२९ बैशाख २०७० | 12 May 2013

यलमायामा नृत्य दिवस

Share:
  

तस्वीरः ऋषिराम कट्टेल
मेक्सिकन नृत्य पस्किंदै अर्जेन्टिनाकी डोमेनिका।

वर्ल्ड डान्स एलायन्सनेपाल च्याप्टर (डब्ल्युडीएएनसी) ले ३१औं अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा १६ वैशाखमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा नृत्य कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा नेपाली र विदेशी कलाकारहरूले मञ्जुश्री, छलिया, स्याब्रु, धिमे, कत्थक, मेक्सिकन लोकनृत्य लगायतका १० किसिमका नृत्य प्रस्तुत गरे। कार्यक्रममा कलामण्डप, संगीत शिला प्रतिष्ठान, संस्कृति अध्ययन संस्थान, संस्कृति संरक्षण मञ्च, क्लासिकल डान्स एकेडेमी लगायतका २५ संघसंस्थाको संस्थागत सहभागिता रह्यो। कार्यक्रममा डब्ल्युडीएएनसी अध्यक्ष राजेन्द्र श्रेष्ठले नृत्यका बारेमा प्रकाश पारेका थिए।

comments powered by Disqus

रमझम