१२ जेठ २०७० | 26 May 2013

चेतनाका लागि नृत्य

Share:
  

नृत्यलाई धेरैले मनोरञ्जनको साधन मात्र ठान्छन्। तर, बिमानव आर्ट स्टुडियोका कलाकारहरू सचेतना जगाउन नृत्य गरिरहेका छन्। समूहका संयोजक सुमनसागर जङ्ग केसी नेपालको सामाजिक परिवेश र नृत्यलाई हेर्ने दृष्टिकोण समेतमा परिवर्तन ल्याउन नृत्य अभियान चलाएको बताउँछन्। 'सामाजिक रूपान्तरणका लागि कला' भन्ने नाराका साथ एक वर्षअघि एकत्रित भएको यो समूहमा केसीसहित हरि निरौला, प्रेम थापा, रिना गिरी, किसन भुषाल, चेत सुनुवार, सुवास संग्रौला र विद्या महर्जन छन्। आठै जना नृत्यमा कुशल छन्। समूहका संयोजक केसी भन्छन्, “अहिले महिला हिंसाका मुद्दा र सडक बालबालिकाका विषयमा स्टेज कार्यक्रमहरू गरिरहेका छौं।”

comments powered by Disqus

रमझम