२ असार २०७० | 16 June 2013

सिंहदरबारको सनक

Share:
  

सिंहदरबारको पूर्वी गेट अगाडि आन्दोलित कम्लरी।

सन्तोष दास
शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनपछि आन्दोलित कम्लरी।

टाउकोमा चोट लागेकी कञ्चनपुरकी सीता चौधरी अन्नपूर्ण अस्पतालमा।

दाङ, देउखुरीकी १२ वर्षीया सिर्जना चौधरीलाई चाकुपाट, ललितपुरका इञ्जिनियर युवराज पौडेलले दुई वर्षदेखि कम्लरी (घरेलु कामदार) राखेका थिए। श्रीमती पौडेल दाङ गएको बेला गत १४ चैतमा सिर्जनाको जलेको शव पौडेल निवासमा फेला पर्‍यो। त्यस घटनाको छानबिन, यौन शोषणबाट कम्लरीहरूको सुरक्षा लगायतका माग राखेका पूर्व कम्लरीहरू १४ जेठदेखि आन्दोलनमा छन्। यही मेसोमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वपट्टि हनुमानथानमा शान्तिपूर्ण धर्नामा बसेका कम्लरीमाथि सरकारले निर्मम दमन गरेर 'होचोको मुखमा घोचो' भन्ने पुरानो उखान सम्झाएको छ। सरकारले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि माग सुनुवाइको साटो प्रहरी परिचालन गरेर कम्लरी विरुद्ध शक्ति प्रदर्शन गरेको छ।

शब्द/तस्वीरः देवकी विष्ट

प्रहरीले घाँटी समातेका कारण आवाज गुमाएकी कैलालीकी कमला विक।

हातको औंला भाँचिएपछि उपचाररत कैलालीकी श्रीमला चौधरी।

comments powered by Disqus

रमझम