२९ बैशाख २०७० | 12 May 2013

'संचारकर्मीले ध्वस्त पार्दैछन्'

Share:
  

आनन्द कार्की, गायक

अहिलेका एफएम, टिभीका धेरैजसो सञ्चारकर्मी पुराना गायक–गायिकालाई सकेसम्म बेवास्ता गर्छन्। स्थापित कलाकारको गीत बजाउँदा पैसा असुल्न नपाइने हुनाले उनीहरूले नयाँ र मालदार ग्राहकलाई मात्र भाउ दिन्छन्। कलाको मर्म र पेशागत धर्म नबुझेका सञ्चारकर्मीहरूलाई व्यक्तिगत लाभ भए पुग्छ, नेपाली गीतसंगीतको श्रीवृद्धिसँग कुनै मतलब छैन।

कतिपय सञ्चारकर्मी 'तपाईंलाई पनि हामीले नै बनाइदिएको हो'सम्म भन्छन्। उनीहरू पैसा लिएर वा रक्सी खाएर कलाकारलाई हिट बनाउँछन्। तर, बजारमा हजार गीत आए पनि एउटा हिट नहुनुको कारण यिनै सञ्चारकर्मी हुन्।

फोन गर्दैन, रक्सी खुवाउँदैन, पैसा दिंदैन भनेर राम्रा कलाकारलाई पाखा लगाएका सञ्चारकर्मीहरूले नेपाली गीतसंगीतलाई कता लैजाँदैछन्, गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। यसबारे सबभन्दा पहिला सञ्चारमाध्यमको व्यवस्थापनले सोचुन्।

comments powered by Disqus

रमझम