१९ जेठ २०७० | 2 June 2013

क्रेभ बेकरी

Share:
  

पहिलेदेखिकै प्रख्यात बेकरी भए पनि सामान्यतः आसपासमा नयाँ बेकरी शुरू गर्नु बुद्धिमानी मानिन्न। क्रेभ बेकरी संचालकका लागि भने पाटन जस्तो खानाको विकल्प नै विकल्प भएको ठाउँमा पनि त्यसरी व्यवसाय बढाउन जोखिमको बात भएन। कृष्णगल्लीमा रहेको क्रेभ झम्सिखेल वरपरका बेकरी जस्तै लागे पनि भित्र पसेर हेरेपछि यसलाई किन रुचाइएको छ भनेर थाहा हुन्छ।

मेन्युमा चम्किला देखिने सबै परिकार गुनिलो हुन्छ भन्ने हुँदैन। क्रेभमा पुगेका ग्राहकले र्‍याकमा राखिएका आइटम आफ्नो इच्छा अनुसार छानेर खान्छन्। बेकरीका परिकारसँगै चिसो–तातोको पनि व्यवस्था छ, बेकरीमा। यहाँ पाइने मसलायुक्त लाते, मिन्ट आइस टी, मिक्स चोको चिप मोचा, मसरुम क्विचे, चिकेन क्वि्रसेन्ट, चिज ड्यानिस आदिको मोलले क्रेभलाई धेरै लोकप्रिय बनाएको छ। कम मोलमा राम्रो परिकार पाइने क्रेभ रिफ्रेस हुनका लागि पनि उपयुक्त छ।

छिरिङ डोल्कर

comments powered by Disqus

रमझम