५ जेठ २०७० | 19 May 2013

टापु सँगै चरणदास

Share:
  

पाठशाला थिएटर र एसओएस बालग्राम जोरपाटीले २० वैशाखदेखि टापु मञ्चन शुरू गरेको छ। शारीरिक रूपमा सबै मानिस उस्तै हुन् भन्ने सन्देश बोकेको यो नाटकमा अपाङ्गता भएका एसओएस बालग्रामका १५ बालबालिकाले सशक्त अभिनय गरेका छन्। लाजिम्पाटको थिएटर भिलेजमा ३० वैशाखसम्म मञ्चन हुने यो नाटकका लेखक आयुष निरौला हुन् भने निर्देशक सुमन रायमाझी।

यता अनामनगरको मण्डला थिएटरमा १३ वैशाखबाट चरणदास चोर मञ्चन भइरहेको छ। राजस्थानी लोककथामा आधारित यो नाटकका लेखक भारतीय रङ्गकर्मी हबिव तनविर हुन्। राजन खतिवडा निर्देशित यो नाटकमा राजनसँगै सृजना सुब्बा, बुद्धिराम तामाङ, सुलक्षण भारती, विजय बराल, सृजना अधिकारी लगायतले अभिनय गरिरहेका छन्। नाटक ५ जेठसम्म चल्नेछ।

comments powered by Disqus

रमझम