२ असार २०७० | 16 June 2013

'यो बर्खा सामान्य रहन्छ'

Share:
  

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “एक महीनामा पर्नुपर्ने झरी काठमाडौंमा यो पटक एक दिनमै पर्‍यो, तर मनसुन १० जूनमै शुरु हुन्छ।”

देवकी विष्ट
यो वर्ष किन पानी छिटो परेको होला?

वायुमण्डलमा हावाको चाप कम भएपछि अन्यत्रबाट बहेको हावासँगै आएको बादलले चाँडो पानी पारेको हो। यो पटकको झरी देशका विभिन्न भागमा छरिएको छ। काठमाडौंमा मे महीनामा औसत झरी १२३ मिलिलिटर पर्‍यो। तर यो वर्ष काठमाडौंमा एकै दिनमा १०० मिलिलिटर पानी पर्‍यो, त्यो पनि तीन घण्टामा।

मनसुनी वर्षा शुरु भइसकेको हो?

छैन, यो मनसुनको पूर्व संकेत मात्रै हो। हामीकहाँ मनसुन शुरु हुन पूर्वीय वायु सक्रिय हुनुपर्दछ। खासगरी बंगालको खाडीमा हावाको बहाव कम भएपछि मात्र मनसुन शुरु हुन्छ।

यो पटक १० जूनमै मनसुन शुरु होला?

मनसुन ढिलो आउन सक्ने केही लक्षण नदेखिएका होइनन्। तर, अहिलेसम्मको अनुमानमा औसत समय अर्थात् १० जूनमै मनसुन शुरु हुन्छ। यो वर्ष साधारण झरी पर्छ।

किसानले बेलैमा बाली लगाउन पाउँछन् त?

पाउँछन्, किसानले अघिल्लो वर्षकै समयमा खेतीपातीको तयारी गर्दा हुन्छ। गत वर्ष जस्तो मनसुन शुरु भएर पनि बीचमा पानी पर्न रोकिएला जस्तो लाग्दैन। त्यसैले किसानहरू आत्तिनुपर्ने अवस्था आउँदैन।

झरी बढी वा कम पर्नुमा मानवीय गतिविधिको भूमिका छ कि छैन?

मान्छेको क्रियाकलापले जलवायुमा असर त पार्छ नै। विश्वमै जलवायु परिवर्तनको असर ठूलो समस्या बनेर आएको छ। तर नेपालीकै कारण झरी बढी वा कम भए जस्तो लाग्दैन।

comments powered by Disqus

रमझम