१९ जेठ २०७० | 2 June 2013

वीरगञ्जमा क्याटवाक

Share:
  

सजल श्रेष्ठ
र्‍याम्पमा नायिका नम्रता श्रेष्ठ

आर्थिक नगरी वीरगञ्ज ४ जेठमा चर्किएको गर्मीसँगै फेशन शोको रन्कोमा पर्‍यो। पहिलोपटक भएको राष्ट्रिय स्तरको फेशन शोमा नायिका नम्रता श्रेष्ठ, पूर्व मिस नेपाल माल्भिका सुब्बासहित १५ मोडलले विभिन्न पहिरन प्रस्तुत गरे।

राजधानीका विभिन्न बुटिकमा डिजाइन गरिएका परिधान लगाएका मोडलहरूको क्याटवाक हेर्न रु.१२५० को टिकट काटेर करीब ३०० दर्शक हलमा पसेका थिए। रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रन्जेश श्रेष्ठले फेशनप्रति दर्शकले देखाएको यो उत्साहबाट आयोजकहरू आगामी दशैंमा अर्को शो गर्ने निर्णयमा पुगेको बताए।

शब्दः बिम्मी शर्मा

comments powered by Disqus

रमझम