९ असार २०७० | 23 June 2013

मोफसलका १० उत्कृष्ट उमावि

Share:
  

विगत एक दशकदेखि उत्कृष्ट उमाविहरूको सूची प्रकाशित गर्दै आएको साप्ताहिक खबरपत्रिका हिमाल ले यसपटकदेखि मोफसल र राजधानीको अलग–अलग 'टप १०' छनोट गरेको छ। मोफसलको 'टप १०' चयनको प्रमुख आधार भने उच्च माध्यमिक शिक्षा परिषद्ले लिने परीक्षा नै हो। यसमा विगत पाँच वर्षयता कक्षा १२ को परीक्षामा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल उमाविहरू छन्। उमाविहरूलाई पाँच वर्षको औसत नतिजाको आधारमा क्रमबद्ध गरिएको हो।

हिमाल ले गरेको अघिल्ला वर्षको उत्कृष्ट सूचीमा नपरेका कलेजहरू मोफसलको 'टप १०' मा पर्नु सुखद् पक्ष हो। दार्चुलाको गोकुलेश्वर उमावि, विराटनगरको अरनिको आवासीय उमावि र कलेज अफ बिजनेस एण्ड सोसल स्टडिज उमावि 'टप १०' मा पर्न सफल भएका छन्।

गण्डकी आवासीय उमावि, पोखरा

कुशल व्यवस्थापन, शिक्षकको पेशाप्रतिको उत्तरदायित्व, विद्यार्थीको लगनशीलता र अभिभावकको सचेतनाले गर्दा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको प्राचार्य रवि बराल बताउँछन्।

एसओएस हर्मन माइनर उमावि, पोखरा

भौतिक पूर्वाधार, दक्ष र अनुभवी शिक्षक तथा विद्यार्थी र शिक्षकबीचको मैत्रीपूर्ण वातावरणले उत्कृष्ट रहन सफल भएको उमाविका प्रिन्सिपल मोहन खनाल बताउँछन्।

नेपाल प्रहरी आवासीय उमावि, काभ्रे

व्यवस्थापन प्रमुख राजुबाबु श्रेष्ठ स्तरीय शिक्षाका लागि अनुशासन, प्रयोगशालाको सुविधा, बन्द हड्ताल मुक्त वातावरण आवश्यक भएको बताउँछन्।

गोरखा पब्लिक इन्टरनेशनल उमावि, दाङ

चुस्त व्यवस्थापन, दक्ष शिक्षक र अनुशासित विद्यार्थीको कारण उत्कृष्ट हुन सफल भएको प्रिन्सिपल विजय जिएम बताउँछन्।

सगरमाथा उमावि, पोखरा

कुशल प्रशासन, विद्यार्थी र शिक्षक बीचको मैत्रीपूर्ण वातावरणका कारण अहिलेसम्म उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल धनबहादुर थापा बताउँछन्।

अरनिको आवासीय उमावि, विराटनगर

उमाविका प्रिन्सिपल राजेश कार्की नियमित आन्तरिक परीक्षा तथा विद्यार्थीको गृहकार्यमा निरन्तर अनुगमन गर्ने गरिएको बताउँछन्।

अर्किड साइन्स कलेज, चितवन

कलेजका सह–प्रधानाध्यापक राजाराम आचार्य विद्यार्थीको अनुगमन, ल्याबको व्यवस्था र अतिरिक्त कक्षाले गर्दा कलेज निरन्तर उत्कृष्ट हुनसकेको बताउँछन्।

मेरिल्याण्ड उमावि, विराटनगर

मेरिल्याण्डका प्रिन्सिपल भेषराज पोखरेल बिहान हुने विद्यार्थीका लागि दिउँसो र दिउँसो कक्षा लिने विद्यार्थीका लागि बिहानमा अतिरिक्त कक्षा संचालन गर्दा चाहे जस्तो नतिजा आएको बताउँछन्।

बिजनेस एण्ड सोसल स्टडिज उमावि, विराटनगर

यस उमाविका चीफ एकेडेमिक डाइरेक्टर रमेश अधिकारीका अनुसार उमाविले अनुशासन र पढ्नुपर्छ भन्ने भावना विकास गराउनमा जोड दिने गरेको छ।

गोकुलेश्वर उमावि, दार्चुला

विज्ञानमा ५० प्रतिशत र व्यवस्थापन लगायत शिक्षा विषयमा ३२ प्रतिशत ल्याएका विद्यार्थीलाई भर्ना लिने यो उमावि मोफसलको टप टेनमा पर्न सफल भएको छ। कक्षा १२ को परीक्षामा गत वर्ष सहभागी १५५ मध्ये यस उमाविबाट ११९ विद्यार्थी उत्तीर्ण भए। पछिल्लो पाँच वर्षमा यो उमावि ७६ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल छ ।

comments powered by Disqus

रमझम