१६-३० माघ २०५८ | 29 Jan-12 Feb 2002

अन्तर्राष्ट्रिय पर्वत वर्षका चुनौती कमलो पहाड, दुर्बल बासिन्दा

Share:
  

खुलुलु बगेर जाने खोला र यी खोली

पु¥याउने हुन् कि सागरलाई हिमाली कोसेली

चार दशकअघि, प्रख्यात सङ्गीतकार एवं गायक नातिकाजीको कल्कलाउँदो कण्ठबाट सुनेका पङ्क्ति हुन् यी । हिमाल–पहाडका कुरा गर्दा बादल, वर्षा, समुद्र र हिउँको रहस्यमय खेल त बिर्सन मिल्दैन नै, तर त्यस खेलमा मानिसको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ ।

मनास्लु हिमाल (८१६३ मिटर) गोर्खालीका लागि त्यत्तिकै पवित्र छ जति जापानीका लागि फुजियामा ।

अलिगढ मुस्लिम विश्वविद्यालय, भारतमा विद्यार्थी छँदा गङ्गाको किनारमा ‘पिकनिक’ गर्न पुगेका थियौँ । नरोरा बाँधको डिलमा बसेर गङ्गा नदीलाई नियाल्दा; यत्रो बिघ्न पानी कहाँबाट आयो र कता जाँदैछ, पानीको अनन्त बहावलाई कसले निरन्तरता दिँदैछ, कति युग भयो गङ्गाजी बहेकी र अरू कति युगसम्म बहँदै रहलिन्, जस्ता प्रश्न मनमा लिएर छक्क परिबसेको बेला एक भारतीय मित्रले अरू तीनछक्क पार्ने प्रश्न तेस्र्याइदियो । उसको प्रश्न थियो, “तिमीहरूको पहाडमा त यस्तो समथर परेको जग्गा हुँदैन होला, फूटबल कसरी सिक्यौ ?” यत्तिकैमा अर्को एक लालबुझ्क्कड मित्रले थपिहाल्यो, “फूटबलको त कुरै छोड, चारपाई सीधा लगाउन मिल्दैन पहाडमा ।” कुरा कति गम्भीर वा कति ठट्यौली थियो त्यो आफ्नै ठाउँमा छ, तर हिमाल, पहाड र पर्वतकै माटो थेग्रिएर निर्माण भएको सिन्धु–गङ्गा मैदानी भूमिको अन्न खाने र हिमालबाटै बगिआउने सिन्धु–गङ्गा र बह्मपुत्रका पानी पिउने करोडौँ मानिसले हिमाल र पहाडको महत्ता अझ्ै बुझन सकेका छैनन्, बुझउन सकिएको छैन । हिमाल र पहाडमा मानवबस्ती बस्नुभन्दा लाखाँै वर्ष पहिलेदेखि बाढीको पानीले बगाएको त्यहाँको बालुवा र माटोबाट बनेको बिहार, बङ्गाल र बाङ्लादेशका निवासीहरू अझ्ै पनि नेपालको वन फडानीका कारण उनीहरूकहाँ बाढी आउँछ भन्ने धारणा राख्दछन् । बिहारमा हाल बग्ने कोशी नदी पृथ्वीनारायण शाहको जन्मकाल अर्थात् २८० वर्ष पहिले त्यस ठाउँभन्दा १०० किलोमिटर पूर्वतिरबाट बग्दथ्यो । भूक्षय भई गएको पहाडको माटो बालुवाले बाटो छेकेर कोशी नदीलाई धार बदल्न बाध्य गराउने वैज्ञानिक तथ्य पुस्तकमै सीमित छ, जनसाधारणसम्म पुगेको छैन । यसैगरी पहाड र त्यसको सेरोफेरोमा रहेका समथर भू–भाग बीचको भौतिक, आर्थिक एवं सामाजिक सम्बन्ध अझ् धेरै अस्पष्ट छ । हिन्दमहासागर र हिमालय पर्वतलाई जोड्ने मनसुनी वर्षासँग एसिया महाद्वीपका सबै राष्ट्रहरूको प्रत्यक्ष आर्थिक, सामाजिक तथा वातावरणीय सरोकार रहेको हुन्छ । तर पनि पर्वत प्रति जनभावना भ्रमपूर्ण रहँदै आएको छ, किनभने पहाड–पर्वत भनेपछि जानै गाह्रो, गएपछि पुग्नै साह्रो, पुगेपछि बस्नै गाह्रो र बसेपछि व्यहोर्न झ्न् गाह्रो हुन्छ । तथापि पहाडलाई टाढाबाट मात्र हेर्ने, बुझन कोसिस नगर्ने प्रवृत्ति परिवर्तन गरेर वस्तुपरक तथ्यमा आधारित भावनाको विकासमा पर्वत प्रधान देश नेपालले भूमिका खेल्नु आवश्यक छ । ‘विश्व पर्वत वर्ष २००२’ लाई पहाडलाई बुझने वर्ष, पहाडबारे कुरा बुझउने वर्ष र पहाडको महŒव उजागर गर्ने विशेष आकर्षण थप्ने वर्षको रूपमा स्वीकार्नु उपयुक्त हुनेछ ।

परिभाषै छैन पहाड–पर्वतको

समुद्रको पिँधमा थेग्रिएर बनेको पत्रे चट्टान कालान्तरमा पहाड बन्न पुगेपछि हिमाली नदीको प्रवाहसँग फेरि लड्दैपड्दै समुद्रतिरै लाग्दछ ।

पहाडप्रति विभिन्न देशका मानिसहरूको धारणा बटुल्ने हो भने पहाडकै विविधताले पनि त्यसलाई जित्न सक्दैन । “कुण्ड कुण्ड जल, मुण्ड मुण्ड विचार” भने झ्ैँ पहाड सम्बन्धी विचारका विविधताले समुद्रै बन्न सक्छ । वस्तुतः पहाड अथवा पर्वत भनेपछि धेरैले बुझन पुग्छन् कि त्यो एक स्थिर प्राकृतिक संरचना हो जहाँ ढुङ्गा र चट्टानको थुप्रो हुन्छ; त्यसलाई चलाउन मिल्दैन, हल्लाउन सकिँदैन । कतिपय मानिसहरू पहाडलाई प्राकृतिक प्रकोप र विनाशकारी शक्तिको क्रीडास्थल ठान्दछन् । पहाड–पर्वतलाई देवभूमि, तपोभूमि एवं आध्यात्मिक शक्तिको श्रोतका रूपमा बुझनेहरू पनि छन् । सन् २००० को जून महिनामा पर्वतलाई परिभाषित गर्न विश्वका ५० भन्दा बढी वैज्ञानिकहरू फ्रान्सको अट्राँ, गृनोवल र शाँवेरी समेत तीनवटा पर्वतीय शहरमा भेला भएर व्यापक गोष्ठी र छलफल गरे; तर भरपर्दो परिभाषा भेटिएन । वास्तवमा पहाडको चिनारी परिभाषाले हैन पहाडै उक्लेर प्राप्त गर्नु सर्वोत्तम हुन्छ, तर सबैलाई यो अवसर मिल्दैन । अवसरै मिलेका विद्वान व्यक्तित्वहरू पनि वर्णन गर्न असमर्थ हुन्छन् । डा. हर्क गुरुङ पनि ‘एसियाका पर्वतहरू’ नामक आफ्नो पुस्तकमा भन्छन्; मानिसको कल्पनालाई खेलाउने शक्ति भएकाले नै पहाड पहाड बनेको हो (...a mountain is a mountain because of the part it plays in popular imagination.)

यत्रोविधि पहाडी भूभाग साँच्चै मानिसकै बाहुबलले खनेको हो त ? यान्त्रिक युगका विदेशी पाहुना यही प्रश्न गर्छन् नेपालमा अनगिन्ती कान्ला देखेपछि ।

‘माउन्टेन्स अफ द वल्र्ड’ (विश्वका पर्वतहरू) नामक पुस्तकमा पर्वतीय विज्ञानका विशेषज्ञद्वय डा. ब्रुनो मेसर्ली तथा डा. ज्याक आइभस्ले पनि पर्वतको परिभाषा खोज्नुभन्दा तिनको व्यावहारिकतालाई प्राथमिकता दिई केवल जमिनको भिरालोपन र उँचाइलाई मात्र अँगालेर आफ्नो अवधारणा अघि सारेका छन् । तिनले तिब्बती पठार तथा इथियोपियाका उच्च समथर मालभूमिलाई समेत पहाडभित्रै परिभाषित गरेका छन्, जहाँ भिरालोपन छैन । हाम्रै नेपालमा पनि चुरे (शिवालिक) लाई पहाड मान्ने वा नमान्ने भन्ने प्रश्न खडा हुने गरेको छ । त्यस्तै भित्री मधेश र तराईलाई पनि पहाडकै परिभाषा अन्तर्गत राख्ने वा नराख्ने भन्ने प्रश्न स्वाभाविकै हुन्छ । सन् १९९२ मा रियो द जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसंघको वातावरण एवं विकास विषयक विश्व सम्मेलनले पारित गरेको २१ औँ शताब्दीको कार्यसूची (एजेण्डा–२१) ले पर्वतहरूलाई भौतिक पिण्ड झ्ैँ अलग्ग राखेर नहेरी तिनलाई विश्व वातावरण प्रणालीको अभिन्न अङ्गको रूपमा परिचित गराउने प्रयास गरेको छ । ‘एजेण्डा– २१’ ले १० वर्ष पूरा गर्दैछ र यसको कार्यान्वयन पक्षलाई हेर्न जोहानसवर्गमा ११–१९ सेप्टेम्बर, सन् २००२ मा समीक्षा एवं मूल्याङ्कन बैठक बस्ने निधो पनि भइसकेको छ । त्यसका अतिरिक्त संयुक्त राष्ट्रसंघले सन् २००२ लाई अन्तर्राष्ट्रिय पर्वतीय वर्ष मनाउने निर्णय गरेपछि नेपालमा पनि यो दायित्व सर्न आएको छ, पर्न आएको छ । फलस्वरुप वन मन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय समिति र वन सचिवको अध्यक्षतामा कार्यान्वयन समिति बनेका छन् । राजा महेन्द्रका पालामा मकवानपुर जिल्लाको दामनमा स्थापना भएको जडीबुटी उद्यानलाई ‘पर्वतीय वनस्पति उद्यान’ को नयाँ न्वारानसँगै नेपालमा पर्वतीय वर्ष सन् २००२ को शङ्खनाद भएको छ ।

कमलो पहाडः गरीब जनता

मुस्ताङ जिल्लामा नेपाल–चीन सिमानाको भूमि समुद्रसतहदेखि ४००० मिटर अग्लो भए पनि तराई जस्तै सम्म परेको छ ।

विश्वका करीब १३५ राष्ट्रहरूमा पहाड र पर्वत मौजुद छन् । लगभग २५ प्रतिशत विश्व भूभागलाई पहाड पर्वतले ओगटेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८००० मिटरभन्दा अग्ला १४ वटा हिमशिखरहरूमध्ये ८ वटा नेपालभित्र पर्छन् । विश्वको १० प्रतिशत जनसङ्ख्या पहाडमा बस्दछ । संसारका ५० प्रतिशत भन्दा बढी मानिसले उपभोग गर्ने ताजा पानीको स्रोत संरक्षण गर्ने जिम्मा पनि पहाडकै काँधमा छ । यसैगरी संसारको २५ प्रतिशत वन क्षेत्र पहाडमा नै अवस्थित छ र तिनको संरक्षणले विश्व वातावरण सन्तुलनसँग गहिरो सम्बन्ध राख्दछ । वन, वनस्पति, वन्यजन्तु र वासस्थानको विविधता पहाडी परिवेशमा नै अधिक हुन्छ । नेपालमा पाइने लगभग ८५० प्रजातिका चराले १० प्रतिशत विश्व पन्छी विविधतालाई प्रतिनिधित्व गर्दछन् जबकि नेपालले ओगटेको विश्व भूभाग भने केवल ०.१ प्रतिशत मात्र छ । फूल फुल्ने विरुवाको आँकडामा २.२ प्रतिशत विश्व पुष्प सम्पदा नेपालले नै प्रदान गर्दछ । यसैगरी नेपाली किसानहरूले संरक्षण गरेका फलफूल, तरकारी, अन्नबाली, जडिबुटी, पाल्तु पशुपन्छीको लेखाजोखाले नेपाललाई अति नै धनी बनाएको छ र यसको प्रमुख कारण नेपाल पहाड र पर्वतको धनी हुनुमा निहित छ । यसैगरी पहाड र पर्वतमा फस्टाएका विविध सांस्कृतिक निधि मानव कल्याणका लागि विशेष प्रयोजनमा आउन सक्ने कुरा दिनपर दिन उजागर हुँदैछ । मानव कल्याणमा पहाडको महŒव झ्ल्काउनु पर्दा निम्न ६ बुँदालाई अगाडि सार्न सकिन्छ :

-ताजा पिउने पानीको दिगो स्रोत

-जलविद्युतको प्रमुख आधार

-जैविक विविधताको सुरक्षित भण्डार

-अलौकिक शक्ति एवं शान्तिको देवभूमि/तपोभूमि

-पर्यटन विकासको विलक्षण क्षेत्र तथा

-सांस्कृतिक विविधताको अनुपम भण्डार ।

पहाड–पर्वतका यस्ता विशेषता र यसको महŒवपूर्ण भूमिकालाई दिगो र दरिलो बनाइराख्न पर्वतीय वातावरणको संरक्षण एवं पहाडी जनजीवनको सुरक्षा र विकासप्रति विश्व समुदायको ध्यान जान थालेको हालै मात्र हो । यातायात तथा संचारका पूर्वाधारको विकास नहुनु, शिक्षा, स्वास्थ्य र कृषि विकासका प्रसङ्गमा ज्यादै पछिपर्नु, रोग, भोक र गरीबी आदि कारणले गर्दा पहाड एवं पर्वतीय क्षेत्रको संरक्षण र विकासमा आशातीत प्रगति हुनसकेको छैन । चिन्ताको विषय नै यही हो । भूबनोटको हिसाबले ज्यादै कमलो र आर्थिक दृष्टिले ज्यादै दुर्बल बासिन्दा, पहाडका मुख्य विशेषता बन्दै आएका छन् । ‘विश्व पर्वत वर्ष २००२’ ले अन्तर्राष्ट्रिय समुदायको ध्यान यस्ता पहाड–पर्वतका यस्ता समस्यातिर आकर्षित गर्ला भन्ने विश्वास लिन सकिन्छ ।

पर्वतीय विकासः पर्वतीय बासिन्दालाई

पहाड जोत्ने कलामा नेपालीको विशिष्ट विशेषता एक छोरीले पनि प्रदर्शन गर्न सक्छिन् ।

अन्तर्राष्ट्रिय पर्वत वर्ष के हो वा के होइन भन्ने कुरालाई अलि प्रस्ट्याउनु आवश्यक छ । किनभने सन् २००२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष पनि घोषणा गरिएको छ । १९९८ लाई नेपालले ‘भ्रमण वर्ष’ का रूपमा धुमधामले मनाएको सम्झ्ना अझ्ै आलो छ । भ्रमण वर्षमा झ्ैँ वर्षैभरि पर्वै पर्व मनाउने र नेपाल चिनाउने विशेष कार्यक्रमहरूको ताँती पर्वत वर्षको सन्दर्भमा तर्जुमा भएका छैनन् । नेपालमा क्रमबद्ध रूपमा भए गरेका सामान्य कार्य र तिनका कार्यक्रमहरूको महŒवलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने प्रयास मात्रसम्म हुनथालेको छ । कञ्चनजङ्घालाई अन्तर्राष्ट्रिय शान्ति स्तम्भको रूपमा उभ्याउन यस क्षेत्रको सौन्दर्य सम्पदा, जैविक विविधता, सांस्कृतिक विशिष्टतालाई नेपाल, भारत र चीन तीनै राष्ट्रको साझ धरोहरका रूपमा आ–आफ्ना संरक्षित क्षेत्रहरू व्यवस्थापन गरी पर्वत वर्ष मनाउने कार्यमा नेपाल जुटेको छ । यसैगरी हिमालको फेदमा अवस्थित तराई र मधेशको प्राकृतिक सम्पदा संरक्षण गर्न “तराई आर्क” को अवधारणा पनि अगाडि सारिएको छ । अरू कार्यक्रमहरूलाई पनि पर्वत वर्षसँग जोड्दै नेपालको विकास प्रयासलाई अझ् भरपर्दो प्रचार गर्ने उद्देश्य राख्न सकिन्छ; तर पर्वतीय विकासको निम्ति यस वर्षले एक दीर्घकालीन कार्ययोजना अघि सार्न नसकेमा सन् २००२ पनि आयो गयो भने जस्तो हुन जाने शङ्का जनमानसमा पर्न जान्छ । त्यसैले अन्तर्राष्ट्रिय पर्वत वर्ष मनाउनका लागि संयुक्त राष्ट्रसंघबाट जिम्मेवारी पाएको संस्था, विश्व खाद्य एवं कृषि सङ्गठनले तोकेका निम्न प्राथमिकतालाई समयदेखि नै मनन् गर्दै जानु जरुरी छः (१) पर्वतीय बासिन्दाको भलो हुने र प्राकृतिक वातावरण संरक्षण हुने नविन कार्यहरू थालनी गर्ने, (२) पर्वतीय दिगो विकास र संरक्षणका अनुकूल नीति निर्माण एवं कार्यान्वयन गर्ने, (३) अन्तर्राष्ट्रिय स्तरका पहाड पर्वतको महŒवबोध अझ् ओजिलो बनाउन सूचना र सञ्चारका साधनलाई प्रोत्साहन गर्ने र जनस्तरमा पर्वत विषयका कुराकानी तीव्र बनाउने, आवश्यक तालिम आदिको व्यवस्था गर्ने, (४) पर्वतीय क्षेत्रका सम्वेदनशील विषयवस्तु जस्तै प्राकृतिक सम्पदा (पानी, वन, माटो, खनिज इत्यादि) को समुचित उपभोग÷उपयोग जैविक विविधताको संरक्षण तथा पर्यावरणीय पर्यटनको प्रबद्र्धन गर्ने ।

पहाडी नदीमा झेलुङ्गेपुल थाप्न यो फलामे तारको लठ्ठा बीसौँ नेपालीको थाप्लोको नाम्लो चढेर पर्वतीय यात्रामा छ । टाढाबाट हेर्दा यो दृश्य एउटा विशाल झ्ुसिल्किरा बाटोमा हिँडेजस्तो देखिन्छ ।

उपर्युक्त बुँदाहरूलाई ध्यानमा राखेर श्री ५ को सरकारका अतिरिक्त ्रोनास्ट, इसिमोड, द माउन्टेन इन्स्टिच्युट, डब्लू.डब्लू.एफ., आइयुसिएन, एस.डी.सी., एफ.ए.ओ. जस्ता राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरू समेत कार्यक्षेत्रमा उत्रिएका छन् । पर्वतीय विकासको झ्झ्ल्को चिल्लो कागजमा छापिएका चित्रमा हैन पर्वतीय बासिन्दाका मुहारमा प्रतिबिम्बित होस् भन्ने शुभकामना छ पर्वत वर्ष २००२ लाई ।

comments powered by Disqus

रमझम