१२ जेठ २०७० | 26 May 2013

इन्गेजमेन्टपछि ब्रेकअप!

Share:
  

सिने हिरोइन सुष्मा कार्की र अनुप्रस्थ ब्याण्डका लिड गिटारिष्ट निरन शाही आठ महीनादेखि 'लिभिङ टुगेदर'मा थिए, तर अब त्यो सम्बन्ध नरहेको सुष्माले बताइन्। भन्छिन्, “ऊसँगको गाडी अगाडि नबढ्ने भएपछि अलग हुन उचित ठानें।” आठ महीना हैन, आठ वर्षदेखि सँगै बसेका र चार वर्षअघि इन्गेजमेन्ट गरेका सिने हिरो सविन श्रेष्ठ र मोडल/एयर होस्टेज नम्रता झाले पनि सम्बन्ध तोडेका छन्। सम्बन्ध बोझिलो लाग्न थालेपछि आपसी सहमतिमै छुट्टिएको सविनले बताए। त्यसअघि हिरो–हिरोइन जोडी ऋचा शर्मा र विनय श्रेष्ठले पनि यस्तै निर्णय गरेका थिए। ऋचा र विनय अघि झरना बज्राचार्य र बेलायती नागरिक कारार हिलको ब्रेकअप भएको थियो। झरना र हिलले लामो प्रेम सम्बन्ध पछि भव्य इन्गेजमेन्ट समेत गरेका थिए।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम