यो कुरो साउनको थियो । भदौमा पर्ल स्ट्रिटको मिस्टिक लण्ड्रो म्याटमा उज्ज्वलासँग उसको भेट भएको थियो । त्यसकारण ऊ मङ्सिरमा नेपाल नजानुको कारण यै बन्यो ।
उसको अपार्टमेन्ट पर्ल स्ट्रिटसँगैको समर स्ट्रिटमै थियो । समर स्ट्रिटमै थियो मिस्टिक लण्ड्रो म्याट पनि । उसको अपार्टमेण्ट नजिकको क्वाइन लण्ड्री त्यही नै थियो । त्यसकारण हरेक हप्ताको मङ्गलबार आफ्ना मैला लुगाहरू कोचेको लण्ड्रीब्याग पिठ्यूँमा बोक्दै ऊ त्यही लण्ड्रीमा पुग्थ्यो ।
मङ्गलबार उसको बिदाको दिन हुन्थ्यो । त्यो उसले रोजेको बार भने थिएन । बिदाको लागि उसको चाहमा शनिबार र आइतबारका दिन पर्थे । तर, ती दिन उसले रोज्न नपाउने देखियो । किनभने मुख्तार खाँले उसलाई भनेको थियो,
“यु क्यान चुज एनी डे एक्सेप्ट सण्डे एण्ड स्याटर डे... ।”
त्यसको कारण किन होला भन्ने आश्चर्यले उसले मुख्तार खाँलाई हेरेको थियो । उसको हेराइको आशय बुझ्ेर मुख्तार खाँले भनेको थियो, “सण्डे र स्याटर डे म स्टेसन आउन पाउन्न, एन्जल्स पनि यी दुवै दिन बिदा लिन्छ, पहिल्यैदेखि ऊ यस्तै गर्दै आएको छ... मलाई सण्डे र स्याटर डे समेत कभर गर्ने मान्छे चाहिएको हो, त्यसकारण मकहाँ काम गर्ने भए बिदा लिने दिन अरू बार रोज... अण्डरस्ट्याण्ड ह्वाट आई मिन ?” उसले लुत्रिएर भन्यो, “यस ।”
“गुड, त्यसो भए अरू जुन बार भन्छौ, त्यही बार बिदा दिउँला, यु टेल मी ।” मालिक मुख्तार खाँले यसरी क्लियर कुरा गरेपछि उसले भनेको थियो, “देन ट्युज्डे... ।”
“ओके, नो प्रोब्लेम... ।”
मुख्तार ३० वर्ष अगाडि पाकिस्तानबाट अमेरिका आएको थियो । अमेरिकी श्रमबजारमा उसले २० वर्षसम्म होटलको डिसवासर, कन्स्ट्रक्सन कम्पनीहरूको कुल्लीदेखि ट्याक्सी ड्राइभरसम्म भएर जम्मा पारेको डलरले एउटा ग्यासस्टेसन (पेट्रोलपम्प) किन्यो । पेट्रोलपम्पको मालिक बनेको मुख्तारले १० वर्षको बीचमा अर्को पनि ग्यासस्टेसन थप्यो । मुख्तारले हाइवे नाइन्टी वानमा रहेको त्यही ग्यासस्टेसनमा काम गर्न उसलाई राखेको थियो ।
वास्तवमा ऊ शुरुमा अमेरिका आउँदा थालेको इण्डियनको रेस्टुरेन्टको काम छाडेर अन्त अर्कै नयाँ किसिमको काम गर्न पाए हुन्थ्यो भन्ने खोजीमा थियो । मुख्तार पनि आफ्नो ग्यासस्टेसनमा काममा दलाउन सकिने मान्छे खोजिरहेको थियोे । यही संयोगमा उसले मुख्तारको ग्यासस्टेसनमा काम र मुख्तारले दलाउन सकिने मान्छे ऊ पाएको थियो । त्यसकारण विगत चार वर्षदेखि ऊ मुख्तार खाँको हाइवे नाइन्टी वनको त्यही स्टेसनमा दैनिक एघार घण्टाको दरले दलिइरहेको थियो । उसको हातमा आफ्नो निजी काम गर्न सातामा सिर्फ एक दिन पथ्र्यो ।
त्यै दिन ऊ अबेलासम्म सुत्ने, लुगा धुने, साताभरका लागि लन्च, डिनरका बट्टा बनाएर फ्रिजमा राख्ने, इमेलहरूको उत्तर दिने, फेसबुकमा प्रकट हुने मित्रहरूका कुरामा कमेन्ट गर्ने, आइपोडमा नयाँ गीत र भिडियोहरू डाउनलोड गर्ने, हप्ता दिनभरि थुप्रिएका अखबारहरू पल्टाउने, साँझ् रेडबुल वा टनिक वाटर मिसाएर बरबन ह्विस्की पिउने र अन्तमा दुई क्यान बियर थपेर ओछ्यानमा डङरङ्ग पल्टने गथ्र्यो । यसरी ऊ मङ्गलबार झ्न् बढी व्यस्त हुन्थ्यो । त्यस दिन गरिएका आफ्ना चाहका सब कुराहरू उसलाई अपुरा, अधुरा लाग्न थाल्थे । त्यसैले ऊ अर्को मङ्गलबार आजको जस्तो चटारो नगरी आनन्दले बिताउँछु भन्ने सोच्दै ह्विस्की र बियरले लट्ठिएर बेहोसी निद्रामा डुब्थ्यो ।
अमेरिकामा ऊ शुरुका ६ वर्ष भारतीयको रेस्टुरेन्टमा डिसवासर, कुक र वेटर भएर दलिएको थियो । मुख्तारको ग्यासस्टेसनमा काम पाउँदा उसलाई पदोन्नति भएजस्तो लागेको थियो । नयाँ काम पाएपछि ऊ अलस्टन शहरको लेहम्यान स्ट्रिटबाट एभरेट नगरको पर्ल स्ट्रिटको घर नम्बर दुई सय त्रिपन्नको स्टुडियो अपार्टमेन्ट नम्बर आठमा सरेको थियो । रेस्टुरेन्टमा काम गरुन्जेल उसको बिदा बिहीबार हुन्थ्यो । काम बदलिएपछि उसको बिदा, अपार्टमेन्ट, लण्ड्री सब बदलिएको थियो । दुःख, पीडा, चटारो, उदासी र स्मृतिविभोरता चाहिँ पहिलेकै थिए । उज्ज्वलासँग भेट हुन थालेपछि भने उसको मन निमोठ्ने ती सब अन्तर अवयव कम हुन थालेका थिए ।
पहिले उसलाई लण्ड्रीमा जानु भनेपछि बिल्कुलै बाध्यात्मक र निरस काम लाग्थ्यो । अब भने कहिले मङ्गलबार आउला र लण्ड्री जान पाइएला भन्ने भइरहन्थ्यो । वास्तवमा लण्ड्रीमा उसको समय वासिङमेसिनले पैँतीस मिनेट, ड्रायरले चालीस मिनेट र तात्तातो लुगा टेबुलमा राखेर पट्याउँदै लण्ड्रीव्यागमा राख्न दश मिनेट गरी पचासी मिनेट खाइदिन्थे । अपार्टमेन्ट–लण्ड्री आउजाउको दश मिनेट र वासिङमेसिनमा लुगा खसाल्न, साबुनको लेदो अड्कल्दै हुँडेल्न लाग्ने समय पनि जोड्दा लण्ड्री कर्मको लागि कुल सन्तानब्बे–अन्ठानब्बे मिनेट खर्च हुन्थ्यो ।
लुगा धुने मेसिन र सुकाउने ड्रायरले लिने बीचको पचहत्तर मिनेट उसलाई सारै पट्यारलाग्दो हुन्थ्यो । ऊ लण्ड्रीमा आउने अरू मानिस किताब, अखबार पढिरहेका देख्थ्यो । तर, ऊ ती झ्ैँ पुस्तक वा अखबारमा धेरैबेर घोत्लिरहन सक्दैनथ्यो । शुरु शुरुमा ऊ लण्ड्रीब्यागभित्र आफ्ना मैला लुगासँगै कुनै किताब वा अखबार लिएर जान्थ्यो र, वासिङमेसिनमा लुगा धुन हुलेपछि बेञ्चमा बसेर त्यही किताब वा अखबार, जे लगेको छ त्यसमा घोरिन शुरु गथ्र्यो । तर, पाँच मिनेट मात्र । त्योभन्दा बढी ऊ तिनमा एकाग्र हुन सक्दैनथ्यो । उसको मन र आँखा अन्तै डुल्न थाल्थे । त्यसैले ऊ कहिले बाहिर निस्केर फूटपाथमा टहलिन्थ्यो त कहिले मेसिन र अरू मान्छेको गतिविधिमा घोरिन्थ्यो ।
तर, उज्ज्वलासँग भेट हुन थालेपछि उसलाई ती समय फुत्तै म्याराथुनको गतिमा बितेको भान हुन्थ्यो । लण्ड्रीको सब काम सिध्याएर पनि ऊ उज्ज्वलासँग लण्ड्रीभित्रै थप एक–डेढ घण्टा तरङ्गित हुँदै बिताउँथ्यो । र, उज्ज्वला पनि त्यही तरङ्गमा ऊसँग समय बिताउँथी । ऊ उज्ज्वलाका कपडा वासिङमेसिनमा हाल्नेदेखि धोइएका लुगा वासिङमेसिनबाट ड्रायरमा हुल्न, ड्रायरबाट सुकेका लुगा झ्किेर टेबुलमा राख्न र पट्याउन सघाउँथ्यो । उज्ज्वला पनि उसलाई उसका कपडा वासिङमेसिनमा राख्न, त्यसबाट झ्किेर ड्रायरमा राख्न र ड्रायरबाट झ्किेर टेबुलमा राख्दै पट्याएर लण्ड्रीब्यागमा राख्न सघाउँथी ।
शुरु शुरुमा उज्ज्वला र ऊ अघिपछि गरेर लण्ड्रीमा पुग्थे । तर, पछि दुवै बिल्कुल एकै समयमा पुग्न थालेका थिए । ऊ उज्ज्वलाको सेल नम्बर ८५९३९४७२०५ मा रिङ गथ्र्यो र, सोध्थ्यो, “निस्कने वेला भयो ?” “यस” उज्ज्वलाले यसो भनेपछि ऊ पनि भन्थ्यो, “ल, म पनि निस्केँ ।”
र, उनीहरू आ–आफ्नो अपार्टमेण्टबाट लण्ड्रीब्याग बोकेर एकै समयमा लण्ड्रीमा पुग्थे । लण्ड्रीब्याग भुईंमा बिसाएर ‘हग’ (परस्पर अँगालिने) गर्थे । यसरी हग गर्न उनीहरूले चिनजान भएको दुई महिनापछि मात्र थालेका हुन् । उज्ज्वलासँग उसको चिनजान भएको धेरै दिन भएको थिएन, सात महिना मात्र भएको थियो । अझ् आलिङ्गनसम्मको सम्बन्ध हुन थालेको चार महिना मात्र भएको थियो । पछिल्लो दुई महिनाको चरणमा उनीहरूले परस्पर ओठ पनि जोड्न थालेका थिए । लण्ड्रीभित्र उनीहरू जस्तै अरू कुइरे जोडी र भारतीय जोडी पनि यस्तो कर्ममा लिप्त हुन्थे । तिनीहरूको देखादेखीमा पछिपछि उनीहरूले पनि ओठ जोड्न थालेका थिए । शुरुमा उनीहरूलाई यो काम गर्न अप्ठेरो लाग्थ्यो, त्यसकारण उनीहरू आफूभित्रको चाहको वेग रोक्दै प्रेमालाप मात्र गर्थे ।
सात महिनाअगाडि कुनै एक मङ्गलबार पहिलो पटक उज्ज्वलालाई उसले व्याग बोक्दै लण्ड्रीभित्र पसेको देखेको थियो । उज्ज्वला भित्र छिरेपछि उसको ध्यान उज्ज्वलाको आकर्षक शारीरिक नक्सा र अनुहारको चमक पछि लागेको थियो । उसका दृष्टिहरू उज्ज्वलासँगै चलायमान भएका थिए । ऊ लण्ड्रीको एउटा खाली वासिङमेसिनमा उज्ज्वलाले लुगाहरू हालेको, त्यसमा बिर्कोले नाप्दै लेदो साबुन झरेको र मेसिन अन गरेर कपाल सम्याउँदै अर्को बेञ्चमा बस्न गएको हेरिरहेको थियो । त्यसैवेला पल्लो कुनातिर एउटी बूढी कुइरिनी पनि लुगाहरू ड्रायरमा हालेर कोरम्यान म्याकर्थीको उपन्यास रोड पढ्दै थिई । केही अगाडि उसको ध्यान त्यै फुलेकी बूढीले पढिरहेको म्याकर्थीको उपन्यासको आवरणमा पुगेको थियो । तर, अहिले उसलाई लण्ड्रीमा आफू र उज्ज्वलाबाहेक अरू कोही छैन जस्तो भएको थियो ।
उसका कपडा राखेको ड्रायर बन्द भइसकेको थियो । तर, ऊ लुगा निकाल्न उठेको थिएन । एकछिनपछि उज्ज्वलालाई ऊ आफूतिर ध्यानस्त छ भन्ने थाहा भएछ क्यार, उज्ज्वला अमेरिकी शैलीमा मुस्कुराएकी थिई । उज्ज्वला नाकमा फूली टल्काउँदै मुस्कुराएपछि उसलाई उज्ज्वला नेपाली कटकी सुन्दरी रे’छे भन्ने खुसी लागेको थियो । त्यसरी ऊतिर औपचारिक मुस्कान छरेपछि उज्ज्वला फेरि आफ्नो केस्रे कपाल तह लगाउँदै लण्ड्रीका अरू कुरातिर ध्यान दिन थालेकी थिई । ऊ पनि ड्रायरबाट लुगा निकाल्न उठेको थियो । वासिङमेसिनले धोइसकेका लुगा ड्रायरभित्र हुलेर त्यसको खुत्रुकेमा एघार वटा क्वाटर (सुका) हालेर अन गरेपछि उज्ज्वला बेञ्चमा बसेकी थिई । उसले पनि लुगा व्यागमा हालिसकेको थियो । उसलाई अझ्ै उज्ज्वलालाई घुरेर हेर्न मन भएकाले ऊ अलमलिँदै लण्ड्रीव्यागको डोरीमा परेको गाँठो फुकाउने बहानामा उभिइरहेको थियो । त्यै वेला उज्ज्वलाले उसलाई सोधी,
“दाइ नेपाली हो ?”
भित्रभित्र चहकिँदै उसले भन्यो,
“हो... ।”
उसले लण्ड्रीव्यागको गाँठोसँग खेल्न छोडेर उज्ज्वलालाई सोध्यो,
“यो लण्ड्रीमा मैले तपाईंलाई देखेको थिइनँ, अरू बार आउनुहुन्थ्यो कि ?” “हैन, आजै मात्र आएकी, पहिले म यता बस्दिनथेँ ... भर्खर एक हप्ता भयो सरेको ... ।” “एऽकाँ बस्नुहुन्थ्यो त ?” “ब्राइटनको प्रोस्पेक्ट स्ट्रिट, स्टारबक भएको दुई घर उताको घरमा बस्थें ।” “अनि यता किन सरेको ?” “काम यता छ ।”
“काँ काम गर्नुहुन्छ ?” “होमर स्ट्रिटको एभरेट पिजा सपमा ।” “त्यो त इण्डियनको हैन ?” “हो ।”
“अनि कुन वेला जानुहुन्छ काममा ?” “आज मेरो डे अफ हो, त्यसैले लण्ड्रीमा आएको ... ।” उज्ज्वलाको अफ डे पनि मङ्गलबार नै रे’छ भन्ने थाहा पाएपछि ऊ खुसी भएको थियो । ड्रायरभित्र उज्ज्वलाका ब्रा, पेन्टी, टपफिट, टवेल, जिन्स लगायतका कपडा भयानक रापिलो चक्रमा सुकिरहेका थिए । ती कपडा हेर्दै उसले सोध्यो, “अनि यता काँ बस्नुहुन्छ ?” “होमर स्ट्रिटमा ।”
“तपाईं ?” “पर्ल स्ट्रिटमा ।”
उज्ज्वलाले ड्रायरबाट लुगा झ्किेर पट्याउन्जेल ऊ कुरिरहेझ्ैं लण्ड्रीभित्रै थियो । त्यसपछि दुवै जना आ–आफ्नो लण्ड्रीव्यागका साथ सँगै बाहिर निस्केका थिए । त्यसपछि उज्ज्वला दक्षिण लागेकी थिई भने ऊ उत्तर । बाह्र वर्ष अगाडि पढ्न अमेरिका छिरेकी उज्ज्वला होमर स्ट्रिटको घर नम्बर तीन सय चौतीसमा बस्थी । शुरुको दुई वर्ष उसले पढ्ने कोशिश गरेकी पनि हो तर, कमाएको सबै युनिभर्सिटीमा ओइराए पनि नपुग्ने देखेपछि उसले फुलटाइम काम थालेर पढाइ हापेकी थिई । ऊ फेरि पढाइतिर फर्किन, नेपाल फिर्ने पनि सोचिन । बाउआमाले उसलाई फर्की छोरी पनि भनेका थिएनन् । ऊ बाउआमालाई सालमा चार÷पाँच हजार डलर पठाएर खुसी पारिरहेकी थिई ।
दोस्रो मङ्गलबारको भेटमा उनीहरू अझ् बढी खुलेका थिए । त्यसपछिको तेस्रो, चौथो, पाँचौं भेटसम्ममा आत्मा मिलाउने वार्ता थालिसकेका थिए । एकले अर्काको लुगा पट्याइदिने, वासिङमेसिन र ड्रायरमा राखिदिने, धुने र सुक्ने समयभर बेञ्चमा टाँसिएर गफिन थालेका थिए । कुनैवेला एकाध घण्टा बिताउन लुगा ड्रायरमा राखेर बाहिरको कफीशपतिर पनि जान्थे । त्यसपछि एघारौं, बाह्रौं मङ्गलबारसम्ममा त उनीहरूको प्रेमले त्यसरी आलिङ्गन र चुम्बनको मुद्रा धारण गर्न थालिसकेको थियो ।
भौतिक रूपमा उनीहरू साताको एक बार लण्ड्रीमा भेट्थे तर सेल फोनमा दैनिक दशौं पटक कुरा गर्थे । उज्ज्वलासँगको प्रेमले यसरी गति पाएपछि मङ्सिरमा नेपाल फर्कने उसको निर्णय उल्टियो । बाउले मङ्सिरको कति गते आउँदैछस् त भनेर सोध्दा उसले ढाँटेको थियो,
“ख्वै, आउन सकिएला जस्तो छैन ।” “किन ?” “पित्तथैलीमा पत्थरी रे’छ, डाक्टरले अपरेसनको लागि माघ अठारको समय दिएको छ ... ।” “त्यसो भए वैशाखमा आइज ।”
बाउसँग भएको त्यो ढाँट कुरो उसले उज्ज्वलालाई पनि सुनाएको थियो । र, प्रेमालापको त्यै गतिको मुद्रामा उसले उज्ज्वलालाई भनेको थियो, “दुई–चार जना साथीभाइलाई बेलमोन्टको सत्यनारायण मन्दिरमा डाकौं र... ।” त्यो भनाइमा उसको बिहे गरौं भन्ने आशय थियो । तर, त्यसको जवाफ दिनुसट्टा उज्ज्वलाले उसलाई ओठ दिई । ऊ तिनै ओठमा अलमलियो ।
त्यसपछिको मङ्गलबारको लण्ड्री भेटमा उसले फेरि उज्ज्वलालाई त्यै कुरो गम्भीरतासाथ भनेको थियो, “माघको कुनै हप्ताको उपयुक्त दिन अफ लिएर जाऊँ मन्दिर, म चार–पाँच जना साथीहरू डाक्छु, तिमी पनि डाक्नु... सिन्दूर हाल्ने औपचारिकता पूरा गरौं... ।”
यसको जवाफमा पनि उज्ज्वलाले ओठ दिन खोज्दै थिई । तर, ऊ ती ओठबाट टाढै बस्यो । आफ्ना विफल ओठ लिएर उज्ज्वला बेञ्चबाट उठी र वासिङमेसिनभित्रका धोइसकिएका आफ्ना लुगाहरू झ्किेर ड्रायरमा राख्न थाली । त्यस दिन उज्ज्वलाले उसको कुरो ड्रायरमै भुटी । भोलिपल्ट पहिलो फोनमा उसले उज्ज्वलालाई सोध्यो,
“अनि, कुन दिन जाने त मन्दिर ?” “ख्वै... !” “किन ?” “के भन्ने, हामी दुवै यहाँ इल्लिगल बसेका छौं ... ।” “त्यसले हाम्रो बिहे रोक्छ र ?” “रोक्दैन, तैपनि... !”
“के तैपनि ? ... बिहे गरेपछि झ्न् हामीलाई धेरै किसिमले सजिलो हुन्छ... बिहे गर्ने भनेर न तिमीले नफर्किने गरी अमेरिका छोडेर नेपाल जानुपर्छ, न मैले । बिहेपछि हामी इल्लिगल भए पनि चाहुन्जेल बस्न पाउने छौं, त्यसमाथि हाम्रा जन्मिने सन्तान लेगल हुनेछन् ... ।” “ओहो ! तिमीले त सन्तानसम्मको कुरा सोचिसक्यौ ... ।” “किन हाम्रो सन्तान हुँदैनन् र ?”
तर उसले हुन्छ, हुँदैन केही भनिनँ । सिर्फ ‘के को हतार’ मात्र भनेर फोन अफ गरी । त्यसपछिको मङ्गलबार लण्ड्रीको भेटमा उज्ज्वलाका लुगा वासिङमेसिनमा राखिदिँदै उसले भन्यो, “माघ त नघाउन हुन्न है ।”
“हेर, हामी दुईमध्ये एउटाको पनि ग्रीनकार्ड भएको भए कत्ति राम्रो हुन्थ्यो... ।” “त्यो नभएर के भो त ? हाम्रो प्रेम त राम्रो छ ... !” “हाम्रो स्टाटस पनि राम्रो होस् भन्ने सोचेको हो मैले ... ।”
“नभएको कुरो सोचेर के हुन्छ, हुने कुरो गरौं न ।” “त्यै त भन्दैछु । एउटा इण्डियन अमेरिकी नागरिक भेटेकी छु, त्यो म काम गर्ने पिजाशपमा आइरहन्छ ... ।” “अनि... !”
“त्यो मसँग बिहे गर्न चाहन्छ, त्यसले मसँग बिहे ग¥यो भने म सजिलै ग्रीनकार्ड पाउँछु । त्यसकारण आजकल म त्यसलाई पगाल्दैछु, त्यो पनि मसँग भेट्न हरेक साँझ् पिजाशपमा आउँछ... वास्तवमा म अमेरिकामा आफ्नो भविष्य सुनिश्चित पार्न चाहन्छु... ।”
उज्ज्वला अरू थपथाप यस्तै बोल्दै थिई । ऊ चुपचाप ड्रायरबाट हात डाम्ने आफ्ना ताता लुगा फटाफट झ्किेर लण्ड्रीव्यागभित्र कोच्न थाल्यो । एकाएक घृणा लाग्न थालेको उज्ज्वलाको अनुहारतिर बिल्कुल नफर्की ऊ तातो लण्ड्रीव्याग बोकेर बाहिर निस्क्यो ।
अपार्टमेन्टमा आएर उसले पहिलो काम आफ्नो सेलफोनबाट उज्ज्वलाको कन्ट्याक्ट नम्बर डिलिट ग¥यो । र, उज्ज्वलाको सेल नम्बर ८५९३९४७२०५ को कल ब्लक ग¥यो । कम्प्युटरमा फेसबुक खोल्यो र त्यसमा साथीको रूपमा स्वीकार गरेको उज्ज्वलालाई हटायो । उज्ज्वलाको इमेललाई स्पाममा चढायो । कम्प्युटरको पिक्चर फाइलमा सेभ गरेका उज्ज्वलाका फोटोहरू एक–एक डिलेट ग¥यो । र, मनबाट पनि उज्ज्वलालाई डिलेट गर्ने उपायहरू तनावग्रस्त सोच्न थाल्यो ।
त्यसवेला ऊ ओछ्यानमा पल्टिरहेको थियो । र, टेबुलको बकार्डी रमको लाम्चो बोतल हेरिरहेको थियो ।
राजव
बेपत्ता
म एसएलसी परीक्षाको तयारीमा थिएँ । उसले भर्खर नौ कक्षा पास गरेको थियो । कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो ।” “कसले भन्यो तँलाई यस्तो वाहियात कुरा हँ ?”
ऊ केही बोलेन । तर, मेरो परीक्षा सकिएको भोलिपल्ट आधा रातमा उठाएर बरण्डामा ल्यायो अनि भन्यो, “दिदी, तेरो एसएलसी बिग्रन्छ भनेर आजसम्म कुरिरहेको थिएँ । अब म क्रान्तिमा हिँडेँ ।” वैशाख यसै पनि गर्मी महिना । उसको कुराले मलाई लोथ बनायो । जूनको उज्यालोमा उसको अनुहार नियाल्न खोजेँ, बाक्लो आँखीभौं मुनि निख्खर कालो आँखा चम्किएको थियो । मैले उसको हात समाएँ । उसले झेला भिरिसकेको रहेछ । तैपनि, सोधेँ, “के भनेको ?”
“दिदी, देशलाई हाम्रो खाँचो छ”, ऊ मान्नेवाला कहाँ थियो र ! ऊ अचानक मेरोसामु यसरी प्रस्तुत भयो कि मैले केही भन्नै सकिनँ । यसलाई कसरी सम्झउँ भनेर सोच्दासोच्दै ऊ ‘आमाबुबाको ख्याल गर्नू’ भनेर आँगनमा झ्रिसकेको थियो । त्यस दिनबाट म राम्ररी निदाउन सकेकी छैन ।
चारजनाको सानो परिवार । बुबा–आमा आफ्नै खेतबारीमा काम गर्नुहुन्थ्यो । के हो शोषण, के हो भेदभाव, के हो वर्गीय विभेद थाह भएन । आमा चाहनुहुन्थ्यो, म नर्स बनूँ । ऊ पनि इन्जिनियर हुने कुरा गथ्र्यो । बुबाले त्यस्तो केही भन्नुभएको थिएन । अचानक उसको दिमागमा देशका लागि लड्ने कुरा कहाँबाट आयो मैले कसरी थाहा पाउनु ? तर, आमाबुबालाई ममाथि शङ्का भयो ।
बिहान आमाले उसलाई धेरै पटक बोलाउनुभयो । उसलाई चिया खुब मन पथ्र्यो । आमा निकैबेर कराएपछि मैले भनँे, “अब जति बोलाए पनि भाइ आउँदैन, राति नै घर छाडिसक्यो ।”
आमाबुबालाई पत्यार लागेन । केही समयपछि मध्यरातमा ऊ आफैँ आएपछि मात्र पत्याउनुभयो । मध्यरातमा पनि आमाले पहिला चिया नै पकाउनुभो । दुब्लाएर हड्डी मात्र बाँकी थियो । मैले उसलाई धेरैबेर हेर्न सकिनँ । आमाछोरा भान्छामा धेरैबेर कुरा गरिरहे । म आफ्नो कोठामा चुपचाप बसिरहेँ । “आजभोलि तेरो खुट्टा दुख्दैन ?” आफैँ आएर सोध्यो । म उसलाई खुट्टा दुख्यो भनेर मिच्न लगाइरहन्थेँ । कहिलेकाहीँ त रोएपछि मात्र पत्याउँथ्यो ।
“आजभोलि मुटु दुख्छ” म भक्कानिएँ । उसले मेरो खुट्टा मिच्न थाल्यो । “दिदी, हाम्रो देशको बेहाल छ । हामीले लड्नैपर्छ । एकदिन जितेरै आउँछु ।” उसका आँसु मेरा खुट्टामा झ्रे । बुबाले भोलिपल्ट घरमा भएको दशहजार चन्दा दिएर पठाएँ भन्नुभो । त्यसपछि उसलाई देखेको छैन ।
––
सङ्कटकाल लागेको एक सातामा सेनाले हाम्रो घरमा छापा मा¥यो । म फुपूको घर गएकी थिएँ । भाइको सबै फोटो लगेछ । कति न थियो र फोटो ! उसले र मैले जम्माजम्मी दुईपटक स्टुडियो गएर खिचेका थियौं । त्यो पनि सेनाले लगेपछि सम्झ्नलाई उसको आँखीभौं मात्र बाँकी रह्यो ।
करिब एक वर्षसम्म उसको चिठी आइरह्यो । पछिल्लो चिठीमा पश्चिम पहाडलाई कार्यक्षेत्र बनाएको लेखेको थियो । आमाबुबाका आँखा सुकिसकेका थिए । हरेक पल्ट चिठी पढेर सुनाउँदा म गल्थेँ, आमालाई हेर्न सक्दिनथेँ । शुरुमा त आमा यसरी भक्कानिएर रुनुहुन्थ्यो कि घरमा म चिठी पढ्नै सक्तिनथेँ । घरपछाडिको कागतीको झयाङमा आमाछोरी अँगालो हालेर रुन्थ्यौँ । पछि आमा रुन छाड्नुभएको थियो । बुबा चिठी पढ्दापढ्दै मेरो कपाल मुसारेर बरर्र आँसु झर्नुहुन्थ्यो । अनि म झ्न् जोडले रुन्थेँ । पछि बुबा पनि रुन छाड्नुभो । बुबाआमा मलाई देखाएर रुन छाड्नुभो ।
उसले पाउने नपाउने टुङ्गो नभए पनि एकपटक घर आउन भन्दै म चिठी लेखिरहन्थेँ । एक–दुई वटा उसले पाएको पनि थियो । ऊ आउँछु, आउँछु भनेर लेख्थ्यो । तर, लेख्यो मात्र आएन । उसका साथीहरू “कमरेडलाई पश्चिम फापेको छ, मोटाउनुभएको छ” भन्थे । म मुश्किलले पत्याउँथे । आमा कहिल्यै पत्याउनुहुन्नथ्यो । “घरमा मैले नै पकाएर ख्वाउँदा त लिखुरे थियो” आमा सप्कोले आँसु पुछ्दै भन्नुहुन्थ्यो, “मधेशको मान्छे पहाडमा कसरी बसेको होला !” बर्खामा पहाडमा हिँड्न नजानेर ऊ कति लड्यो होला भन्ने चिन्ता आमा गर्नुहुन्थ्यो ।
मैले चिठीमा उसलाई फोटो पठाइदिन भनेकी थिएँ । तर, त्यसपछि उसको कुनै चिठी आएन । माघको एकदिन भात खान आएको केटाले भाइ पक्राउ परेको सुनाएर गयो । कुहिरो लागेको त्यो दिन म कागतीको झयाङमा गएर बेस्सरी रोएँ । अब भाइ ठीकै छ भनेर आमाबुबालाई ढाँट्न सक्ने स्थिति थिएन । चैतको एक बिहान मैले कुरा खोलेँ । त्यो दिन आमा रोएको म कसैगरे पनि बिर्सन सक्दिनँ । उहाँका आँखा यसरी फाटेका थिए मानौं त्यो अब सधैँ त्यसैगरी खुला रहन्छ ।
– –
घरमा आउनेहरू सेनाले धेरैलाई पक्राउ गरेर मारेको सुनाउँथे । अब मैले पार्टीमा लागेर बदला लिनुपर्ने उनीहरूको भनाइ हुन्थ्यो । बेपत्ता हुनेहरूको सूचीमा मेरो भाइ मात्र थिएन । आफन्तहरू खोजेका खोज्यै थिए । फेला परेको एउटा पनि समाचार आएको थिएन । घरमा आउने केटाहरू पार्टीले खोजी राखेको छ भन्थे । उसलाई पार्टीले कुनै दिन अवश्य भेट्टाउनेछ भन्ने आशा आमाबुबामा थियो ।
पत्रपत्रिकामा भैरवनाथ गणको कुरा आउन थालेपछि आमाबुबालाई काठमाडौं गएर खोजे भाइ भेटिन्छ भन्ने लाग्न थाल्यो । उहाँहरू ऊ मरेकै भए पनि थाहा पाउन चाहनुहुन्थ्यो । म पनि थाहा पाउन चाहन्थेँ, तर मरेको होइन, बाँचेको । अनि उसको कान समातेर भन्नेथेँ, “किन यसरी रुवाइस् ?”
पार्टी पनि खुल्ला भइसकेकाले अब पक्कै खोज्छ भन्ने आमालाई लागेको थियो । हाम्रामा भात खान आउने पार्टीका मान्छेहरू भने बिस्तारै हराउँदै गए । आमा तीमध्ये कसैको साथमा मलाई भाइ खोज्न काठमाडौं पठाउने विचारमा हुनुहुन्थ्यो । कोही नभए पनि आखिरमा आमाको मन राख्न म काठमाडौं आएँ ।
भाइको चिठीमा पार्टीले क्रान्ति सफल भएपछि बलिदान गर्ने कार्यकर्तालाई सम्मान गर्नेछ भनेर लेखिएको हुन्थ्यो । तर, क्रान्ति अधुरै हुँदा खुल्ला भएकाले होला पार्टीले आफ्ना बेपत्ता कार्यकर्ता खोजेको थिएन । एकदिन धेरै किचकिच गरेपछि मलाई बेपत्ताहरूको सूचीमा कमरेड ‘आरोहण’को नाम देखाइयो । १९० नम्बरमा रहेको भाइको नाम मैले यसरी छोएँ मानौं म उसको कपाल मुसार्दैछु ।
पार्टी कार्यालय गएपिच्छे मलाई कुन कमिटीको भनेर सोधिन्थ्यो । तर, म पार्टीमै थिइनँ । पार्टीमा किन भइनँ भन्ने कुरा आजसम्म आफैँले बुझन सकिनँ । पार्टीमा नभए पनि म अन्याय, असमानता, भ्रष्टाचारको पक्षमा भने थिइनँ । तर, पार्टीलाई पार्टीकै सदस्य हुनु जरुरी थियो ।
पार्टी सरकारमा गएपछि आमा निकै आशावादी हुनुभयो । मलाई पनि अचानक आश पलाएर आयो । आखिर विनोद पो मेरो भाइ थियो, कमरेड ‘आरोहण’ त पार्टीकै कार्यकर्ता थियो । बेपत्ता भएको पनि कमरेड ‘आरोहण’ नै थियो ।
पार्टीलाई समय लाग्छ भनेर म दुई महिनापछि त्यहाँ जाँदा फेरि तिनै जुँगावाला कमरेड शिवसँग भेट भयो । उनी पत्रिका पढ्दैथिए । “खोज्दैछौँ”, उनले मतिर नहेरी भने ।
“हराएको पाँच वर्ष भयो, कहिलेसम्म खोजिरहनुहुन्छ ?” “पार्टी भर्खर सत्तामा आएको छ”, उनले पत्रिका बन्द गरे, “चिन्ता नगर्नुस् ।”
मैले चिन्ता नगर्ने प्रयत्न धेरै गरिसकेकी थिएँ । पार्टी कार्यालय जान्न भन्ने पनि सोचेकी थिएँ । तर कहाँ जाऊँ ? आखिर भाइ त्यही पार्टीको कार्यकर्ता थियो । केही दिनपछि फेरि गएँ । “पार्टीको अरू पनि काम हुन्छ”, कमरेड शिव झेक्किए । “के के काम छ पार्टीको ?” म पनि झेक्किएँ । “को हो तपाईं ?”
“आज तपाईं यहाँ बसेर जुन सास फेरिरहनुभएको छ, त्यसका लागि मेरो भाइ लडेको छ ।” “तपाईं त लड्नुभएन नि !” “म पनि हराएकी भए आज मेरो भाइको पक्षमा को लड्थ्यो ?” “पार्टी छ ।”
“कहाँ छ पार्टी ?” मैले सोधेँ, “सिंहदरबार, बालुवाटर वा लैनचोरमा ?” “चुप लाग्नुस्”, उनी चर्किए, “तपाईंको काम छैन ?” “छ, धेरै ठूलो काम छ”, म औंलो ठड्याउँदै गर्जिएँ, “बेपत्ता कार्यकर्ता नखोजेर सत्तामा रम्ने तपाईंहरू सबलाई लाइन लगाएर गोली हान्न बाँकी छ ।”
म यसरी गर्जिएँ कि आफ्नो गर्जनले आफैँ कामेकी थिएँ । कार्यालयमा भएका सबै एकछिन स्तब्ध भए । त्यसपछि मलाई बाहिर निकालियो । आमालाई यी सब बेहोराका साथ लेखेँ, “यो शहरमा आलुको त कुरै नगरौं, भिन्डी पनि छोई नसक्नु छ । साग पनि उस्तै छ । गाडीका धुवाँले मलाई कहिल्यै सञ्चो गरेन । म यहाँ बस्न सक्दिनँ । भाइको अन्तिम संस्कार गरौं ।”
आमाले काक्रो, भिन्डी, सागसँगै कसलाई हो लेखाएर एउटा चिठी पनि पठाउनुभएछ, “केही दिनलाई पुग्ने तरकारी पठाइदिएकी छु । शहर महँगो छ, तर त्यही महँगो शहरले मेरो छोरा, तेरो भाइ जिउँदो वा मरेको के छ भन्न सक्छ । तँ त्यो जवाफ नलिइकन फर्कने कुरा नगर । अलि दिन धुवाँ निल, विस्तारै पचाउँछेस् । एकदिन पार्टीले पनि आफ्नो कार्यकर्ताबारे जवाफ नदिई धर पाउने छैन ।”
– –
म शहरको धुवाँ पचाउँदै विनोदलाई खोज्दैछु । पश्चिम पनि जाने निर्णय गरेकी छु जहाँबाट ऊ हराएको थियो । बूढा आमाबुबा पैसाको बन्दोबस्त गर्दै हुनुहुन्छ ।
आन्विका गिरी
भ्यालेन्टाइन गुलाब
साँच्चै, कसका निमित्त ! यी सामग्रीहरू कुनै रहरले लिने होइन । मानिस अब आफ्नो चित्तको कुरा झ्क्नि अवसरको खोजी गर्दछन्, कुनै बहानाको प्रतीक्षा गर्दछन् । त्यो चाहे खानेपिउने होस्, कसैसँग दुश्मनी पोख्न होस् अथवा कुनैवेला कसैद्वारा गरिएको उपकारको बदला चुकाउन होस् । त्यस्तै कसैलाई प्रसन्न पार्न, अझ् नजिक पुग्न १४ फरबरीको इन्तजार गर्दछन्, यसै निहुँमा कतै हात लागी हाले भने !
तर मलाई हात लगाउन केही बाँकी छैन । वेला रहँदा त्यतातिर ध्यानै गएन । अहिले नयाँ जमातको जगजगी बढेको देख्दा भित्रभित्रै रोमाञ्चित हुन पुग्दछु । उमेरको पर्वाह नगरी भेलमा समाहित हुन मन लाग्छ ।
हैन, घरतिर जाऊँ कि क्या हो । बरु त्यहीँ कुनै पुस्तक अथवा विभागीय कागजहरूमा रमाउँला । बेकारमा यो उपहार अथवा भेटीको चिन्तनमा अड्किरहेको छु । टाउको बटारेर एक–दुई पाइला अगाडि बढ्छु पनि, तर फेरि मनमा कुरा खेल्न थाल्दछ । फर्केर फेरि त्यही तरुनाहरूको भीडमा पस्न चाहन्छु– मेरो लागि पनि केही छ कि !
इच्छा र गोजी अनुसार उपहार सामग्री किनिरहेका हुन्छन् । उनीहरूको अनुहार हेर्छु, उमेर अनुमान गर्छु– सबका सब १५ देखि २० वर्षभित्रका लागिरहेका छन् । मैले कुनै सामग्री किने भने यिनीहरूले दुई वटा लख काट्लान् । पहिलो, घरमा केटाकेटी होलान् । अर्को, बुढेसकालमा अतीतले घचघच्याएको जस्तो छ ! साँचो कुरा के छ कि म ती दुवै कुराबाट प्रभावित छुइनँ । आज कसैलाई प्रेम सम्वादको प्रतीक दिऊँ भन्ने मात्र हो । मेरो यो सोच बुझदा धेरैको मनमा दया पलाउन सक्दछ । बुढेसकालमा यी के गर्न खोज्दैछन् हँ ? जवानी बरालिँदै बिताए । अब जब कतै केही दिनको लागि स्थिर हुन संयोग जुडेको छ त फेरि मन बरालिन थालेको छ ।
बरालिन जो सोच्छन् सोचुन, म त आज केही न केही किन्छु जरुर । साँच्चिकै मलाई आज जबर्जस्ती केही गर्न मन लागेको । भेलेन्टाइन डेको लागि छानिएका सामानहरू माथि आँखा फ्याँक्छु । एक से एक वस्तु छन् । सस्तो–महँगो पनि । म रातो गुलाबको गुच्छा मन पराउँछु । “साहुजी, यो गुच्छा कतिमा दिनुहुन्छ ?”
पसले मलाई राम्ररी नियाल्छ । भन्न सक्दिनँ, उसको मनभित्र के खेलिरहेको छ । “एक सय रुपैयाँ !” अन्तमा संयमित जवाफ फर्काउँछ । “तीनवटा गुलाबलाई एक सय रुपैयाँ !”
“आफ्नो जमाना सम्झैं । कसैलाई नजिक पार्न दिनुहुन्थ्यो भने यसरी आँखा तर्काउनुहुन्थ्यो ?” केही युवक पसलेको समर्थनमा हाँस्न थाल्दछन् । म साँच्चिकै गलेको महसुस गर्छु । अब त मेरो लागि त्यहाँबाट जान पनि मुश्किल, न लिऊँ भने झ्न् मुश्किल । हत्तपत्त पसलेलाई रु.११० दिएर गुलाब गुच्छा किनिलिन्छु । ताजा गुलाबका पत्तीहरू सुगन्धित पनि थिए । त्यसलाई कलात्मक डालीमा सजाएर राखिएका थिए । गुच्छा हातमा लिएर चोकमा आई विचार गर्न थाल्दछु– म यो गुलाब लिएर घर जान नसकुँला । हातैमा लिएर घुमिरहनु पनि अप्ठ्यारो नै थियो । तब या यसलाई कतै ठाउँमै पु¥याउनुप¥यो या त कुनै कुनामा सुक्न छाडिदिनु प¥यो ।
धर्मसङ्कट बढ्दै गइरहेको थियो । गुलाबको गुच्छा कसैको हातमा दिएर आफ्नो प्रेम जताउँ अथवा फालिदिऊँ ? अब जे हुन्छ देखा जाला, यो कुनै नयाँ कुरा होइन । समय निकै बितिसक्यो, सबै कुरो ब्ल्याक एण्ड ह्वाइट फिल्म जस्तै धमिलो भइसकेका छन् । टेक्निकलर, हैन मेगाकलर, थ्रीडी, फोरडीको जमाना आइसकेको छ । हामीहरू अगाडिको कुरा मात्र सम्झ्ेर हीनभावना पाल्दै आएका छौं । हैन, प्रेमलाई स्मरण गर्न केको अप्ठ्यारो ? आजको दिनको सार्थकता यसैमा हुनेछ ।
म गुलाबको गुच्छा हातमा लिएर चाबहिल जाने टेम्पूमा बस्न पुग्दछु । म आफैँ अचम्मित छु । यो टेम्पू मित्रपार्क, चाबहिल, बौद्ध र जोरपाटीसम्म जानेछ । म कता जान लागेको छु ? उता को छन् मेरा ? गुलाबको फूल बोकेको छु, गन्तव्य भने छैन ।
गन्तव्य सम्झ्ँदा हँसी पलाउन थाल्छ, जसलाई म रुमालले छोपेर लुकाउँछु । नेपाल सरकारले २०११ लाई पर्यटन वर्ष घोषित गरेको छ । कति लाख पर्यटक भिœयाउने रे ? ती पर्यटकहरूबाट हुने आयभन्दा बढी खर्च प्रचार–प्रसारमा भइरहेको छ । कहिले समुद्रपार पर्यटनको नाउँमा त कहिले तराई पर्यटनको नाउँमा खुबै मस्ती छ, पर्यटन प्रबद्र्धकहरूको । मलाई भने ‘गन्तव्य’ शब्दबाटै चिढ भइसकेको छ । हैन, यो शब्द मेरो मनमा आयो कसरी !
आज मेरो कुनै गन्तव्य छैन । टेम्पूमा गइरहनेछु । मेरी आत्मीय यतै कतै छिन् । यो गुलाब उनको हातमा थमाइदिनेछु । म पनि यसै महानगरमा छु भनेर उनी सम्झ्ुन् । यो गुलाब स्मरणाञ्जली बन्ला । टेम्पू हुँइकिँदैछ । मेरो मस्तिष्कले फन्को मारिरहेको छ । बालसखी मुटु चुँडेर तीस वर्ष अगावै कतै हिँडिहालिन् । जिन्दगीको रुमानी उमेरमा कुनै गीतालाई पनि सजाउन सकिनँ । उनी निराश भएर खुसीको जिन्दगी बाँचिरहेकी छिन्– मभन्दा टाढा बसेर । एउटाको मायाजालबाट बडो मुश्किलले बाहिर उक्लिन भ्याएँ । केही सखी आउँदै, हराउँदै गइन् । एउटी राखी छिन, दिल्लीमा । आक्कल–झ्ुक्कल यहाँ पनि आउँछिन् । यो अवसर परेको भए यही फूल अर्पित गर्थें, उनलाई... !
टेम्पू पुरानोबानेश्वर चोकमा अडिन्छ । तीन जना झ्र्छन्, त्यति नै चढ्छन् । एकजना अधबैंसे छन्, हातमा प्रोफाइल ब्याग बोकेका । एजेन्ट जस्तो लाग्दछ । अर्का जो चढे असल जोडी छन् । भर्खरै बिहे गरेका १८–२० वर्षकी केटी र २४–२५ वर्षको केटो । म अलिपर सरेर उनीहरूलाई ठाउँ दिन्छु । जोडी टेम्पूवालालाई हकार्छ– ‘हिँड् ।’ दुवैलाई हतार थियो ।
मेरो चिन्तन भङ्ग भइसकेको थियो । टेम्पूको गतिसँगै फेरि क्रम जुड्न थाल्दछ । अबता जो छन्, यहीं छन् । हो, त्यसलाई त यो दिन सकिन्छ । अनाहक मैले कता–कता के–के सोचें !
फेरि मनमा कुरा खेल्छ– साँच्चिकै उनी यति नजिक थिइन् भने किन सम्झ्न सकिनँ ? नत्र, यो फूल उनलाई जिम्मा लगाइसक्थें । मानिसहरू बुझन चाहँदैनन् । समय पदचिन्ह छोड्दै जान्छ, जसको आकृति हुरी, बतासमा खण्डित भइरहन्छ ।
सम्बन्ध यति खराब भएको छैन कि गुलाबको फूलसम्म दिन नसकोस् । म निश्चय गरिहाल्छु– यी पूmल यहीं दिनु प¥यो । मन प्रसन्न हुन्छ, भारी हलुङ्गो हुन्छ । मेरो बरालिने बानीले कतै ठाउँ पायो ! मेरो छेउका जोडी त एकआपसमा समाहित हुने गरी टाँसिएका छन् । उनीहरूको व्यवहारले टेम्पूवासीहरूलाई रोमाञ्चित बनाउन थालेको छ । युवतीको स्वेटरमा गुलाबको पूmल रोपिएको छ । यी दुई जना कतैबाट मस्ती मार्न गइरहेका छन् अथवा मस्तीपछि आइरहेका छन् । जे भए पनि भेलेन्टाइन डेको भरपुर आनन्द उठाउन कुनै कसर बाँकी राखेका छैनन् ।
टेम्पूलाई मित्रपार्कनिर रोक्छु । एकचोटि गहिरिएर युवतीको स्वेटरको गुलाब र फेरि आफ्नो हातमा जतनले राखेको गुच्छा नियाल्छु । लाग्छ, ती युवतीको गुलाबको अगाडि मेरो गुलाबको सुवास र कान्ति क्षीण हुँदै गइरहेको छ ।
टेम्पूबाट ओर्लेर टेम्पूवालालाई रु.१० भाडा दिन्छु । मित्रपार्कको पूर्वतर्फको ढलानमा आँखा दगुराउँछु । पन्ध्र मिनेटको बाटो, घण्टाको लाग्छ । थाकिसकेको खुट्टाले जबाफ दिइसकेको हुन्छ । गुलाबको गुच्छालाई बीच सडकमा थचारेर म मैतीदेवी जाने टेम्पूमा सवार भइहाल्छु । अब म आफूलाई बढी सहज महसुस गर्न थाल्दछु ।
रामभरोस कापडि ‘भ्रमर’
फूलमतिया
“बाटो अप्ठ्यारो छ है, सानोबाबु !” पूmलमतिया मलाई होसियार बनाउँदै थिई । म चाहिँ हरियो घाँस मुठ्याएको हातको पछि लागेको सम्मोहित बाख्राझैं उसलाई पछ्याउँदै थिएँ । हामी साँघुरा गल्लीहरू छिचोल्दै एयरपोर्टछेउको सुकुम्बासी टोलतिर लाग्दैथियौं ।
पूmलमतियासँगको यो अन्जान यात्रा भन्दा केहीछिनअघि सिनामङ्गलको बाजेको सेकुवाघर ताकेर हिँड्दै थिएँ म जुन मेरो अफिसनजिकै छ । अचानक फूटपाथमा टोपी, मोजादेखि गन्जी, कट्टुसम्मको असरल्ल दोकान फिजाएर बसेकी एउटी आईमाईलाई देखेर झ्स्केको थिएँ । मेरा आँखाले धर्म छाडेका रहेनछन्, दश वर्षपछि पनि ठ्याक्कै चिनेँ पूmलमतियालाई । मन त्यसै त्यसै द्रवित भएर आयो । अनायासै बोलाएँ, “पूmलमतिया !”
प्लास्टिकको चमरले दोकानको धूलो उडाउँदै गरेकी पूmलमतिया एक्कासि मलाई सामुन्ने देखेर विस्मित बनेकी थिई । उसको अनुहार आश्चर्य, हर्ष, वेदना र कौतुहलको कोलाज बनेको थियो । ऊ मलाई हेरिरहेकी थिई, म पनि उसलाई हेरेर टोलाइरहेको थिएँ । आकस्मिक भेटको धक्काले हामीलाई सुदूर अतीतको फन्कोमा पु¥याएको थियो ।
“बाफ रे ! कति दिनपछि देख्दैछु तिमीलाई !” आँतज्वरो आएको मान्छे जस्तो गरी पूmलमतियाको बोली फुटेको थियो । आँखाभरि स्नेह झुसी पारेर स्वस्फूर्त मेरा हात समाउन आइपुगेकी थिई, ऊ । “तिमी त जस्ताको तस्तै रै’छौ !”
म भने बाक्केबसेको मान्छेजस्तो भएर उसका आँखाहरूमा छचल्किएको खुसी नियालिरहेको थिएँ । पूmलमतियाले दोकानलाई झ्टपट एउटा ठूलो जेब्रा झेलामा समेटेर छेउकी साथीलाई जिम्मा लगाइदिई । अब मलाई डेरामा नलगी नछाड्ने भई । बन्धन चुँडिन बाँकी रै’छ, म लुरुलुरु उसका पछि लागेको थिएँ । केहीबेरमै टिनले छाएको घर अगाडि पुग्यौं । झवाम्मै सडकपेटीमै खुल्ने टिनकै ढोका उघारेर पूmलमतियाले मलाई आग्रह गरी– “भित्र आऊ सानोबाबु !”
आधी ढोका छेकेर पसारिएको खाटमा ठोक्किएछु । सिनेमा शुरु भइसकेपछि हलमा पसेको मान्छेझ्ैं एकछिनलाई म अन्धो बन्न पुगें । साँघुरो कोठा निष्पट्ट थियो । “हेर न ! सस्तो कोठामा सरेको, दिउँसै बत्ती बाल्नुपर्छ”, मैनबत्ती बाल्दै बोली ऊ ।
मैनबत्तीको मधुरो उज्यालोमा कोठाभित्रका जिनिसहरू बल्ल ठम्याउन सकिने भए । कोठामा बस्ने प्रयोजनको एक मात्र वस्तु अघि म ठोक्किएको सानो खाट थियो । कुनाको एउटा लँगडो कुर्सी उसले देउतालाई दिएकी रहिछ जसमा आसन जमाएका फोटोका शिवजी मुस्काए जस्ता लाग्थे । एकैछिनमा स्वाइँस्वाइँ दम दिएर स्टोभ सल्काएकी पूmलमतियाले सख्खर फिटेको फिका चिया दिई । “सानोबाबु ! तिमीलाई चिया मन पर्दैन, स्टिलको गिलासमा त झ्नै मन पर्दैन भन्ने थाहा छ तर, तिम्रो सत्कारका लागि अहिले यही मात्र छ मसँग ।” उसका आँखाहरू डबडबाएका थिए ।
“हरे ! मेराबारे यति मसिना कुरा पनि अझै याद छ यसलाई !” मलाई ऐंठन हुन खोज्यो ।
– –
मेरी गाउँले बालसखी पूmलमतियाले म जन्मनुअघि नै केही भोटाहरू फटाइसकेकी थिई । तर, बालापनका साथ हुन् कि कौतुकमय किशोरवयको सुकुमार दोस्ती; मलाई उछिनेर गएको उसको उमेरले आत्मीयतामा कहिल्यै कुनै बिब्ल्याँटो पारेन । मैले हाईस्कूल नछाडेसम्म हाम्रो निर्दोष मित्रता आकाशबेली झैं झङ्गिइरह्यो ।
मेरो घर खोलापारि थियो, स्कूल र पूmलमतियाको घर खोलावारि । सात कक्षा पढुन्जेल म हरेक बिहान हवाईचप्पल हातमा समाएर खोला तर्थें । किताबहरू कमिजभित्र छातीमा सुरक्षित रहन्थे । अनि वेग हानेर पुग्थें पूmलमतियाको घर ।
आँगनको चुलोनजिकै बसेर झेल माछासँग बासी भात खाइरहेकी ऊ मलाई देखेर फिस्स हाँसिदिन्थी । उत्तरमा केही भन्न नसकेर म पनि हाँसी दिन्थें । फुर्सदमा हामी वन–जङ्गल, खेत–खलिहान चहारिहिँड्थ्यौं । माछा, गँगटा पोलेर खान्थ्यौं । धानका सिलासँग मुरै साट्थ्यौं । म आँखामा लालगेडी लुकाएर पूmलमतियालाई जादु देखाउँथे । ऊ ढुङ्गाले हानेरै माछा ठहरै पार्थी । अनि मतिर हेरेर अनुहारमा सुनगाभा फुलाउँथी । आकाशबेलीको पहेँलो लहरा बटारेर म आफ्ना लागि चश्मा, घडी र श्रीपेच अनि उसका निम्ति कुण्डल, शिरपूmल र माला बनाइदिन्थेँ । जङ्गली आभूषण पहिरेर हामी रमाउँदै घर फिथ्र्यौं ।
सात कक्षापछि पूmलमतियाको पढाइ छुट्यो । पाँच वर्षकी छँदै बिहे भइसकेकी ऊ, अब गौना–दौनाको कुरा मिल्नासाथ पहिलोचोटि लोग्नेको घर जान्छे भन्ने गाइँगुइँ चल्थ्यो । मेरी आमा यदाकदा मलाई कराउनुहुन्थ्यो, “सानोबाबु, तिमी अब ठूलो भैसक्यौ, पूmलमतियासँग लखरलखर डुलेर हिँड्ने हैन है, भन्देकी छु !”
तर किन–किन, मलाई साथीमध्येकी काली–भ्यात्ली पूmलमतिया नै मन पर्थी । दिल खोलेर हाँस्ने, दिल खोलेरै रुने ऊ, बाहिर–भित्र एकैनासे थिई । खुलेरै माया गर्थी मलाई । उसको सादापनका कारण म हुरुक्क थिएँ ऊप्रति । कहिलेकाहीँ दाइहरूसँग सिनेमा हेर्न साइकलमा डबललोड वीरपुर पुग्थें । घर फर्कंदा पूmलमतियालाई सिनेमाको कहानी सुनाउन आतुरी हुन्थ्यो । आँखा झ्मिझ्मि पार्दै ऊ पूरै कहानी सुन्थी । अन्त्यमा “बुझ्स् ित ?” भनेर सोध्दा ट्वाल्ल पर्थी, मरिकाट्टे केही बुझ्ेकी हुन्नथी । खासमा उसलाई कहानी–सहानीमा कुनै रुचि थिएन तर, मेरो मन राखिदिन पूरै अन्टसन्ट सुन्ने गर्थी । मप्रतिका यस्तै झ्निामसिना त्यागले मलाई उसको अझ् नजिक खिच्थे । कसैलाई नबिझउने सारै सोझ्ी थिई, मेरी पूmलमतिया !
एसएलसीपछि फुर्सदिलो भए पनि पूmलमतियासँगको भेटघाट पातलिँदै थियो । कहिलेकाहीँ बडो भलाद्मी पल्टेर उसको घरै पुग्दा कहिले माछाको पीरो चोखासँग मडुवाको रोटी खाइरहेकी हुन्थी त कहिले घरको बाहिरी भित्तामा टाउकामा जलखइको ढक्की बोकेर खेत हिँडेकी महिलाहरूका रङ्गीन नक्सा कोर्दै गरेकी भेटिन्थी ऊ । म उसलाई अझ् बढी माया गर्न थाल्थें । रुप, यौवन र उमेरभन्दा परको ऊप्रतिको मेरो त्यो प्रेमभाव साँचो मायाको प्रतीक थियो ।
एसएलसीको परीक्षाफल आउनै लाग्दा जीवनकै पहिलो प्रेमपत्र पठाएँ पूmलमतियालाई, “तँलाई भेटिरहने मन हुन्छ । पास भएर पढ्नलाई शहर गएँ भने त झ्नै भेट्न पाइँदैन । कतै भेटौं एकपटक ।” पूmलमतियाले जवाफ पठाई जसलाई मैले सय टुक्रा पारेर माइला कार्कीको चिया दोकानको चुलोमा हु¥याइदिएँ । अबेर रातसम्म त्यहीँ बसेर मत्थर हुँदै खरानी बनेको आगोलाई नियालिरहेँ । तर, मभित्र दन्किएको ज्वाला कत्ति पनि मत्थर भएन । उसले लेखेकी थिई, “सानोबाबु ! तिमी मभन्दा धेरै बुझ्की छौ । यो प्रेमस्रेमको चक्करमा नफँस । दुलाहा चाँडै आएर मलाई लैजान्छन् अरे । तिमीले धेरै पढेर गुणी मान्छे बन्नुछ । तिमीलाई साथी भन्दा अर्थोक ठानेकी छैन मैले ।”
मलाई थाह थियो, यो उसले मनैले लेखेकी हुँदै हैन । तर पनि मेरो मन बकाइनोको मुनाझ्ैं पिटिक्कै भाँचियो ।
– –
पीडासँगै विद्रोही भाव बोकेर पढ्नलाई काठमाडौं आएपछि मेरो मन, विचार, दृष्टिकोण, रहन–सहन, सबका सब फेरिँदै गए । पूmलमतियाको ‘सानोबाबु’ ‘स्याण्डी’ हुँदै गयो । मलाई कलेजका जिरो फिगरहरूले आकर्षित गर्न थालेका थिए । तिनै सुन्दरीहरूका सङ्गतमा रम्न थालेको मेरो मनले पूmलमतियाको मायालाई भुलेर पनि सम्झ्ँदैनथ्यो । चोट खाएको मलाई अलाप्न नसकेर बीचैमा छाडिएका बेसुरा सरगम जस्ता लाग्न थालेका थिए, साँचा प्रेमका बातहरू ।
कलेजको छुट्टीमा घर जाँदा पूmलमतिया लुकेर हेर्थी मलाई । म नदेखेझैं गर्थें । यसरी उसलाई सताउन पाउँदा मेरो मनले तुष्टि पाउँथ्यो । दोस्रो वर्षको परीक्षा दिएर गाउँ जाँदा पूmलमतिया झ्न् सारो न्यास्रिएकी देखिन्थी । एक दिन मेरो अघि परेर रुँदै भनी, “सानोबाबु, विद्ये–कसम ! म तिमीलाई माया गर्छु !” “पूmलमतिया ! तँ आफ्नै संसारमा रमा अब । शहरमा मलाई अर्की केटी पर्खेर बसेकी छे ।” “त्यसो नभन, यो संसारमा मेरो अर्को कोही छैन ।” “छिप्पिएकी मान्छे भएर केटाकेटी नबन् । तेरो लोग्ने आइहाल्छ नि !”
उसलाई कहाँ हान्दा धेरै दुख्छ, मलाई थाहा थियो । दश वर्षअघिको त्यो अन्तिम भेटमा न्याउली रोएजस्तो पूmलमतियाको जीउ नै सिरिङ्ग पार्ने काँतर स्वरलाई लत्याएर हिँडेको थिएँ, म ।
काठमाडौं फर्केपछि मेरो पुरानो दैनन्दिन शुरु भइहाल्यो । सर्लक्क परेकी केटीहरूलाई बाइकमा राखेर हुँइकिँदा सोलोडोलो ज्यानकी पूmलमतियाको सम्झ्ना आयो भने दिक्क लाग्थ्यो मलाई । सोच्थें– अब के गर्दी हो कुन्नि ! त्यहाँ म छैन जसलाई उसले लोभी लोग्नेले मागेका दहेजका कुरा सुनाएर मनको भारी बिसाउन पाओस् । त्यही गोबरका गुईंठा बनाउँदी हो, गिलो माटोमा धानको खखरी मिसाएर अन्नपात राख्ने कोठीहरू बनाउँदी हो, सन्ठीको चुरोट तान्दी हो । जाडोमा घुर ताप्दै मलाई सम्झ्ेर रुँदी हो !
– –
“सानोबाबु चिया सेलायो, खाऊ न !” पूmलमतियाले मलाई विगतबाट बिउँझई । यसो हेरें, पहिलेझ्ैँ मोटी–खाइलाग्दी छैन ऊ । उसको ओठमा फुलिरहने बाह्रमासे सयपत्री मुस्कान पनि सिनित्तै सोहोरिएको भान हुन्छ । घुर्मैलो कोठामा बाहिरी चालढाल हेर्न सजिलो छैन तर, उसले लुकाएको वेदना बुझनेको छाती उसै चिरिन्छ । “अनि पूmलमतिया, खै त तिम्रो लोग्ने ?” पहिलो पटक उसलाई ‘तिमी’ भन्दा मलाई असजिलो लागेको थियो । पूmलमतिया अलल्लिई–अलल्लिई रुन थाली । कुनै समयमा उसका लागि संसार त्याग्न लालायित भएको म अहिले सान्त्वना दिन पनि सकिरहेको थिइनँ । उसका पीडा अनुभूत गरेर अधमरो बनेको म हुत्तिँदै कोठाबाट बाहिरिएँ । मेरा अघिल्तिर अघिकै फूटपाथ तेर्सियो ।
मलाई देखेर पूmलमतियाकी साथी बोली, “हजुर, खै त ! पूmलमतिया ?” “अँ, आउँदैछ... ।”
“वर्षौंको सङ्गतमा उसलाई आज जति खुसी कहिल्यै देखेको थिइनँ”, मैले टाउको हल्लाएँ । “दुखिया रै’छे बिचरी ! बचपनमा बिहे भएको लोग्नेको घर जान मानिनछे । आफूले दिल दिएको सानोबाबु भन्नेलाई खोज्दै काठमाडौँ आएकी बिचरीले गौशालामा उसलाई श्रीमती र स–साना नानीहरू लिएर हिँडेको देखिछे ! त्यसयता ऊ नरोएको कुनै दिन छैन, हजुर !” मेरो हिक्का छुट्यो ।
कल्पना वान्तवा
रातो डायरी
ऊसितको यो मेरो चौथो भेट थियो । पहिलो भेट झ्ण्डै सात वर्षअघि लमजुङको भार्तेमा भएको थियो । सुदूरगाउँको एउटा थोत्रो स्कूलको कोठामा साँझ् पत्रकार सम्मेलन थियो । त्यहाँ उसले दह्रोसँग आफ्नो कुरा राखेको थियो, “क्रान्तिमा सानातिना कारबाही सामान्य हुन्– ‘बाँचे राज्य मरे एउटा ज्यान’ भनेर क्रान्तिमा होमिएकाले देशको मुक्तिका लागि जे पनि गर्न सक्छौं... ।”
घाँटीका नसा फुलाएर उसले बोलिसक्दा पटट्ट ताली बजेका थिए । सञ्चारकर्मीको रूपमा मैले उसका भनाइ टिपँे । दोस्रो पटक इलामको क्यान्टोनमेन्टमा भेट्दा उसको अनुहारमा पहिलाको जस्तो चमक थिएन । हातमा भएको रातो डायरी उचाल्दै उसले भनेको थियो, “किताब लेख्दैछु सर, यसमा धेरै कुरा आउने छन् ।” त्यसको केही समयपछि क्यान्टोनमेन्ट नफर्केर समाचारको विषय बनेको ऊ एकाएक मेरो पत्रिकाको अफिसमा टुप्लुकियो । उसलाई क्यान्टिनको टेबुलमा पु¥याएपछि मलाई थाहा भयो, ऊ आफू राजधानीमा भएको कुरा सकेसम्म गोप्य राख्न चाहन्थ्यो ।
– –
“आखिर सब भ्रम रहेछ”, कालो चियाको सुर्की लिएर ऊ बोलेको थियो, “मस्त महानगरमा छिरेपछि क्रान्ति सेलाउने रहेछ । नेतृत्वले सारा सपना चकनाचूर पारिदियो ।”
ऊ सशङ्कित र केही आत्तिएजस्तो देखिन्थ्यो । घरी–घरी दायाँबायाँ हेर्दै चनाखो भएजस्तो गथ्र्यो । उसले क्यान्टोनमेन्टमा बस्नुको औचित्य सकिएर हिँडेको खुलायो । अमिलो स्वरमा भन्यो, “बन्दुक बोकेर, मान्छे मारेर कुनै क्रान्ति गरिएनछ । भविष्य सकियो, दुःखहरू ज्यूँकात्यूँ रहे ।”
किसान बाउआमाले रोक्दारोक्दै जङ्गल पसेको, स्कूलमा आगो सल्काएको सम्झ्ेर पछुतो मानिरहेको थियो, ऊ । सोचमग्न हुँदा भृकुटी तन्काउँथ्यो । चुप लाग्दा पनि ओठ खुल्ला रहन्थे, चल्थे । “त्यतिवेला”, खोकेर घाँटी सफा पार्दै बात अगाडि बढायो, “रात–रातभर गोली चलायौं, ग्रिनेड फाल्यौं । प्रहरी चौकी, दूरसञ्चार, गाविस भवन उडायौं । मान्छेहरू चिच्याउँथे, जमिनमा ढल्थे । भुईंमा पानीको मूल फुटेसरी रगत बग्थ्यो ।” उसका मनमा राजमार्गमा भारी ट्रक हुँइकिएझ्ैं पश्चात्तापले वेग मारिरहेको थियो जसलाई धान्ने ब्रेक अब ऊसित छैन । ऊ बालुवाको मुट्ठीजस्तो क्रमशः फुस्किँदैछ । दुस्साहसले उसलाई कमजोर बनाएको छ । सदाझ्ैं म उसका मुटुछुने कुरा टिपिरहेको छु । ऊ बोल्दै गयो, “मलाई शान्ति र सद्भाव चाहिएको छ जसमा सबै मिलेर बाँच्न सकुन् । झेलुङ्गे पुलको लट्ठा छिनाउँदा, स्कूलमा बिष्फोट गर्दा, पाता कसिएको शिक्षकलाई बन्दुकको कुन्दाले हान्दा मैले कहिल्यै यस्तो दिन देख्नुपर्ला भनेर सोचेको थिइनँ ।”
मैले चिया थप्ने कुरा गर्दा उसले अलि कडा मगाउन भन्यो । “एकपटक हामीले थापेको विद्युतीय धरापमा घर फर्किंदै गरेका स्कूले केटाकेटी परे । एउटी सानी नानीको ज्यान गयो । राति उसको घरमा पुग्दा आमा चाहिँ बेहोस थिइन् । ती तिनै आमा थिइन्, जसका श्रीमानलाई सुरक्षाकर्मीले मारेको धेरै भएको थिएन ।” उसले बीभत्स अनुहार बनायो ।
कडा चियाको सुर्कोसँगै पुनः मुख खोल्यो, “सुराकी ठानिएको शिक्षकलाई पाता कसेर स्कूलमै से¥यौं । विद्यार्थीले कोकोहोलो गरे । त्यसवेला मेरो मन अलिकति पनि विचलित भएन । किन होला, सर ?” ऊसँग नभएको उत्तर मसँग थिएन । मौनता उसैले तोड्यो, “विपरित विचार राख्ने सबै दुस्मन लाग्थे । तिनलाई सिध्याउनुपर्छ भन्ने हुन्थ्यो । अहिले लाग्छ, जीवन उज्यालो रहेछ । मैले मृत्युको अँध्यारो बाटो रोजेको थिएँ”, ऊ दार्शनिक जस्तो भयो, “म उज्यालो र सुरक्षा चाहन्छु । बूढीआमा, श्रीमती र छोराका अगाडि मन भएको मान्छे हुन चाहन्छु । पार्टीको छापामार होइन स्वतन्त्र मान्छे बन्न चाहन्छु । व्यर्थैमा मुट्ठीभर नेताको भ¥याङ बनिएछ ।”
उसले मारिएका र बेपत्ता भएका सहकर्मीहरूको पनि सम्झ्ना ग¥यो । “तिनका परिवार उकेरा ढलेको सिमी जसरी ओइलाएका छन्, किन ? मसित यसको उत्तर छैन । तिनका श्रीमती, छोराछोरी र बाउआमाका अगाडि पर्ने आँट अब मसित छैन । हिजो मारिएकाहरूको परिवार र चन्दा असुलिएकाहरूबाट लुकी–लुकी हिँड्नुपरेको छ ।”
उसले कालो झेलाबाट रातो डायरी झ्क्यिो । खरर्र पाना पल्टाएर फेरि झेलामै राख्यो । त्यसमा उसको मनको भारी छ जुन प्रकाशित भएपछि मात्र हलुङ्गो हुनेछ । तीन घण्टामा चार कप कडा चिया र पाँच खिली चुरोट तानेर ऊ बाहिरियो । यो भेटमा पहिलो पटक मैले फ्रन्ट पेजमा जाने उसको समाचार लेखिनँ ।
– –
आज अन्तर्राष्ट्रिय विमानस्थलमा आँखा जुध्दा ऊ असजिलो मान्दै मतिर आयो । मलाई खुल्दुली भइरहेको थियो, सोधेँ, “तपाईं कता ?”
उसले हात मिलायो जसमा पहिलाको जस्तो जोड थिएन । “खेतबारी छैन, यता काम पाउन धेरै पढिएन । दुई वर्षका लागि सेक्युरिटी गार्डको काम मिलेको छ । म त मलेसिया हिँडे सर !”
“अनि डायरी नि ?”
त्यसलाई चाहिँ च्यात्न, जलाउन नसकेर महानगरपालिकाको कन्टेनरमा फालिदिएँ सर !”
अनमोलमणि