१२ जेठ २०७० | 26 May 2013

हेमाको स्प्लेण्डर

Share:
  

सोहन श्रेष्ठ

१५ वर्षअघि काठमाडौंमा ६ महीने फेसन डिजाइनिङ र फिलिपिन्समा त्यत्ति नै अवधिको ड्रेस मेकिङ तालीम लिएर काम थालेकी हेमा राई (३९) अहिले धरानको एक चल्तीकी फेसन डिजाइनरमा पर्छिन्। कलेज रोडमा रहेको उनको स्प्लेण्डर बुटिक खास गरेर सारी, कुर्ता, लेहेङ्गा लगायतका इण्डियन वेयरका लागि नामी भएको छ। “मेरो कपडा सिलाउन टेलर्समा दिंदा कटिङ गरेदेखि नसकुञ्जेलसम्म त्यहाँ गएर हेर्थें”, हेमा भन्छिन्, “अहिले टाढाटाढाका मानिसहरु मेरो बुटिकमा आउँछन्।”

हेमाको डिजाइनर पोशाकमा एक मोडल ।

उनको डिजाइनका पहिरन बिर्तामोड, दमक, पथरी, उर्लावारी, इटहरी, विराटनगरदेखि बेलायत, हङकङ, जर्मनी, ब्रुनाई, अमेरिका र अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुसम्म पुगिरहेको छ। डिजाइनमा नयाँ आइडियाहरु निकाल्न उनी विश्वका टप सेलिब्रेटीहरुदेखि हेल्लो, ग्राजिया र फिल्म फेयरसम्मका म्यागाजिन नियाल्छिन्, नियमित रूपमा। महिलाका लागि प्रति पिस रु.२५ हजारसम्मका पहिरन तयार पारिरहेकी हेमाले अब पुरुषका लागि पनि डिजाइन गर्न थालेकी छन्। २२ जनालाई रोजगारी दिएको बुटिकमा उनले गहना र व्याग एसेसरिज पनि राखेकी छन्।

सीता मादेम्बा, धरान

comments powered by Disqus

रमझम