१९ जेठ २०७० | 2 June 2013

नरिवल जात्रा

Share:
  

नरिवल जात्राः रातो मत्स्येन्द्रनाथको रथ यात्राका क्रममा ७ जेठमा रथको टुप्पोबाट नरिवल खसाल्दाको यो तस्वीर रोयटर्सका नभेस चित्रकारको अवधारणामा खिचिएको हो। नभेसले नरिवल फाल्न रथको टुप्पोमा चढेका चाकला डंगोल (७५) को टाउकोमा हिरो टु मोडलको गोब्रो क्यामरा जडान गरेका थिए। हरेक ५ सेकेण्डमा एक तस्वीर खिच्ने गरी 'फिक्स' गरिएको क्यामराले करीब एक घण्टामा ७५० तस्वीर खिचेको थियो। हरेक वर्ष जात्राको तस्वीर खिच्दै आए पनि यसपटक नयाँ केही गरौं भनेर यो जुक्ति निकालेको नभेस बताउँछन्। धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि फ्याँकिएको नरिवल टिप्न रथ वरिपरि तँछाडमछाड हुन्छ। सधैं तलबाट खिचिएको जात्राको तस्वीर हेर्दै आएकालाई यो तस्वीरले नयाँपनको अनुभूति गराएको छ।

comments powered by Disqus

रमझम