१९ जेठ २०७० | 2 June 2013

कोशीटप्पुमा बर्खे पाहुना

Share:
  

बीउ कुह्यो।

जुरे कोइली।

स्वर्गचरी (भाले)।

गाजले सुनचरी।

सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षण यतिबेला बर्खायामका आगन्तुक चराहरूको चिरबिरले गुञ्जायमान छ। यो मौसममा दक्षिणबाट आउने चराहरूले यहाँ बच्चा कोरल्छन्। आगन्तुक चराहरूमध्ये लालचुच्चे ठेउवा, गाजले सुनचरी, कटुसटाउके मुरलीचरा, स्वर्गचरी, जुरे कोइली, बीउ कुह्यो, सुन्तले चाँचर लगायतका चराको संख्या उल्लेख्य छ– वरपरका मधुवन, प्रकाशपुरसम्म पनि। १७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको कोशीटप्पु आरक्षणलाई हिउँदयाममा साइबेरियासम्मका घुमन्ते चराहरूले मौसमी वासस्थल बनाउँछन्। चरा अध्ययनका लागि हरेक वर्ष सरदर २०० विदेशी पर्यटक आउने यो आरक्षणमा ४८५ प्रजातिका चरा पाइने विज्ञहरू बताउँछन्।

शब्द/तस्वीरः यात्रु थुलुङ

सुन्तले चाँचर।

स्वर्गचरी (पोथी)।

लालचुच्चे ठेउवा।

कटुसटाउके मुरलीचरा ।

comments powered by Disqus

रमझम