२ असार २०७० | 16 June 2013

थाकखोला थकाली क्विजिन

Share:
  

झम्सिखेलका चाइनिज, इण्डियन, कण्टिनेण्टल र अरु किसिमका परिकार पस्कने एक से एक रेष्टुरेण्टको लहरमा 'थाकखोला थकाली क्विजिन'लाई यसको नामैले अलि फरक देखाएको छ। यो थकाली रेष्टुरेण्टको आरामदायी आसनमा ग्राहकले लम्बेतान मेन्युमा नअल्झिकन फटाफट नेपाली परिकारहरुको स्वाद लिन सक्छन्। नेपाली परिकारलाई लोकप्रिय ब्राण्ड बनाउन तल्लीन यो रेष्टुरेण्टमा पस्नासाथ टिम्मुर–गुन्द्रुक–टमाटरको अचार र जिम्बुमा झानेको दालको वास्नाले मुख रसाउन थाल्छ।

टिम्मुरसँग तारेको अण्डा–आलु रु.१२५

तारेको खसीको मासु रु.२७०

आलु–बटर भुटुवा रु.१०५

खाना सेट रु.२५०

ढिंडो सेट रु.२९५

ढिंडो सेट (शाकाहारी) रु.१९५

comments powered by Disqus

रमझम