द्वन्द्वकालमा–
शहर पसेका जमिनदार
फर्किए गाउँ
र गरे– जग्गादान
अरब गएका युवाले
खोले संस्था
र पठाए– आर्थिक सहयोग
ढुङ्गा, माटो, काठ, पानी
जुटायो गाउँले
गाउँलेले
गरे– श्रमदान
एनजीओले
हालिदियो– टिनको चम्किलो छाना
कर्तव्यबोधले युरोपबाट
फर्किए– डा. सूर्यनाथ
गाउँको मायाले शहरबाट
फर्किन्– सिस्टर चन्द्रकुमारी
हार्नै नसकेर अनुरोध
झँक्री ताराबहादुर
भए– स्वास्थ्य सहायक
स्कूल
पिसिओ
र प्रहरी चौकीसँगै
उभियो– अभियुक्त हेल्थपोष्ट
हर्षले
रोए– बूढापाका
उफ्रिए युवक–युवती
नाचे– बालबालिका
तर सदरमुकाममा
क्रूद्ध भए– प्रजिअ
अवाक् भए– गाविस सचिव
उत्तेजित भए– पुराना ठेकेदार
र, प्रमुख पार्टीका भ्रातृ सङ्गठन
– के त्यो गाउँ अर्कै राज्य हो ?
– के त्यो गाउँलाई सरकार चाहिँदैन ?
केन्द्रमा–
टेन्सन छ दुई सभासद्बीच
किनकि–
बनाउन बाँकी छ– संविधान
व्याख्या गर्न बाँकी छ– समाजवाद
पुग्न बाँकी छ– साम्यवाद ।
श्रवण मुकारुङ
साम्यवाद
शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै
पहाडका डिल र तराईका फाँटबाट
राता झ्ण्डा फहराउँदै
नागरिकहरू राजधानी पसिरहेछन् ।
गाउँ परिषद्
जिल्ला परिषद्
राष्ट्रिय परिषद्का हलमा
पार्षद्हरू बजेट विनियोजन गरिरहेछन् ।
सबै पार्षद्का कार्यालयमा
एकाएक–
समानुपातिक बजेटको बम पड्किन्छ
नागरिक प्रश्नहरू ठाउँका ठाउँ ढल्छन् ।
तैं चुप्,
मै चुप्,
सुनसान,
साम्य,
साम्यवाद ।
बिर्ख क्रान्ति
छेउको मान्छे
मेरो छेउमा एउटा मान्छे छ
ऊ मेरो आँगनमा घाम नउदाओस् भन्छ
मेरा परेवाहरू नघुर्घुराउन् भन्छ
मेरो बगैँचामा वसन्त नआओस् भन्छ
मेरा फूलहरू नमग्मगाउन् भन्छ ।
ऊ यतिसम्म भन्छ
मेरो घरमा हावा नछिरोस्
मेरो घरमा खोला पसोस् ।
मेरो छेउमा एउटा मान्छे छ
कहिले ऊ मेरो घरले
गुन्द्रुक झनेको आवाज ठूलो भन्छ
ऊ गुलाबमा फगत गुलाब देख्छ
म गुलाबभित्र जीवन देख्छु
ऊ सुनलाई महŒव दिन्छ
म फलामहरूमा नङ्ग्रा घोट्छु ।
मेरो छेउमा एउटा मान्छे छ
जो म हिमालमा नमुस्काऊँ ठान्छ
पहाडमा गुराँस नबनूँ भन्छ
फाँटहरूमा नझुलूँ भन्छ ।
बालमुकुन्द कार्की
गजल
कस्तो रहेछ त सहर था’ भो
मान्छे हुन् कि प्रस्तर था’ भो
हाँस्ता पनि दुख्यो जब यो मन
दिवा–स्वप्नको असर था’ भो
सुरक्षार्थ खटिएका माली नै यहाँ
किन चोर्छ फूल अक्सर था’ भो
नजान्दा बोल्न यहाँ चाकडीको भाषा
गुम्ने रै’छ कसरी अवसर था’ भो
सुकिला पहिरनका कुटिल मनहरूले
काँ–किन लुकाउँछन् खञ्जर था’ भो
छाडेर आफ्नो रमाइलो त्यो गाउँ
आउन नहुने यो सहर था’ भो ।
ज्ञानुवाकर पौडेल
सन्त्रासहरू
बतासहरू बहन्थे– मन्दमन्द
तिम्रा आवाजहरूको आकाश लिएर ।
खोलाहरू हिँड्थे– कलकल
तिम्रा सम्मोहिनी शब्दहरू बोकेर
नदीहरू दगुर्थे– सललल
तिम्रा गीतका अन्तराहरू छोएर ।
जून आउँथ्यो– लमकलमक
ध्वस्त पार्दै अँध्यारोको आधारइलाका ।
तिमी हिँड्यौ कि– सारा वनजङ्गल÷चराचुरुङ्गी
भीरपहरा÷खोलाझ्रना
सबै–सबै उमङ्गित हुन्थे ।
तर, वर्षौं भयो
बहन छाडेका छन् बतासहरू
बग्न छाडेका छन् नदीहरू
निःशब्द छन्– वनजङ्गल÷भीरपहरा...
मात्र दगुरिरहेका छन्– सन्त्रासहरू
पहराहरूमा !
बतासहरूमा !!! !
नदीहरूमा ! ! !
शशी लुमुम्बु
गीत जिन्दगीको
आफ्नै स्पन्दनले रचेर गीत जिन्दगीको
आफ्नै ढुकढुकीले भरेर सङ्गीत जिन्दगीको
आफ्नै गुन्गुनाहटमा गाइरहेछु गीत जिन्दगीको ।
कुनै धूर्त ईश्वरले भरेको भए धुन जिन्दगीको
कुनै पातकी राजाले गाएको भए गीत जिन्दगीको
कहाँ पाउँथेँ आफैँले गाउन मेरो गीत जिन्दगीको ?
ठीकै गरेछु, नदिएर नाङ्गो देउतालाई सङ्गीत भर्न जिन्दगीको
राम्रै गरेछु, नदिएर कालो शासकलाई गाउन गीत जिन्दगीको
नत्र, मैले घाम–पानीसँग लाप्पा खेल्दाको
लय र ताल सुनिन्थे’न सङ्गीतमा यो जिन्दगीको
नत्र, पसिनाको देउरालीमा टाँगेको लुङदर जस्तो
फर्फराउँथे’न आरोह–अवरोह यो जिन्दगीको ।
धेरै भयो गाएको तीतो–पीरो र अमिलो जिन्दगीको
दुःखको हिमाल बोकेर त दिनरात गाउनै पथ्र्यो
सुखको रक्तचाप पनि गाउनै प¥या’छ गीत जिन्दगीको ।
कहिले साथीभाइसँग प्यालाको रक्सीझैं छचल्किँदै
कहिले पाखण्डीहरूसँग पौँठजोरी र मुठभेडमा
हार–जीतको तरबार–युद्ध पनि लडेँ जिन्दगीको
जताततै फैलिएका अचाडु नियत विरुद्ध
इन्क्लाबको दावानल पनि गाएँ यही जिन्दगीको ।
मानेँ कि हार्मोनियमको कुनै शास्त्रीय नोटमा
ठ्याक्क मिलाएर गाउन सकिनँ होला गीत जिन्दगीको
के भो त ? मैले आफ्नै स्वर–स्केल गाएँ जिन्दगीको ।
पीडाको मौसमी कुहिरोभित्र निसास्सिएको बखत
चट्याङको अग्निझ्ल्किो पनि गाएँ जिन्दगीको
था’थिएन, लडाइँ त जीवनभर खेल्नुपर्ने खेल रै’छ
तर, किमार्थ टेक्न दिइनँ कतै घुँडा जिन्दगीको
कदापि गाइन पीठ फर्काई भाग्ने गीत जिन्दगीको ।
विक्रम सुब्बा
छोरीहरू
छोरीहरू छन्
र त घर रमाइलो छ ।
भुनभुन–गुनगुन माहुरीझैं भुन्भुनाउँछन्
चिरबिर–चिरबिर चराहरूझैं गाउँछन्
बतासले सुस्तरी छोएको रूखका पातझैं छुनुमुनु–छुनुमुनु नाच्छन्
उडिरहेका पुतलीहरूझैं कोठा–कोठा घुमिरहन्छन्
छोरीहरू छन्, र त यसो गर्छन् ।
कहिले डाइनिङ टेबुलमा कुहिना टेकाएर
दिदीबहिनी बात मार्छन्
कहिलेकाहीँ के चित्त बुझदैन कुन्नि
छिनमै महाभारत मच्चाउँछन्
कहिले खाँदाखाँदै जिब्रो पड्काउँछन्
कहिले खाँदै खान्न भनेर घुर्की देखाउँछन्
छोरीहरू छन्, र त यसो गर्छन् ।
भुईंचालो आएझैं भ¥याङमा दगुर्छन्
घरै थर्काउँदै कौसीमा उफ्रन्छन्
खस्लान् झैं गरेर बार्दलीमा कुद्छन्
एकैछिनमा अलप हुन्छन्
नदेख्दा करायो कुद्दै आइपुग्छन्
कहिले त्यहीँ छिमेकमा खेलिरहेका हुन्छन्
तर घाँटी सुक्नेगरी कराउँदा’नि सुन्दैनन्
छोरीहरू छन्, र त यसो गर्छन् ।
कहिले कुनै कुरामा जब चित्त दुखाएर
अनुहार अँध्यारो लाउँछन्
आफ्नै चित्त कटक्क काटिन्छ
कहिलेकाहीँ जब
कोपिला फक्रिएझैं मुस्कुराउँछन्
कहिलेकाहीँ रातझैं अँध्यारो बन्छन्
कहिले मुस्कुराउँदै अँध्यारोलाई’नि उज्यालो बनाउँछन्
छोरीहरू छन्, र त यसो गर्छन् ।
गह्रुङ्गो झेला बोकेर छोरीहरू स्कूल गएपछि
घर शून्य–शून्य, उदास–उदास बन्छ
जब झेला हल्लाउँदै, कराउँदै फर्कन्छन्
उदास घर शून्यता टक्टकाउँछ
र जाँगरिलो बन्छ ।
छोरीहरूसँग घरका भित्ताहरू कुरा गर्छन्
उनीहरूलाई देखेपछि झयालहरू मुस्कुराउँछन्
ढोकाहरूले अँगालो मार्छन्
अघिदेखि पर्खिरहेको सानो बिरालो
तनक्क जीउ तन्काउँदै उठ्छ
आमाको आँखा छल्दै आफ्नो भागको दूध
सुटुक्क बिरालोलाई ख्वाउँछन्
छोरीहरू छन्, र त यसो गर्छन् ।
छोरीहरू
हलक्क रूखको बिरुवाझैं अग्लिँदैछन्
अनौठा–अनौठा कुरा गर्छन्
अप्ठ्यारा–अप्ठ्यारा प्रश्न सोध्छन्
जब कुनै दिन यिनीहरू
आफ्नो जिन्दगीलाई आफ्नै खुट्टामा टेकाएर
आफ्नो भविष्यलाई आफ्नै हत्केलामा बोकेर
जानेछन् कसैको जीवनसाथी बनेर
त्यसवेला मायाले कसलाई छपक्क छोप्ने
यिनीहरूकी आमाले
कसलाई गाली गर्ने होला उसले
कसले घुक्र्याउलान् उसलाई फेरि
कति एक्ली होली बिचरी
कति दुःखी होलान् त्यसवेला
यो घरका झयाल, ढोका र कोठाहरू
कसले बिरालोलाई लुकी–लुकी दूध देला
शून्य–शून्य होला यो घर त्यसवेला
घर जस्तै शून्य र उदास हुनेछ मेरो मन
कल्पना मात्र गर्दा पनि नरमाइलो लाग्छ
अहिले त छोरीहरू छन्
र त घर रमाइलो छ ।
रघु पन्त
सफर
रूपकै सोचमा बिहानी भो
रात बित्यो फगत कहानी भो ।
भावनाको सधैं गरेँ पूजा
भावनाकै कुरा खरानी भो ।
जिन्दगी बाँच्ने थियो इच्छा
मृत्युकै रूप जिन्दगानी भो ।
के सुनाऊँ कथा—व्यथा मनको
हर कथन भूलकै निशानी भो ।
भो गजल गीत नै सफर साथी
हिँड्नु एक्लै सधैँ त बानी भो ।
गोपाल अश्क
बेकार छ
आँखा राम्रो भएर मात्र के गर्र्नू !
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
ओठ राम्रा भएर के गर्नू ?
जब ती ओठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू ?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्दैन भने !
मुटु मात्र भएर के गर्नू ?
जब त्यो मुटु
पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने
फोक्सो मात्र भएर के गर्नु ?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै श्वास–प्रश्वास भइरहन्छ भने
मन मात्र भएर के गर्नु ?
जब त्यो मन
नदी सुकेपछिको बगर जस्तो छ भने
आसु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेका नाउँमा मान्छे बाँच्नु बेकार छ !
डा.विष्णुविभु घिमिरे
फोहोर
मानिस जङ्गली प्राणी
फोहोर, धूवाँ र गोलीमा लिप्त भएको
कुहिएको दुर्गन्धित बतास
निस्किरहेछ जहाँबाट चारैतिर
जसलाई रोक्न
तिमीहरूले पनि सकेनौ
बेकाम भयो
अनि दुर्गन्धको अंश बन्यौ
अलग्गिन सकेनौ आफ्नै दुर्गन्धबाट
नाक खुम्च्याएर पनि
त्यो भीडको अङ्ग बन्यौ
आफ्ना विचारहरूमा
आफैँलाई कोट्याइरहेका थियौ
खोजिरहेका थियौ आपैmँलाई
खरानीभित्र रहेको आगोको सानो झ्ल्किामा
तब मैले त्यहाँ भएका
मानिसहरूलाई नियालेर हेरेँ
जो छरपस्टिएका थिए छेउछाउमा
प्रयत्न गरेँ तिनीहरूभित्र चियाउने
फेरि टालिएका थाङ्नाहरूलाई
विस्तारै–विस्तारै
च्यातेँ, कोट्याएँ
मुश्किलले भित्र पसी
त्यसभित्रको फोहोरलाई देखेँ
तह माथि तह जमेको थियो
त्यतिखेर दुर्गन्धको एक तीव्र लहर
छि¥यो मेरो नाकभित्र
र रिङगाई रह्यो मेरो शरीरलाई ।
डा.संजीता वर्मा
गाउँको सम्झना
मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ
र, फेरि एकपल्ट त्यही धुन दोहो¥याएर सुनुँ
नदी, पवन र रूखले गाएको मधुर युगल गीत
त्यो इन्द्रेणीले रुझ्ेको मादक गाउँमा ।
धेरै दिन भएछ नगएको
र निकै टाढा आएछु म
आफ्नै छायाँलाई छिचोलेर
मेरो स्वरुप बदलिएको यो सहरमा ।
त्यो नीलो पूmल÷त्यो अमृतपानी बोकेर झ्ुल्ने धानका बाला
त्यो न्यानो मखमली घाम÷प्रथम प्रेयसीको त्यो पहिलो छुवाई
आँखाको डिलमा शीतल स्पर्श गर्ने जूनको किरण,
आहा, सम्झ्ँिदै मनमा आनन्दको रसायन
मात्तिँदै, लाडिँदै झ्रनाझैं बग्न थाल्छ शरीरभरि ।
फेरि छुन मन लाग्छ
परिश्रमले रसाएको पसिना जस्तै पवित्र शीत,
फेरि देख्न मन लाग्छ
अञ्जान मालीले रोपेको रङ्गीन जङ्गली पूmलहरू
त्यो प्रकृतिको हरियो गलैँचामा बसेर
खेल्न मन लाग्छ
काला, सेता अनि छिर्बिरे सानासाना पाठाहरूसँग ।
एकपल्ट जाउँ न मन,
त्यही गाउँ र सुनौँ फेरि त्यो धुन ।
जाउँ फेरि त्यही गाउँ,
जहाँ नदी गाउँछ, जहाँ धरती नाच्छ र जहाँ गुञ्जिन्छ
पातहरू बताससँग ठोक्किएर
जीवनको सुन्दर कविता ।
विप्लब प्रतीक