२ असार २०७० | 16 June 2013

सिस्ने हिमालकोआरोहण

Share:
  

रुकुम जिल्लाको सिस्ने गाविसमा रहेको ५ हजार ९११ मिटर अग्लो सिस्ने हिमालमा पहिलो पटक मानव पाइला पुगेको छ। सगरमाथा चढिसकेका रुकुम बाँफिकोटका मनबहादुर खत्री नेतृत्वको टोली १२ जेठ साँझ ५:१५ मा यो हिमालको चुचुरोमा पुगेको थियो। त्यो टोलीमा बाँफिकोटकै अलबहादुर खत्री, कैलालीका ध्रुव विष्ट, गोरखाका मुलाल गुरुङ, म्याग्दीका विनायक मल्ल ठकुरी, जुम्लाका अमृत विक, गोरखाका सुमन गुरुङ र अमेरिकी नागरिक लाइन एल–जो थिए।

आरोहण टोलीले सिस्ने हिमालको ४ हजार २०० मिटर उँचाइमा आधार शिविर बनाएको खत्रीले बताए। हिमाल आरोहण गर्न केही वर्ष पहिले अरू टोलीले गरेका दुई पटकको प्रयास सफल भएको थिएन। पर्यटन मन्त्रालयबाट अनुमति लिएर सिस्ने आरोहणको सम्भाव्यता अध्ययन गरिएको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले बताए।

लक्ष्मण केसी, रुकुम

comments powered by Disqus

रमझम