५ जेठ २०७० | 19 May 2013

कहाँ के?

Share:
  

नयाँबजारः घरमा अनावश्यक रूपले ठाउँ ओगटिरहेका पुराना खेलौना, गहना, किताब, म्यागाजिन, सजावटका सामान र अरू जेसुकै सामान हरेक महीनाको अन्तिम शनिबार बिक्री गरेर एचआईभी संक्रमित बालबालिकालाई सहयोग गर्नुहोस्।

स्थानः १९०५, कान्तिपथ, काठमाडौं

समयः बिहान ९ देखि १२ बजेसम्म

सम्पर्कः ९८५११५४४८८

इमेलः [email protected]

ट्वीस्टः बेली डान्सका ओमी, सिम्मी, ट्वीस्ट र टर्न जस्ता कला सिक्ने अवसर

शुल्कः रु.२५००

मितिः २७–३१ वैशाख

स्थानः स्टेप्स डान्स स्टुडियो, कुपण्डोल

बाइक फेस्टिभलः बाइक स्टण्ट, लाइभ म्युजिक, स्वादिष्ट खाना र बाइक प्रेमीहरुका लागि अन्तरस्कूल क्रसकन्ट्री प्रतियोगिता।

मितिः ५ जेठ

स्थान : ज्ञानोदय आवासीय विद्यालय, खोकना

इटालियन फुड एण्ड फिल्म फेस्टिभलः ललितपुरको झ्ाम्सिखेलस्थित ब्ल्याक पेपर क्याफे एण्ड पबमा इटालियन खानाको असली स्वाद लिंदै सुपरहिट इटालियन चलचित्रहरु।

शुल्कः रु.९५०, मितिः १४ जेठसम्म

समयः बेलुका ६ बजेपछि

विध्वंसका भगवानः काठमाडौंका एक दम्पती ११वर्षे छोराको सम्बन्धमा जारी झ्ागडालाई शान्तपूर्वक टुंग्याउन टेबुलमा बस्छन्। विनम्र र भद्र ढंगले शुरू भएको बातचित आवेग, अहंकार, घृणा, आरोप–प्रत्यारोप र एकअर्काको भण्डाफोरको तहमा पुग्छ।

कलाकारः कर्मा, समुना केसी, सुवास थापा, झ्ारना बज्राचार्य

निर्देशकः सविन लेहम्यान

मञ्च सज्जाः लुड्मिल्ला हन्गरहुबर

संगीतः जोगोरी, शुल्कः ८००

समयः ५ जेठसम्म, साँझ ७.१५ बजे

सम्पर्कः (०१) ४२७१५४५

[email protected]

लघु कथा प्रतियोगिताः लेखन सौन्दर्यको उत्सव मनाउन चाहने ल डट लित साहित्यिक म्यागाजिनले लेखक सम्राट उपाध्यायसँगको सहकार्यमा लघु कथा प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिताको उद्देश्य अंग्रेजीमा लेख्ने नेपाली नवप्रतिभाहरुलाई प्रोत्साहन गर्नु हो। सम्राटले छान्ने विजेताहरुका कथा ल डट लित को आउँदो अंकमा प्रकाशित हुनेछ। उत्कृष्ट तीन जनाले पुरस्कारमा क्रमशः रु.१० हजार, रु.५ हजार र रु.२ हजार ५०० पाउने छन्। यो प्रतियोगिता अमेरिकाको इण्डियना विश्वविद्यालयको राइटर इन द वर्ल्ड प्रोजेक्टको एक भाग हो र यसका सुपरभाइजर सम्राट आफैं हुन्।

कथा बुझाउने अन्तिम मितिः ११ जेठ २०७०

विस्तृत जानकारीका लागिः www.lalitmag.com,

https://www.facebook.com/events/140133446166196

comments powered by Disqus

रमझम