५ जेठ २०७० | 19 May 2013

नारीमाथि पेन्टिङ

Share:
  

कलाकार अनिता खनाल १३–३० वैशाखसम्म काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा पहिलो एकल प्रदर्शनीमा छिन्। 'अस्तित्व' शीर्षकको यो प्रदर्शनीमा नारी विषयमा केन्द्रित अनिताका २० थान पेन्टिङ छन्। नारीलाई पुतलीसँग दाँजिएका पेन्टिङमा कतै नारी जीवनको संघर्ष, कतै सामाजिक दबाब त कतै नारीका स्वच्छन्द व्यवहार उतारिएको छ। प्रदर्शनी आर्ट नेपाल र सर्वनाम थिएटरले आयोजना गरेका हुन्।

comments powered by Disqus

रमझम