५ जेठ २०७० | 19 May 2013

नृत्यबाट सन्तुष्टि

Share:
  

दुई वर्षअघि क्यालिफोर्निया आएकी विन्दु तामाङ लसएन्जलसमा नेपाली नृत्य निर्देशकको रूपमा स्थापित हुँदैछिन्। नृत्य विधामा आफू नेपालमा भन्दा अमेरिकामा बढी व्यस्त हुन थालेको उनले बताइन्। उनी यहाँ नेपालीसँगै अमेरिकी, जापानी, युरोपियन, मेक्सिकन, भारतीय र पाकिस्तानीहरूलाई नेपाली नृत्य सिकाइरहेकी छन्।

अमेरिकाका विभिन्न राज्यमा नेपालीले आयोजना गर्ने सांस्कृतिक जमघटमा पनि खोजिन थालिएकी छन्, विन्दु। नेपालमा १० वर्षदेखि नृत्यकर्ममा रहेकी उनीसँग थुप्रै चलचित्र, म्युजिक भिडियो र स्टेज कार्यक्रमको अनुभव छ। नेपालमा रहँदै विभिन्न सांस्कृतिक टोलीका साथ जर्मनी, फ्रान्स, अष्ट्रिया, भारत र जापान भ्रमण गरेकी विन्दु भन्छिन्, “अमेरिकामा पनि नेपाली कलाकारकै रूपमा सक्रिय हुन पाउँदा सन्तुष्ट छु।”

ङिमा पाखि्रन, अमेरिका

comments powered by Disqus

रमझम