेको फोर्ड गाडीको शोरुमको माथिल्लो तल्लामा छ।

यो लाइब्रेरीबाट खेलौना लैजान सदस्यता लिनुपर्छ। सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन प्रकारका सदस्यताको मासिक शुल्क रु.४००, रु.७५० र रु.१५०० छ। मासिक २ देखि ६ वटासम्म खेलौना, किताब, पजल र शिक्षामूलक खेलहरू लैजान पाइने यो लाइब्रेरीमा १० जना सदस्य बनिसकेका छन्।

१८ महीनादेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको यो लाइब्रेरीका सबै सामान भारतबाट ल्याइएका र ती सामान पुनः प्रयोग गर्नुअघि आधुनिक प्रविधिबाट स्वच्छ बनाइने सञ्चालक गोल्छा बताउँछिन्।

comments powered by Disqus

रमझम