१२ जेठ २०७० | 26 May 2013

पोखराको ब्राण्ड आलमोण्ड्स

Share:
  

चिप्लेढुङ्गास्थित आलमोण्ड्स क्याफे एण्ड रेष्टुरेण्ट सबैको मन जितेर पोखराको ब्राण्ड भएको छ। चाइनिज, इण्डियन, कन्टिनेन्टल र जापनिज परिकार पस्किने यो रेष्टुरेण्टको मेनुमा मःम चिली, सुकुटी लगायतका नेपाली परिकार पनि छन्। १२ वर्ष जापानमा रेष्टुरेण्टकै अनुभव सँगालेका गौतम उदास र लोकबहादुर गुरुङले २०५९ सालमा शुरू गरेको आल्मोण्डस्ले २०६३ भदौमा लेकसाइडमा शाखा विस्तार गर्‍यो। शाखा विस्तारको अर्थ स्वदेशी–विदेशी जिब्रोमा आलमोण्डस् स्थापित भयो।

यो रेष्टुरेण्ट भेज टेम्पुरा, यासाइ इतामे (भेज फ्राई), बटर चिकेन, चिकेन मुग्लाइ, चिकेन कोरमा, कडाइ चिकेन, नेपाली थाली सेट, सन्मुरियन राइस, गार्लिक चिकेन राइस जस्ता परिकारका कारण पनि पारखीहरूको रोजाइमा छ। नेपाली मौलिकता झल्किने सजावट भएको आलमोण्डस्ले ओपन किचनको पनि सुरुआत गरेको छ।

माधव बराल, पोखरा

comments powered by Disqus

रमझम